20 September 2020  |   आइतवार, अशोज ४, २०७७

कञ्चनपुरमा कार्यालयमै प्रहरीमाथि कुटपिट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, भदौ २८, २०७७  

कञ्चनपुर ।

प्रहरी निरिक्षक सहितका प्रहरीटोली कार्यालयमै कुटिएका छन् । कञ्चनपुरस्थित ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा रहेको प्रहरी कार्यालयमै प्रहरी कुटिएका हुन् ।

‘तास खेलिरहेको अवस्थामा पुर्नवासका केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा वादविवाद भएपछि सोही क्रममा प्रहरीमाथि कुटपिट भएको हो। आक्रोशित स्थानीयले ईलाका प्रहरी कार्यालयमा ढुङ्गामुढा समेत गरेका छन् । -reportersnepal

प्रकाशित मितिः आइतवार, भदौ २८, २०७७     11:06:40 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *