25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

‘सुरक्षा मापदण्डसहित पूर्णरुपमा लकडाउन खोल्नुपर्दछ’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, भदौ २८, २०७७  

विश्वमा कोरोना महामारीले अर्थतन्त्रमा निकै असर पुगेको छ । विश्वमा कयौं देशहरुले आफ्नो ढङ्गबाट सञ्चालित हुने थालेका छन् । तर अझै नेपालमा कोरोना रोकथाम तथा नियन्त्रणमा करिब ६ महिनासम्म लकडाउन र निषेधाज्ञा गरी सकेको अवस्था छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय सरकारले कस्तो भूमिका खेलेका छन् । अब लकडाउनलाई निरन्तर दियो भने अबको अवस्था कस्तो हुनसक्छ लगायतका विषयमा नेकपा जिल्ला कमिटि सदस्य बलराम भट्टराईसँग मिसन टुडे राष्ट्रिय दैनिकका समाचारदाता डिल्ली शाहीले गरेको कुराकानीको सम्पादित अंश ।

नेकपा जिल्ला कमिटि सदस्य बलराम भट्टराई

१. कोभिड–१९ को रोकथाम र नियन्त्रणमा स्थानीय सरकारका भूमिका कस्तो पाउनु भएको छ ?

कोरोना रोकथाम तथा नियन्त्रणमा बाँकेका स्थानीय सरकारले लागि परेका छन् । अहिले विश्वमा फैलिएको कोरोना भाइरसका कारण सिर्जित अवस्थाको विरुद्ध स्थानीय सरकार लागि परेका छन् । नेपालमा पनि यसले निकै आर्थिक रुपमा ठुलो असर पारेको छ । बाँकेमा समेतक आर्थिक रुपमा निकै ठुलो असर पारेको छ । तर यहाँका स्थानीय सरकारले महामारीको समयमा प्रभावकारी भूमिका खेल्न नसकेको हुन की भन्ने भान जनताले गरिरहेका छन् । उदाहरणका लागि, तर कोहलपुर नगरपालिकाले भने प्रभावकारी भूमिका नखेलेको हो की भन्ने महसुश गरेको छुु । कोहलपुर नगरपालिकाले सुरुदेखि नै राम्रो भूमिका खेलेको छैन । कोहलपुर नगरपालिकाको चारै क्षेत्रमा पूर्ण रुपमा बन्द गरेको भए र कोहलपुर नगरपालिका भित्रका बजारहरु व्यवस्थापन गरी सञ्चालन गरेको भए राम्रो हुन्थ्थौं । कोरोना भाइरस नेपालमा उत्पादन भएको होइन । यो बाहिरी देशहरुबाट आएको हो । त्यस कारणले कोहलपुर नगरपालिकाले बाहिरबाट आउने व्यक्तिहरुलाई नरोकी कन यहि भएका मानिसहरुलाई घरभित्रै रोक्ने काम भयो । व्यापार, विजनेश रोक्ने काम भयो । त्यसकारणले यो धेरै प्रभावकारी देखिएन । मैले सुरुमा भनेको पनि थिए । नाकाहरु पूर्ण रुपमा शिल गर्ने, नाका शिल भएपछि मान्छेहरु आउनेजाने कुराहरु रोकिन्छ । आएको मानिस पनि कहाँबाट आयो कस्तो मानिस आयो थाहा हुन्छ । त्यसको निगरानी गर्ने, त्यसको रेकर्ड राख्ने र भित्र खुल्ला गरिदिने । त्यो गरेको भए हुनेथियो । हुनत हामी भन्दा धेरै विज्ञहरु हुनुहुन्छ । उहाँहरुले कुन तरिकाबाट हेर्नुभयो कसरी हेर्नुभयो । जुन रुपले रोकथाम हुनुपथ्र्थो त्यो किसिमको रोकथाम तथा नियन्त्रण भएको देखिएन । अन्य पालिकाको हकमा पनि ठ्याक्कै त्यहि हो ।

२. कोरोना भाइरस समयमा स्थानीय सरकारका कामको समग्र अवस्थालाई कसरी हेरिरहनु भएको छ तपाईले ?

समग्र रुपमा हेर्दा कोरोना फरक फरक ठाउँमा देखिएको छ । तर यहाँका स्थानीय सरकारले कोरोना भाइरसलाई गम्भीर रुपले लिएको देखिदैछ । जिल्लाका सबै पालिकाको हालत एउटै छ । सबै भन्दापछि कोरोना देखिएको कोहलपुर नगरपालिकाले समयको सदुपयोग गर्न सकेन । अन्य पालिका भने पहिलेदेखि नै प्रभावित भएकोले उनीहरुको समय नपुग भयो होला । कोहलपुर नगरपालिकाले सुरुमै राम्रो आइसोलेसन बनाएर कोरोना संक्रमित भएका व्यक्तिहरुलाई राख्ने व्यवस्थापन गरिदिएको भएपनि राम्रो हुने थियो । त्यो समयमा मानिसहरुलाई राख्ने र व्यवस्थापन गर्नेमा कमजोर भएको होकी भन्ने मलाई लागेको छ । तर अझै कोहलपुर नगरपालिकाको आफ्नै आइसोलेसन पनि छैन । कोहलपुर २ मा रहेको प्राकृतिक स्वास्थ्य चिकित्सा केन्द्रमा आइसोलेसन बनाउने भन्ने कुरो छ तर कहिले बन्ने हो अझै टुङ्गो छैन । मानिसहरु अहिले कोरोना संक्रमित व्यक्तिहरु दिन दुई गुणा रात चौँं गुणा बढ्दैछन् । कोहलपुर नगरपालिकाले गैर–जिम्मेवारी रुपमा लिएको हो की । लापरबाहीको रुपमा लिइएको हो की अथवा यहाँका विज्ञहरुसँग र सामाजिक व्यक्तिहरुसँग छलफल अन्तरक्रिया, परामर्शको कमी भएको हो की । अर्को समस्या भनेको, जनप्रतिनिधिहरुले, कर्मचारीहरुले भनेको नमान्ने प्रविधिले गर्दा समेत कोरोना रोकथाममा व्यवस्थापनमा कठिन भएको हो जस्तो मलाई लाग्छ ।

३. महामारीको समयमा स्थानीय तह पारदर्शी, सुशासन र विधि अनुसार चलेको देखिएन, मनलाग्दी खर्च गरेको पाइयो, राजनीतिक दल भने किन चुप छन्, स्पष्ट पारिदिनुन् ?

तपाईले भनेको जस्तै समस्या सबैलाई पालिकामा देखिएको छ । बाँकेमा हाम्रो पार्टीको मात्रै सरकार छैन । अन्य दलको समेत छन् । तर सबै भन्दा बढी हाम्रै हो । अहिले मानिसहरुले आफैले जिताएका छन् । तर उनीहरुलाई सहज र सरल तरिकाबाट सेवा दिन सकिराखेको अवस्था छैन । यहाँका मात्र नभएर देशै भरी यो समस्या रहेको छ । आफैले जिताएर जनप्रनितिधि बनाएका थिए । अहिले उनीहरुको भित्र रुपमा उकुसमुकुस छ व्यक्त गर्न सकिराखेको छैन । त्यहि विचार, त्यहि आस्था, रातदिन खटेर त्यहि जनप्रतिनिधि बनाइएका थिए त्यसले गर्दा सोही व्यक्तिहरुले विरोध गर्ने नसक्ने अवस्था सिर्जना नभएको हुनसक्छ । अहिले देखिदा पनि के देखियो भने यस्तै देखिन्छ । जनप्रनितिधि र राजनितिक दलहरुको समन्वय भूमिका देखिएन । नेतृत्व तहमा रहेको राजनितिक दलहरुलाई सोध्दा चाँही यो विषयमा जानकारी छैन भन्ने र कर्मचारीहरुलाई सोध्धा पनि थाहा छैन भन्ने । भनेपछि नगरपालिकाले पनि आफ्नै ढङ्गले काम गरिराखेको छ भने राजनितिक दलहरुले पनि आफ्नै किसिमले काम गरेको जस्तो देखिन्छ । नगरपालिकाका कर्मचारीहरुले आफुलाई कसैले सहयोग गरेको छैन । त्यसैले आफुले जे जानेका छौं । त्यहि गरेका छौं भन्ने यस्तो खाल्को देखिएको छ । अहिले कोभिड– १९ मा होइन विगतमा विकास र समृद्धि तथा अन्य गतिविधिमा पनि निराशातर्फ नगरपालिका गएको हो की । सबैको भावनालाई समेट्न नसकेको हो की । सबैको आत्मबल जित्न नसकेको हो की । त्यसले गर्दा आज नभए भोली होला । भोली नभए पर्सी होला भन्ने हो तर हुँदै नभएको खण्डमा विद्रोहमा जान
सक्छ । अहिले पार्टी, नगरपालिका र जनप्रनितिधिहरुको घनिष्ट सम्बन्ध छैन जस्तो देखिन्छ बाहिरबाट हेर्दा ।

४. आगामी दुई वर्षमा यस अघि पुरा हुन नसकेको समृद्धिका सपना पुरा होलान् त ? जनप्रनितिधि कसरी अघि बढ्नुपर्ला ?

अहिले जनप्रनितिहरु असुन्तष्ट छन् । कहाँ के समस्या छ त्यो बुझ्न सकिएको छैन । जनप्रनिनिधि र जनप्रनिनिधि बिचको सम्बन्ध राम्रो देखिएन एउटा । माथिल्लो तह हो की या त तल हो । नगर प्रशासन र जनप्रनितिधिहरुको बीचको समन्वय नभएको या उनीहरुको तालमेल नमिलेको हो । यो के भैरहेको छ । एउटाले आफु मनपरी काम गरिरहेको छ । अर्कोले अर्को तिर काम गरिरहेको छ । त्यहाँ पनि एक रुपता देखिदैन । बाहिर पनि पार्टी र जनप्रनितिधिहरुको पनि एक रुपता देखिदैन । अबको दुई वर्षपछि निर्वाचन हुँदैछ । अर्को चुनावमा अर्को नेतृत्व वा यहि नेतृत्वमार्फत चुनाव लड्नुपर्ने देखिन्छ । अहिले पार्टी एकताले पनि जनप्रनितिधि र पार्टी बीचमा असर परिरहेको छ । पार्टीको पनि केन्द्रिय तहदेखि स्थानीय तहसम्म पार्टी एकता नटुङ्गिने अनि पार्टीका बैंठक तथा नियमित कार्यहरु पनि नहुने, भएका राम्रा कामहरु पनि जनताको विचमा नपुग्ने, केन्द्रिय, प्रदेश र स्थानीय सरकारले गरेका कामहरु जनतासामु नपुग्ने, खाली जनताहरुसँग गुनासो मात्र हुने र जुन गुनासो सुन्ने निकाय पनि त्यहाँसम्म नपुग्ने त्यसकारणले यस्तो खालको समस्या व्यापक रहेको छ । व्यापक असन्तुष्टि पनि यसैको परिमाण हो । अति सचेत भएर प्रभावकारी ढङ्गबाट जानका लागि पार्टीले हस्तक्षेप गरी चलाउने हो भने पार्टीको निति, विचार, धारण लिई आगामी नेतृत्वलाई स्थापित गर्ने गरी अहिलेको निर्वाचित प्रतिनिधिहरुलाई चलाउने हो भने । दुई वर्ष पनि काफि समय हो । ६ महिना, ९ महिना र १२ महिना सरकार चलाएका पनि हामीले हेरेका छौं भनेपछि अझै दुई वर्ष छ । त्यसलाई हाम्रो हो र हामीले गरेका हौं । हाम्रो लगानी छ भन्ने खाल्को भावना जगाउने गरी पार्टीले हस्तक्षेप ग¥यो र त्यो ढङ्गले जनप्रनितिनिधिहरुलाई परिचालन ग¥र्यौ भने पुन ट्याकमा आउन सक्छ ।

५. महामारी भएको समयमा करोडौ खर्च भएको छ यसमा तपाईका धारणा के छ ?

खर्च भएको छ । महामारीको रुपमा व्यापक खर्च भएको छ । खर्च गर्नुपर्दछ तर खर्चलाई पारदर्शिक पनि हुनुपर्दछ भन्ने मेरो विचार । कतिपय खर्चहरु कर्मचारीहरुले गरेका खर्चहरुलाई पनि अनुमोदन नगरीदिने र अनावश्यक खर्चहरुलाई पनि अगाडि बढाइदिने । यस्तो देखिन्छ । जहाँ खर्च छ त्यहाँ पारदर्शिक छ । सम्बन्धीत निकायले त्यहाँ खर्च कसरी भएको छ । अनुगमन गर्नुप¥र्यो । त्यसलाई ढिलासुस्तीका साथ होइन तदारुक्ताका साथ अगाडि बढ्नु प¥र्यो । लामोसमयदेखि भुक्तानी दिइएन भने त्यसमा नै बेरुजु आउनसक्छ । त्यसमा गढबढी हुनसक्छ त्यसैले छोटो–छोटो समयमा त्यसको समयमा भुक्तानी दिने गरी र त्यसलाई पारदर्शिकता गराउने तथा अन्य आगामी दिनमा खर्च विवरणहरु पनि आउँदै गर्दछन् त्यसलाई पनि पारदर्शिकता गराउने । महामारीमा लागेको खर्च कति हो बाहिर लागेको खर्च कति हो । जनप्रनितिधिहरुको घुमेको, भत्ता, कति के–छ त्यसलाई पारदर्शिक रुपमा लगियो भनेदेखि सबै कुराहरु राम्रै हुन्छ । सबैलाई एउटै टोकरीमा कच्याककुचिक पारेर राख्ने हो भने भोलि जनताले पनि स्विकारदैनन् र आम कार्यकर्ताले पनि स्विकारदैनन् । राम्रो गर्दा गर्दा पनि नराम्रो असर पर्न जान्छ ।

६. अन्त्यमा कोभिड–१९ को कहर विद्यामान रहेको अवस्थामा स्थानीय सरकारलाई प्रभावकारी काम गर्न, सम्पूर्णलाई सुरक्षित रहनको लागि के भन्नुहुन्छ नि ?

कोरोना महामारीको विचमा हामीले निकै महत्वपूर्ण कामहरु गर्न सकिन्छ । जनताहरुलाई घरभित्रै धुनेर अब सम्भव हुँदैन । यो कोरोना महामारीबाट सुरक्षित रहँदै । आवश्यक बस्तुहरु प्रयोग गर्ने । तातोपानी, मास्क, स्यानिटाइजर प्रयोग गर्दै हाम्रा विकासका कामहरु अथवा दैनिक कामहरु, उद्योग, व्यवसायहरु सुचारु गर्नुपर्दछ । किनभने कतिपय देशहरुमा बिना लकडाउन चलेर पनि ति सबै साम्य भैसकेको अवस्था छ भने कतिपय देशहरुले डब्लु एचओले गरेका निर्णयहरुलाई पालना नगरी आफै चल्न समेत लागेको अवस्था छ । हाम्रो देशमा विज्ञ छैन । यो के हो भनेर हामीले बुझेका छैनांै । खाली फेसनमा आएका चिजलाई मात्र स्वीकार छौं । सबै जनताहरुलाई आफै सर्तक रहने गरी सम्पूर्ण कामहरुलाई फुकुवा गर्नुपर्दछ । उहाँहरुलाई आफ्ना गतिविधि गर्ने र सरकारले सबैसँग समन्वय गरेर विकास निर्माण र अहिले कोभिड– १९ स्वास्थ्य र शिक्षालाई समन्वयात्मक भूमिकाबाट अगाडि बढाउने हो भनेदेखि सबैको अस्तीत्व रहने गरी ठिक बाटोमा पुग्दछौ त्यसले यसमा महत्वूर्ण भूमिका खेल्नुपर्दछ । अन्त्यमा मलाई आफ्ना महत्वपूर्ण भनाईहरु राख्ने अवसर दिनुभएकोमा मिसन परिवारलाई हार्दिक धन्यावाद दिन चाहान्छु ।

प्रकाशित मितिः आइतवार, भदौ २८, २०७७     8:44:19 AM  |