29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

सम्पादकिय : रोग भन्दा भोकको चिन्ता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७  

कोरोना कहरका कारण अझै पनि आर्थिक क्षेत्र पूर्ण रुपमा सञ्चालन हुन सकिरहेको छैन । जसका कारण दैनिक कामगरि खाने कामदार वर्ग कामबिहिन छन् । सरकारले बेरोजगारहरुको एकिन संख्या सार्वजनिक नगरेको भएपछि ६० लाख मजदुरले रोजगारी गुमाएका छन् । भने करिब ३५ लाख मजदुरले र पूर्णरुपमा रोजगारी गुमाएको विभिन्न तथ्यांकले देखाएको छ । यति हुदाँ पनि अहिलेसम्म सरकारले कुनै पनि किसिमको राहत प्याकेट घोषणा गरेको छैन । भोकै मर्नेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

सडकमा माग्नेहरुको संख्या बढिरहेको छ । कोरोना कहर विद्यामान रहेको यो संख्या अझै बढ्ने निश्चित छ । सरकारले समय मै नागरिकहरुको सुरक्षाको लागि ध्यान दिनुपर्ने हुन्छ । नेपालका प्रमुख रोजगार गन्तव्य मध्ये भारत पनि एक हो । तीन तर्फ सिमाना जोडिएको भारतमा नेपालका नागरिकको रोजगारीका लागि सहज पहँुच छ । सोही कारण प्रत्येक दिन रोजगारीको लागि भारत जाने नागरिकहरुको संख्या एकिन छैन । यस्तै भारतबाट समेत नेपालमा रोजगारीको लागि आउनेहरुको संख्या उल्लेख्य छ । त्यसै नेपाल र भारतको रोटी र बेटीको समेत सम्बन्ध छ । तर कोरोना कहरका समयमा भने उता मानिस यता र यताका मानिस उता आउने जाने क्रममा निरन्तर चलिरहेको छ । कोरोनाका कारण देश फर्किएकाहरु फेरी भारत फर्किदै छन् ।

अहिले नेपाल र भारतका विभिन्न नाकाबाट मानिसहरु आउने जाने क्रममा जारी छ । विगत एक महिना यता भने उक्त संख्या ह्वात्तै बढेको छ । यस्तै अहिले बाँकेस्थित नेपाल भारत सिमा नाका जमुनाहामा अहिले सयौ नागरिकको भीड लाग्ने गरेको छ ।रोगका कारण भारतबाट आएका नेपालीहरु भारतमा जान थालेका हुन् । उनीहरु भारत जानुको एउटै कारण हो । बेरोजगारी र भोकमरी । नेपालको भोकमरी सहन नसकेर आफूहरु त्यहाँ गएको उनीहरु बताउँछन् । अवस्था पनि त्यस्तै छ । किन भने नेपाल सरकारले अहिले सम्म आफ्ना नागरिकलाई लकडाउनको नाममा बन्धक बनाउनु बाहेक अरु केही पनि गरेको छ । त्यसैले नागरिकहरु यहाँको चरम गरिबी सहन नसकेर भारत पस्न थालेका हुन् । त्यही भएर नागरिकलाई रोगको भन्दा बढी चिन्ता भोकको छ । त्यसैले महामारीको वास्ता नगरि भारत फर्किनेहरुको सीमा नाकाभित्रको लर्को देखिने गरेको छ ।

प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७     10:58:17 AM  |