20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

‘नगरपालिकाले अभिभावकत्वको जिम्मेवारी पूरा गर्न सकेन’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, भदौ २६, २०७७  

बाँकेमा कोरोना संक्रमण तिव्र रुपमा दिन प्रतिदिन बढ्दै गएको छ । तर कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन गरेको अवस्था छ । कतिपय स्थानहरुमा लकडाउन खुकुलो समेत गरेको छ । भने कतिपय स्थानीय तहहरुले लकडाउनलाई निरन्तर अगाडि बढाएका छन् । लकडानले गर्दा व्यवसायीहरुमा निकै समस्या परेको छ । व्यवसायी क्षेत्रमा के कस्ता समस्या भएका छन् अहिले कोरोना महामारीमा के कस्ता कामहरु गरिरहेका छन् र स्थानीय सरकारले व्यवसायीका गुनासाहरुलाई बुझेको छ या छैन, भनी कोहपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठसँग मिसन टुडे राष्ट्रि«य दैनिकका समाचारदाता शुभाकर विश्वकर्माले कुराकानी गरेको संक्षिप्त अंश ।

१. कोरोना कहरका बीच दिनहरु कसरी बिताइरहनु भएको छ ?

  • विश्वमा नै फैलिएको कोरोना कारणले गर्दा निकै समस्या भएको छ । गत सालको चैत महिनाबाट नेपालमा लकडाउन गरेको छ । अहिले ६ महिना पनि वित्न लागिसक्यो । यहाँ कोरोनाले भन्दा पनि भोकले मर्ने बेला आएको छ । मेरो बिचारमा विकसित देशहरुमा त निकै मृत्यु दर बढेको छ । तर त्यो किसिमले नेपालमा कोरोना संक्रमित तिव्र रुपमा बढेको भएपनि कोरोनाबाट मृत्यु हुनेको संख्या एकदमै कम देखिएको
    छ । यसको तथ्थांक हेर्दा नेपालको हकमा भने जुन किसिमले डराउनुपर्ने अवस्था देख्दैन । यहाँ रोगले भन्दा पनि भोगले मानिसहरु धेरै मरेका छन् । रोगले ६ महिनाभित्रमा ३ सयको हाराहारीमा मात्र मृत्यु भएको छ तर कोरोनाका कारणले २७ सय भन्दा बढि भोगमरीमा परे भन्ने समाचारहरुमा सुनिरहेको छु । लकडाउन गरेर गाडि बन्द गर्ने, पसल बन्द गर्ने, अन्य व्यवसाय बन्द गर्नुभन्दा पनि स्वास्थ्यका मापदण्ड पुरा गरेर सञ्चालनमा ल्याए राम्रो हुने थियो । यसरी जनताहरु निकै समस्या पर्ने देखिन्छ । अहिले दैनिक रुपमा हुने खर्चहरु घटेको अवस्था छैन तर आम्दानीको स्रोत भने कति पनि छैन । त्यसकारणले यसलाई सामाजिक दुरी कायम गर्ने र स्वास्थ्यका मापदण्ड पुरा गरी सञ्चालन गर्दा राम्रो हुन्छ जस्तो लाग्छ मलाई ।

२. कोरोनाले देशको समग्र उद्योग क्षेत्र धरासायी बनेको बताइन्छ, तपाईले चाही यसलाई कसरी हेरिरहनु भएको छ ?

  • अहिले कोरोनाका कारणले गर्दा सबैभन्दा बढी उद्योगी, कलकारखाना, व्यापारीहरुलाई समस्या भएको देखिन्छ । तर सानोतिनो व्यवसाय गरी बसेका व्यवयायीहरु भने चलिरहेका छन् तर उद्योग चलाएर बसेका व्यक्तिहरुलाई भने निकै समस्या रहेको छ । न यहाँ तीनै तहको सरकारले हामीलाई कुनै किसिमले हेरेको पाइदैन । अहिले यातायात क्षेत्रपनि पूर्ण रुपमा बन्द भएको छ । यातायातहरुले पनि बैंकमा रहेको किस्ता कसरी तिर्ने, बैंकले किस्ता नतिर्ने भनेको छैन । यातायात व्यवसायीहरुले कहाँबाट ल्याएर पैसा तिर्ने ? यस्तै सटर भाडामा लिएर कपडा पसल गरेका, किराना पसल गरेका, अन्य फर्महरु सञ्चालन गरेका व्यक्तिहरुलाई घरबेटीले भाडा नतिरेसम्म मान्दैनन् । मजदुरहरुलाई तलब दिदाँ कसरी दिने यावत् समस्या रहेको छन् तर यसलाई पुरा नभएको खण्डमा सडकमा नै आउनुपर्ने स्थिति नआउला भन्न सकिदैन । जुन व्यवसायले कुनै किसिमले आम्दानी गरेको छैन । उसले कसरी तिर्ने सक्छ ? यसलाई नेपाल सरकारले हेर्ने नहेर्ने । नेपाल सरकारले हाम्रो अभिभावकत्व लिन सकेको छैन ।

३. तपाई त उद्योग वाणिज्यको नेतृत्व सम्हालेको मान्छे, कोरोना कहरमा अहिलेको नेतृत्वको भूमिका कस्तो पाउनुभयो ?

यसमा उद्योग वाणिज्य संघले नेतृत्व नगरेको होइन गरेको हो तर कोहलपुर नगरपालिकाकासँग तालमेल नहुँदा समस्या आएको मैले देखेको छु । बाँके जिल्लामा कोहलपुर पनि पर्दछ तर कोहलपुरलाई बाँकेको प्रशासनले देखेन । किनकी नेपालगञ्ज बजार खोल्दा कोहलपुर पनि खोल्नुपर्दछ भनेर बोल्दा नगरपालिकाले बन्द ग¥यो । तीजको समयमा पनि खोल्नका लागि उद्योग वाणिज्य संघले विज्ञप्ती नै निकालेको थियो तर कोहलपुर नगरपालिकाले नमानेपछि बाध्यताले बन्द गर्नुपर्ने अवस्था आएको थियो । त्यो समयमा नेपालगञ्ज खुल्ला रह्यो । भाटभटेनी पनि खुल्ला रह्यो । बाँकेको अरु क्षेत्र खुल्ला रह्यो तर कोहलपुर बन्द भयो । त्यसकारणले उद्योग बाणिज्य संघभन्दा पनि कोहलपुर नगरपालिकाले कोडिनेशन नगरेको जस्ता लाग्छ मलाई ।

४. कोहलपुरको सन्दर्भमा स्थानीय सरकार र संघ बीच सधै विवाद भइरहेको देखिन्छ, तपाईको कार्यकालमा पनि यस्तै झगडा मात्रै हुन्थ्यो ?

म २०६४ को अध्यक्ष हो । त्यति बेला नगरपालिका बनेको थिएन । कोहलपुर गाविस, रझेना गाविस, शंम्शेरगञ्ज गाविस रहेका थिए । त्यो समयमा गाविसका सचिवहरुसँग समन्वय गरी आफ्नो व्यवसायहरुलाई अगाडि बढाउनका लागि काम गथ्र्थौ । तर त्यतिबेला मैले तीन वटै गाविसका राजनितिक दल, सर्वदलिय बैंठक तय गरी राय, सल्लाह, लिने गथ्थौं । आफु अध्यक्ष भएको बेलामा उद्योग वाणिज्यमा आबद्ध भएका बस्तुगत व्यवसायहरुका समस्याहरुलाई के कस्ता छन् भन्नुहोस् भनी सबैको समस्यालाई बुझेर विभिन्न गाविसका सचिवहरु, अन्य सबैसँग बसेर समस्याको सावधान गरिन्थ्थौं । तर अहिले के गर्ने खोजेका हुन् भन्ने कुनै मेसै छैन । अहिले आफ्नै घर अगाडि गाउँपालिका, नगरपालिका, उप–महानगरपालिका भएपनि समन्वय नभएको जस्तो महशुस भएको छ । तर पहिले दुरी टाढा थियो र राम्रो थियो जति नजिक आयो त्यति दुरी बढ्दै गएको महशुस गरेको छु । कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतले व्यवसाय सञ्चालन गर्दा के फाइदा हुन्छ र के बेफाइदा हुन्छ भनेर थाहा नै छैन । अहिले उहाँ व्यवसाय क्षेत्रबाट आउनुभएको होइन । तर उहाँले बुझेर पनि बुझ पचाउनुभएको हो की नटेरेको हो, पेलेरै लैजान्छु भनेको पो हो की । एक त व्यवसायीको अनुभव पनि छैन । त्यसकारणले झन् समस्या परेको छ ।

५. महामारीको समयमा यहाँको समग्र नीजि क्षेत्रहरु एकजुट भएर गएको देखिएन, यसमा कसको कमजोरी देख्नुहुन्छ ?

महामारी समयमा समग्र नीजि क्षेत्र एकजुट भएको छौं । तर जुन किसिमले पहिले मेरो कार्यकालमा हुने समन्वय हुनुपथ्र्थो त्यो किसिमले हुन नसकेको मैले महशुस गरेको छु । तर अहिले कोहलपुर उद्योग वाणिज्य संघले आफ्ना माताहतका कपडा, इलेक्ट्रोनिक्स, किराना पसल, सुनचाँदी पसल, यातायात जस्ता क्षेत्रका व्यक्तिहरुले आफ्ना समस्या मिडिया मार्फत राख्न नसकेको मैले अनुभव गरेको छु । अहिले हामीले मिडियाको साथिहरुलाई राखेर आफ्ना कार्ययोजना, आगामी कार्य, कोरोना रोकथाम गर्नेका लागि के गर्ने, पूर्ण रुपमा स्वास्थ्य क्षेत्रमा मापदण्ड अपनाउने जस्ता कुराहरुलाई प्रतिबन्धका साथ लागेको भए हामीले आफ्नो किस्ता तिर्ने र आफ्नो व्यवसाय चलाउन सक्ने अवस्था आउँथ्र्थौं । तर त्यो क्रियाकलाप भएन । हामीले त्यो किसिमले आफुले काम गर्ने सकेनौं । तर अहिले सबैभन्दा बढि मिडियाको भूमिका रहेको थियो र भविष्यमा पनि रहनेछ । तर यहाँ के भयो भने १०÷१५ दिन बन्द गर्ने बैंक खोल्ने अनि बैंकमा बिहानदेखि ठूलो भिड लाग्ने, अनि दैनिक रुपमा खोलिदिएको भए त कमसेकम त्यो भिड त हुने थिएन । हो, व्यवसायी होस् या यातायात व्यवसायी होस्, सबैले आफ्नो सुरक्षितको लागि नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गरेर अगाडि बढ्थ्थौं । यदि कुनै पसल, वा उद्योगहरुले पनि यस्तो स्वास्थ्य मापदण्ड पुरा नगरेको भए कारवाही गर्नुहोस् भनेकै थियो तर त्यो कोहलपुरमा हुन सकेन त्यसैले कोहलपुरका व्यवसायीहरु निकै मारमा परेका छन् । नेपालगञ्जमा स्वास्थ्य मापदण्ड पुरा गरेर पसलहरु खोलेकै थिए । उनीहरुले प्रत्येक पसलहरुमा साबुन पानी, स्यानिटाइजर, मास्क लगाउने जस्ता कुराहरुलाई पूर्ण रुपमा पालना गरेका थिए र पसल पनि सञ्चालनमा ल्याएका थिए । तर त्यो कोहलपुरमा हुन सकेन । अर्को कुरा यातायात अहिलेसम्म पनि चल्लेका छैनन् । यातायात व्यवसायीहरुले आफ्नो गाडिको इन्जिन खिया लाग्न थाल्यो । ६ महिना भयो राखेको स्थानमा समेत घाँस पलाइसक्यो । तर यहाँ सानो गाडिहरु सञ्चालनमा रहेका छन् कोहलपुरबाट काठमाण्डौं जानका लागि प्रति व्यक्तिले डबल भाडा दिने गरी स्कारपियो सञ्चालन भयो । त्यसकारणले मनपरी रुपमा सानो गाडिहरु सञ्चालन आए तर ठुला गाडिहरु अझै सञ्चालन हुन नसक्नु कस्तो विडम्बना ।

६. महामारी भएको समयमा करोडौ खर्च भएको छ यसमा तपाईका धारणा के छ ?

म एउटा स्थानीय तहको नेपाली काँग्रेसको नेता पनि हो । पूर्व जिल्ला सभापति पनि हो । कोहलपुर नगरपापलिकाका १ देखि १५ वडामा सबै इण्डियाबाट आउनुभएको छ । उनीहरुलाई भेट्न जाँदा । उनीहरुले गरेका खर्चहरु के–के हुन कुन कुनमा के खर्च भयो भनेर हामीले हिसाब गर्ने हो । तर हामीले एकैचोटी तीन करोड भनेर हिसाब गर्न जाँदैनौं । तन्नाको बिल ८ हजार सिरानीको खोलको बिल चाँही २४ सय भनेर लिएर आयो भन्ने फेसबुकमा आएको थियो । यति कै हामीले मान्ने वाला छैनौं । यहाँ जनताको सेवाका लागि १० करोड पनि हुन्छ १५ करोड पनि होला । नेपाली जिउधनको सुरक्षाका लागि । यो सधै गर्ने होइन मौकामा गर्ने हो । अहिले महामारी आएको बेलामा खर्च नभएको अरु बेला खर्च हुन्छ हुँदैन । तर अहिलेको कोरोना बेलामा कोहलपुर नगरपालिकाले १ करोड भन्दा बढी खर्च भएको देखिएको छैन । कोहलपुर नगरपालिका १५ वटै वडाहरुमा प्रति व्यक्ति साबुन छैन । एउटै शौचालय प्रयोग गर्नुपरेको छ । एउटै कोठामा १२ जनामा राखिएको छ । काँही काँही घरबाट भात ल्याएर खुवाएका छन्, काँही घरबाट चामल ल्याएर खुवाएका छन् । कृष्ण मा.विमा घरबाट ल्याएका थिए । सगरमाथा ज्ञानपुञ्जमा पनि घरबाट ल्याएका थिए । गाउँलेहरुले प्रत्येक घरहरुबाट कसैले दाउरा, कसैले चामल, दाल, चिनी, तरकारी लगायत अन्य बस्तुहरु सहयोग गरी सञ्चालनमा ल्याएका थिए तर कहाँबाट आयो तीन करोड बिल, यो मान्य हुँदैन । यसमा नेपाली काँग्रेसको पूर्ण रुपमा असहमत रहेको छ ।

७. लकडाउन अझै लम्बीयो भने व्यवसायीहरुको भविष्य कस्तो देख्नुहुन्छ ?

अझै पनि लकडाउन गरेको खण्डमा सडकमा उर्तिनुको विकल्पै छैन । किनभने नीजि क्षेत्र व्यवसाय नगरी आफ्नो सन्तानहरु पाल्नुप¥यो, अन्य बैंक किस्ता, ब्याज, तिर्न, घरभाडा तिर्न निकै समस्या भैसकेको अवस्था छ । नेपालमा कोरोनाले मृत्यु भएको दर हेर्ने हो भने एकदमै कम छ । जुन अन्य कारणले धेरैको मृत्यु भएको छ । केही महिना पहिले प्रदेश नंं. ५ मा पनि आत्माहत्या गर्नेको संख्या अहिले कोरोना मृत्यु भन्दा धेरै रहेको छ । तर कोरोनाले त कम मरेका छन् भने किन लकडाउन गर्नुप¥यो । कोरोना भन्ने रोग सामान्य रुपमा लिइनुपर्दछ र कोरोनासँगै जिउनुपर्दछ भन्ने आशय हो । नेपाल सरकारले अझै पनि लकडाउनलाई नै निरन्तरण दियो भने सम्पूर्ण व्यवसायीहरु सडकमा आई आफ्ना चेतावनीका कार्यक्रम गर्नेछन् ।

९. अन्त्यमा कोरोना कहरबाट सुरक्षित रहन सम्पूर्ण के भन्न चाहनुहुन्छ ?

सबै नागरिकहरुले घरबाट बाहिर निस्कुनुहन्छ भने मास्क लगाउनुहोस्, स्यानिटाइजरको डिब्बा गोजीमा राखेर हिड्नुहोस् । त्यसलाई कुनै बस्तु छोइनु अघि र छोइसकेपछि हातमा लगाउनुहोस् । सामाजिक दुरी कायम गर्नुहोस् । यदि व्यवसायीले भने आफ्नो पसल बाहिर साबुन पानी, स्यानिटाइजर राख्ने, मास्क लगाएकोलाई मात्र सामानहरु बेच्ने । हुल हुन थाल्यो भने एक–एक जना गरी पसलमा सामान दिने । त्यो व्यवस्था गरियो भने हामी कोरोनाबाट बच्न र बचाउन सक्नेछौं । अन्त्यमा मेरा विचार राख्ने अवसर दिनु भएकोमा धेरै–धेरै धन्यावाद छ ।

प्रकाशित मितिः शुक्रबार, भदौ २६, २०७७     9:01:04 AM  |