20 September 2020  |   आइतवार, अशोज ४, २०७७

जथाभाबी ग्यास सिलिण्डरको कारोबार गरे जफत गरी कारवाही गरिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ २५, २०७७  

ग्यास उद्योगको नियम विपरीत ग्यास सिलिण्डर ओसार-पसार गर्नेलाई कारबाही हुने भएको छ । नेपाल एलपी ग्यास उद्योग संघले आज सूचना निकालेर कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै बजारमा जथाभाबी ग्यास सिलिण्डरको कारोबार भइरहेको पाइएकोले त्यसलाई रोक्न भनेको छ ।

संघले ग्यास उद्योगको नियमानुसार नियुक्त भएका बिक्रेताहरुबाहेक अन्य कसैले खाली सिलिण्डर ओसार-पसार, भण्डारणमा सट्टापट्टा र खरिद बिक्री गर्नु गैरकानुनी भएको भन्दै यस्तो काम गरे कारबाही हुने जनाएको छ ।

संघले यस्ता सिलिण्डर जफत गरी कारोबारमा संलग्न हुनेलाई कारबाहीको चेतावनी दिएको छ । –ujyaaloonline

प्रकाशित मितिः बिहिबार, भदौ २५, २०७७     11:47:13 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *