19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

‘अहिले किसान धेरै मारमा छन्’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ २४, २०७७  

कोरोना कहर अहिले पनि जारी छ । अझै कहिलेसम्म यसको प्रभाव रहने हो भन्ने एकिन छैन । दैनिक रुपमा बढिरहेको संक्रमण र मृत्युदरले झन् भयपूर्ण वातावरण सिर्जना भइरहेको छ । देशका हरेक क्षेत्र कोरोनाबाट प्रभावित भइरहेको अवस्था छ । यस्तो कुनै पनि व्यक्ति र क्षेत्र छैन जो कोरोनाबाट प्रभावित नभएको होस् । यस्तै समस्या भोग्ने मध्ये देशको दुग्ध उत्पादन क्षेत्र समेत हो । महामारीको समयमा समग्रमा यस क्षेत्रले धेरै असर भोग्नु परेको अवस्था छ । यसै सन्दर्भमा, महामारीको समयमा दुध उत्पादन, वितरणमा देखिएका समस्या, यसले पारेमो प्रभाव, महामारीको समयमा भइरहेका प्रयास तथा यसको भविश्यका विषयमा कोहलपुर डेरी एसोसियसन नगर अध्यक्ष रमिला थापासँग मिसन टुडेका शुभाकर विश्वकर्माले गरेको कुराकानीको सम्पादीत अशं ।

कोहलपुर डेरी एसोसियसन नगर अध्यक्ष रमिला थापा

१. कोरोनाको कहरका बीच डेरी उद्योगहरु कसरी सञ्चालन गर्नुभएको छ ?

  • विश्वभरी कोरोना महामारी छ । नेपालमा समेत कोरोना संक्रमणको अवस्था प्रत्येक दिन बढिरहेको छ । बाँकेमा जिल्लामा समेत कोरोना तीव्र रुपमा बृद्धि भइरहेको अवस्था छ । यसमा कोहलपुर समेत अछुत रहन सकेन । कोरोना संक्रमित थपिरहेका छन् । एक जनाको मृत्यु समेत भइसकेको अवस्था छ । यसले गर्दा यहाँको समग्रमा क्षेत्रमा प्रभाव पारिरहेको छ । डेरी उद्योगहरु समेत यसको प्रत्यक्ष मारमा परेका छन् । विगत ६ महिनायता हामीले थुप्रै समस्याका बावजुत काम गरिरहेको अवस्था छ । किसानका दुध नबिक्ने समस्या व्यापछ । त्यसैले समस्या हुँदा हुँदै पनि सञ्चालन भइरहेका छन् । यस्तो बेलामा दुध खपत न्युन भइरहेको अवस्था छ । कोरोना कहरका बीच हामीले सेवाग्राहीलाई निरन्तर सेवा दिइरहेका छौं । हामीले सेवा प्रवाह गरिरहदा पूर्ण रुपमा स्वास्थ्य सावधानीका साथ काम गरिरहेको अवस्था हो । यहाँका डेरीहरु ठिकठिकै चलिरहेका छन् ।

 

 

२. निरन्तरको बन्दले डेरी उद्योगहरुलाई कस्तो प्रभाव पारिरहेको छ ?

  • सिंगो देशको आर्थिक क्षेत्र धरासायी बनिरहेको कुरा आइरहेका छन् । सबै क्षेत्र बन्द अवस्थामा रहेका छन् । हामीले पनि केही समय बन्द गर्नु पर्ने अवस्था सिर्जना भयो । पछि केही समयपछि ग्राहकहरुको माग अनुसार स्वास्थ्य मापदण्ड पुरा गरेर हामीले सञ्चालन तथा बिक्रि वितरण गर्ने काम ग¥यौ । अहिले पनि कोरोना कहर विद्यामान रहेकोले पनि हामीले पूर्ण सुरक्षा अपनाइरहेको अवस्था छ । यहाँ पनि धेरै प्रभाव परेको छ । कोरोनाले हामीले धेरै नोक्सानी व्यहोर्नु प¥यो । ग्राहक पनि घटेका छन् । एकातिर सेवा गर्नु पर्ने अर्कातिर हामीले घाटा व्यवहोरी रहेको अवस्था छ । हामीलाई यसले निकै प्रभाव पारेको अवस्था हो । अझै कहिलेसम्म हुने हो थाहा छैन । आम्दानी निकै कम छ ।

३. यस्तो बेलामा किसानसँग कसरी दुध संकलन गरिरहनु भएको छ ?

  • हामीले किसानबाट दुध संकलन निरन्तर गरिरहेका छौं । आफ्नो उत्पादन डेरीलाई दिइरहेका छन् । उनीहरु पनि मारमा छन् । दुध बिक्रि भएन भने समस्या हुन्छ । यस्तो बेलामा दुध बिक्रि भएन भने अर्को समस्या आइपर्छ । हामीले त अहिले घाटा खाएर बिक्रि वितरण गरिरहेका छौं । कोरोनाले गर्दा साह्रै गाह्रो भयो । दुध संकलन गर्दा पनि पूर्ण रुपमा सरकारले जारी गरेको मापदण्ड नै हामीले पालना गरिरहेको अवस्था हो । यसबारे उहाँहरु समेत सचेत हुनुहुन्छ । हामीले पनि सचेतना अपनाएर, धेरै मानिसको भीड हुन दिएका छैनौ । उहाँहरु आउँदाखेरी एक्लै आउनु हुन्छ । सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो । सेवा समेत निरन्तर दिइरहेको अवस्था हो । मास्क प्रयोग गर्ने, सेनिटाइजर प्रयोग गर्ने लगायतका काम भइरहेका छन् । यसरी नै हाम्रो दैनिकी चलिरहेको छ ।

५. अर्कातिर खुल्ला दुग्ध बिक्रि वितरण हुने गरेको देखिन्छ, यसले डेरी उद्योगहरुलाई कस्तो समस्या भइरहेको छ नी ?

  • खुल्ला रुपमा किसानहरुले दुध बिक्रि वितरण गर्नाले निकै ठूलो समस्या हामीले भोग्नु परेको छ । यहाँ उपभोक्ताहरुले समेत खुल्ला दुध नै लिन मन पराउनुहुन्छ । अर्कातिर उहाँको अधिकार पनि हो । तर हामीले बारम्बार भन्दै आएका छौं । नीति नियमहरु बनेको छ । तर कार्यान्यवनमा चाँहि निकै ठूलो समस्या हामीले भोग्नु परिरहेके अवस्था छ । व्यक्तिहरुले खुलेयाम बेचिदिदाँ त्यसको असर डेरीहरुलाई पर्न जान्छ । यसमा एकरुपकता ल्याउन जरुरी देखेको छु । हामी भर्खरै मात्र गोलबन्द भएको अवस्था छ । धेरै कुरा अझै पनि उपभोक्ताहरुलाई बुझाउनु पर्नेछ । यसले हाम्रो ग्राहकहरुले समेत उनीहरुबाट दुध किन्ने अवस्था आइपरेको छ । सिधै घरबाट ल्याउँदा र डेरीबाट दुध आउँदा गुणस्तरमा निकै ठूलो प्रभाव पार्दछ । बाटोमा दुधबाला देख्न वित्तिकै भाँडो थापेर आइहाल्छन् मान्छेहरु । अब सबैजना मिलेर अघि बढ्नको लागि सबैलाई एकै ठाउँमा निर्णय गर्ने सोच बनाएको छु । कोरोना कहर सकिएपछि व्यवस्थित बनाउँछौ । कोरोना महामारीका बेला झन् बढी यस्तो प्रविधि देखियो । स्वस्थ शरिर बनाउने उद्देश्य भएपनि खानपिनमा निकै ध्यान दिनुपर्छ । खान जान्यो राम्रो हुन्छ । खान जानेन् भने झन् समस्या भयो । यस्तो बेलामा कसैले पनि मापदण्ड पुरा गरेको अवस्था छैन । जसका कारण हामीलाई समस्या भएको छ । बाहिरी जिल्लाबाट आइरहेको दुधका कारण केही समस्या देखिएको छ । अब सबै कुरा सच्याउनुपर्छ भन्ने मलाई लागेको छ ।

६. नेपालमा दूधको माग कति हो र कति उत्पादन भइरहेको छ ? हाम्रो उत्पादनले बजार माग थेग्न सकेको छ ?

  • अहिले यस्तो छ हेर्नुहोस । उत्पादन किन्ने त हुन्छ । अहिले किसान धेरै मारमा छन् । जताततै बन्द छ । व्यवसायिक किसानहरुलाई पनि समस्या परेको छ । गाई, भैसीलाई दाना खुवाउनेदेखि घाँसपातसम्म खुवाउन निकै समस्या देखिएको छ । यसको प्रभाव कोहलपुरमा दुध उत्पादन क्षेत्रमा परेको छ । उत्पादन घट्यो भने बजार अभाव हुन्छ । माग झन् बढ्ने जोखिम हुन्छ । उत्पादन घट्ने र माग बढ्ने समस्या यहाँ अहिले देखिएको छ । हामीले न्युनतम भएपनि बजारसम्म दैनिक दुध पु¥याइरहेका छौं । उत्पादन पहिलाको भन्दा निकै कम छ । तपाईले सोधे जस्तै उत्पादनको कुरा गर्नुहुन्छ भने जाडोमा उत्पादन बढी हुन्छ, बिक्रि कम हुन्छ । गर्मीयाममा उत्पादन कम हुन्छ । बिक्रि बढी हुन्छ ।

७. कोरोनाको कहर अझै लम्बिने संकेत देखिएको छ । तर यस्तै गरेर लम्बिने अवस्था आयो भने डेरी उद्योगहरुको भविष्य कस्तो होला ?

  • शुरुवातमा हामीले कमै समय यस्तो अवस्था रहला भन्ने लागेको थियो । तर ६ महिना यता निरन्तर कोरोनाको कहर विद्यमान छ । अझै पनि लम्बिने खतरा छ । यस वर्षको दशै तिहारसम्म पनि यो अवस्था रहने निश्चित जस्तो छ । त्यसपछि पनि यस्तो अवस्था सायद रहला । अहिले त हामी यतिधेरै लसमा छांै । अबको केही समय यही अवस्था रह्यो भने । व्यवसाय पूर्ण रुपमा बन्द गर्ने अवस्थामा पुगेको छ । हरेक क्षेत्रका लागि कोरोनाका नाममा आर्थिक क्षेत्र बन्द गर्ने हो भने आर्थिक क्षेत्र धरासायी हुन्छ । यसको प्रभाव निकै डरलाग्दो हुने देखिन्छ । हामीले राज्यको मापदण्ड मान्ने तर राज्यले हाम्रो विषयमा नसोच्ने हो भने पलायन बाहेक अर्को विकल्प छैन ।

८. डेरी उद्योगहरुले संघीय, प्रदेश र स्थानीय सरकारबाट कस्तो प्रकारको सहयोग पाएका छन् ?

  • तिनै तहका सरकारहरु छन् । तीनै तहका सरकार कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा छन् । उनीहरुले ध्यान नै कोरोनाबाट उन्मुक्ति नै रहेको छ । सरकारसँग मिलेर जाने र सहकार्य गर्ने हाम्रो दायित्व हो । यस्तो बेलामा हामीले पनि सरकारलाई सहयोग गर्नुपर्छ । जुन हामीले सरकारले गरेका हरेक निर्देशन मानिरहेका छौं । अझै पनि सरकारलाई सहयोग गर्न हामी तयार छौं । कोरोनाका कारण हाम्रो क्षेत्र धरासायी भइरहेको अवस्था छ । पक्कै पनि हाम्रो मागहरु छन् । ती मागहरुको सम्बोधन सरकारले गरेमा राम्रो हुन्थ्यो । सरकारले हामीलाई लकडाउनको समयमा पनि विशेष सावधानीका साथ काम गर्न वातावरण मिलाइदिनु भयो । त्यो नै हाम्रो लागि सहयोग हो । अहिले सञ्चालकहरु पुराका पुरा तलब दिएर काम गराउन सक्ने अवस्था छैन । यस्तो अवस्थामा सरकारले राहत दिने गरेको भए राम्रो हुन्थ्योे भन्ने लागेको छ । धेरै जना भाडामा समेत व्यवसाय गर्ने हुनुहुन्छ । उहाँहरुको व्यापार राम्रो हुन सकिरहेको छैन । ब्याज, कर लगायत केही महिनाको मिनाहाका साथै केही समय रोकिदिएको भए निकै सजिलो हुने थियो ।

९. अन्त्यमा सम्पू्र्ण ग्राहक वर्गहरुलाई के भन्न चाहनुहुन्छ ?

  • कोरोनाको कहर छ । अझै जोखिम कायम रहेकाले सुरक्षित  रहनुहोला । सुरक्षा अपनाउन नभूल्नुहोला । मास्क लगाएर मात्रै बाहिर निस्कनुहोला । अनि कोहलपुर क्षेत्रका ग्राहकहरुलाई मेरो आग्रह छ । तपाईहरु कोरोना महामारीको बेला स्वच्छ दुध पिउनुहोस् जो स्वास्थ्यका लागि समेत लाभदायी हुन्छ । यसो गर्नुभयो भने तपाई बलियो बन्न सक्नुहुन्छ । अनि कोहलपुरमा धेरै डेरीहरु छन् । तपाईहरुले चाँही डेरीबाटै दुध खरिद् गर्नुहोला भन्न चाहन्छु । सबै जना मिलेर किसानका उत्पादनको सही बजारीकरणमा सहयोग गरौं । आफू बचांै र अरुलाई पनि बचाउनको लागि भूमिका खेलौं । अन्त्यमा मेरा विचार राख्ने अवसर दिनु भएकोमा धेरै–धेरै धन्यावाद छ ।
प्रकाशित मितिः बुधबार, भदौ २४, २०७७     8:43:22 AM  |