20 September 2020  |   आइतवार, अशोज ४, २०७७

वाणिज्य संघद्वारा व्यवसायीहरुको सहजताका लागि परामर्श केन्द्र सञ्चालन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ ३०, २०७७  

नेपालगन्ज उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालय, नेपालगन्जको समन्वयमा व्यवसायिक कर सेवा तथा परामर्श केन्द्र सन्चालनमा ल्याएको छ । परामर्श केन्द्रको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले मंगलवार एक कार्यक्रमका विच उद्घाटन गरेका छन् । सेवा केन्द्रबाट नयाँ व्यवसायी एवं करदाताहरुका लागि वार्षिक बीस लाखसम्म व्यवसायी कारोबार गर्ने, कर चुक्ता प्रमाण पत्र , प्यान नम्बर लिनको लागि अनलाइन फारम भर्ने जस्ता काम गरिनेछ ।

बहुसंख्यक सेवाग्राहीको सहजता एवं छिटोछरितोका लागि पहिलो पटक उक्त सेवा सन्चालन गरिएको भन्दै अध्यक्ष मन्सुरीले बढि भन्दा बढि सेवाग्राहीलाई लाभ उठाउन अनुरोध गरेका छन् । यसअघि यि सेवा लिनका लागि सेवाग्राहीलाई समस्या हुने भए पनि अब भने छिटो र छरितो हुने गरी काम हुने महासचिव चिरञ्जीवी ओलीले बताए । उक्त सेवा सन्चालनका लागि संघले कर्मचारी खटाएको छ ।

पहिलो दिन सेवा लिन आएका सेवाग्राहीलाई संघले सम्मान एवं स्वागत गरेको छ । कोभिड महामारीका बेला सामाजिक दुरी समेत कायम गरी गरिने सेवाप्रवाहबाट व्यवसायीहरु खुसी हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः मङ्लबार, भदौ ३०, २०७७     12:46:48 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *