18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

‘आर्थिक र व्यवसायिक गतिविधिलाई ठुलो असर पा¥यो’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ २४, २०७७  

विश्वमा फैलिएको कोरोना भाइरसका कारणले नेपालमा चैत्र ११ गतेबाट लकडाउनले गर्दा आर्थिक रुपमा निकै असर पारेको छ । अहिले कोरोना संक्रमणको दर पनि दिनप्रतिदिन बृद्धि हुँदै आएको छ । यसको बाबजुत पनि सहकारीले आफ्ना काम कारवाहीहरु कसरी सञ्चालन गरेको छ । महामारीले कस्तो असर पारेको छ, जसका कारणले सहकारी भविष्यमा कस्तो होला भन्ने विषयमा जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीसँग मिसन टुडे राष्ट्रिय दैनिकका समाचारदाता डिल्ली शाहीले गरेको कुराकानी ।

जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदी

१. कोरोना कहरका बीच बाँके जिल्लाका सहकारीहरु कसरी चलिरहेका छन् ?

कोरोनाका कहरका बीचमा पनि बाँकेमा सहकारीहरुले आन्तरिक रुपले काम गरिरहेका
छन् । कोरोनाले विश्वमा नै महामारीको रुपले गर्दा आर्थिक गतिविधिहरुलाई बन्द नै गर्ने गरेको छ । सहकारी सदस्य केन्द्रित भएर आफ्ना कामहरु गरिराखेका छौं । बाँकेमा रहेका सहकारीहरुका सदस्यहरुलाई बचत लिने र दिने दुबै काम अहिले निरन्तर गरिराखेका छौं । तर यसले आफ्ना सदस्यहरुलाई एउटा समस्या परेको समयमा साथ दिने खालको बनेको छ अहिले सहकारी । सहकारीमा लगभग सबै व्यक्तित्वहरु आबद्ध रहेको बेलामा उनीहरुले सहकारीमा जम्मा गर्ने र लिनेमा लकडाउनले गर्दा समस्या पनि भएको थियो तर अहिले सहज रुपमा लिने र दिने काम भैरहेको छ । सदस्यहरुले ऋण सहयोग मागेपनि हामीले उपलब्ध गराउने गरेका छौं । यसको साथसाथै कोरोना रोकथाम तथा नियन्त्रणमा सहकारीले स्थानीय सहकारीले समन्वय गरि काम गरिरहेका छन् । सरकारलाई सहकारीहरुले आफुले सक्दो सहयोग गरेका छन् भने कतिपय सहकारीले स्यानिटाइजर, मास्क, अन्य कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि अपनाइने विधिहरुबाट सहकारीमा आवद्ध भएका सदस्यहरुलाई जनचेतना फैलाउने काम समेत गरेको छ र आगामी दिनमा पनि सहयोगी भूमिकामा रहनेछ ।

२. कोरोनाको महामारीले सहकारी क्षेत्रमा पारेको कत्तिको असर गरेको छ नि ?

कोरोनाले सहकारी क्षेत्रमा आर्थिक र व्यवसायिक गतिविधिलाई निकै असर पारेको छ । सहकारीले नेपालको कुल बजेटको लगभग १५ देखि २० प्रतिशत हिंसा ओगटेको छ । अहिले सहकारीमा नेपालमा लाखौ लाखको नेपाली नागरिकहरु सहकारीमा आवद्ध रहेका छन् । सहकारीकर्मीहरुले आफ्ना कामहरु पहिले जस्तो गरेर पूर्ण रुपमा काम गर्न सकेका छैनन् । तर काम भने गरेका छन् । सहकारीहरुले लकडाउनको समयमा बचत, शेयर, कर्जा र असुली जस्ता क्षेत्रमा प्रत्यक्ष रुपमा प्रभाव पारेको छ । जसले गर्दा सहकारीको शुद्ध बचत हुनुपथ्र्यो त्यो अनुसार हुन सकेको छैन । सहकारीले आर्थिक गतिविधि गर्ने भएकोले यसको असर नै प्रत्यक्ष सरकारसँग जोडिएको हुन्छ । किनकी अहिले प्रत्येक घरपरिवारहरु यसमा जोडिएको हुन्छ र यसबाट बचत गरेको रकम र अन्य केही रकमले कृर्षि क्षेत्रमा निकै ठुलो सहयोग गरेका छ । कतिपय महिलाहरुले कृषिका लागि ऋण लिने र मनज्ञय आम्दानी गरेका कथाहरु हामीले सुनेका हुन्छौं तर यो महामारीले गर्दा सहकारीले गर्ने कामहरुमा निकै असर पारेको छ ।

३. यो बेलामा बचतकर्ता र ऋणीहरुलाई सहकारीहरुले कस्तो प्रकारको शौलियत प्रदान गरेका छन् ?

धेरै राम्रो प्रश्न गर्नुभयो । विश्वमा फैलिएको कारण भाइसरका कारणले गर्दा नेपालमा चैत्र ११ गते देखि लकडाउन भएको थियो । त्यो समयदेखि अहिलेसम्म पनि सहकारीहरुले आफ्नो नियमित कामहरु गर्ने निकै चुनौति थपेको थियो । सहकारी क्षेत्रमा मात्र नभएर अन्य क्षेत्रमा समेत निकै आर्थिक गतिविधि र अन्य क्षेत्रमा निकै ठुलो असर पारेको छ । अहिले निकै चुनौतिका बावजुत पनि जिल्ला सहकारी संघ बाँके एउटा यस्तो निर्णय गरेको थियो जुन केन्द्रिय, प्रदेश र अन्य जिल्लाले पनि गरेको थिएन । आफ्ना सदस्यहरुलाई लकडाउनका कारणले गर्दा ब्याज तिर्न समस्या पर्ने, किस्ता तिर्न समस्या पर्ने र भाका नाघेका ऋणको पनि समस्या हुने भएकोले असार मसान्तसम्म जुन नियमित तिर्ने व्यक्तिहरुलाई १० प्रतिशत छुट दिने व्यवस्था गर्ने भनि निर्णय गरेका थियौं । यो मध्ये पनि कसैले किस्ता तिर्नै नसक्ने, ब्याज तिर्नै नसक्ने अवस्था छ भने त्यस्तो व्यक्तिलाई छुट दिने भनि निर्णय गरेका छौं र सोही अनुसार सहकारीहरुले आफ्नो काम गरेका छन् । राष्ट्रिय सहकारी विभागले पनि यस्तो खाल्को पछि निर्णय ग¥यो । अहिले सहकारीमा आबद्ध भएका सदस्य सबैले लकडाउनका कारणले निकै समस्या परेका छन् ।

४. कोरोना महामारीको समयमा हरेक क्षेत्रमा जस्तै सहकारीहरुले समेत रोजगारीबाट हटाउने बेतलबी बिदामा बसाल्नेदेखि बिना तलब काम गराउनेसम्मका गुनासो आइरहेको छ, यसमा यहाँको भनाई के रहेको छ ?

हामीले के भनेका छौं भने महामारीको बेलामा कुनै पनि कर्मचारीलाई सहकारीले कुनै पनि बहाना बनाएर निकाल्नु हुँदैन । अहिले नेपालमा मात्र नभएर ठूला देशहरुमा पनि आर्थिक चपेटामा परेका छन् । त्यसमा नेपाल सानो देश यहाँ आर्थिक चपेटामा नपर्ने भन्ने त कुरै हुँदैन । तथापी सहकारीले भने आफ्ना कर्मचारीहरुलाई निरन्तर काम गराइराखेको छ । उनीहरुले खाइपाई आएको तलबहरु दिइराखेका छन् । बेतलबी राख्ने काम भएको छैन । यदि कुनै सहकारी संस्थाले कोरोना महामारीको समयमा सहकारीमा काम गर्ने व्यक्तिहरुलाई बेतलबी बिदामा राख्ने काम भएको छ भने त्यस्तो सहकारीलाई कारवाही गर्दछौं । यस्तो समयमा कसैले केही बहानामा निकाल्छ भने मानवियता हुँदैन । कुनै सहकारीले आफुलाई बेतलबी निकालेको भए सोही व्यक्तिहरुले जिल्ला संघमा जानकारी दिनुहोस् । जिल्ला सहकारीकोे तर्फबाट त्यस्ता सहकारीहरुलाई कारवाही गर्ने तयार रहेका छौं ।

५. अझै केही समय कोरोनाको कहरमा रह्यो भने सहकारीको भविस्य के होला ?

एकदमै महत्वपूर्ण प्रश्न गर्नुभयो । अहिले कस्तो छ भने यो आर्थिक गतिविधि सञ्चालन गर्ने काम सहकारीले गर्दछ । सहकारीले बचत तथा ऋणको कारोबार गर्ने सहकारी हो । लामो समयदेखि लकडाउन भयो सहकारीका सदस्यहरुले पनि आम्दानी भए पो बचत गर्ने हो आम्दानी नभए बचत त गर्ने कुरै भएन । अहिले कतिपय व्यक्तिहरुले खाना पाएका छैनन् । लाउन पाएका छैनन् त्यसता व्यक्तिहरु हुनुहुन्छ । यस्ता व्यक्तिहरुलाई हामीले के गरेका छौं भने संघिय सरकार, प्रदेश सरकार, स्थानीय सरकारले सहकारीहरुलाई आर्थिक प्याकेज ल्याउनुपर्दछ । जसले गर्दा सहकारीका सदस्यहरुको उत्पादनमा बृद्धि होस् । आफ्ना सदस्यहरुको आत्मार्निभर बनाउन, आर्थिक बृद्धि गर्नका लागि सहकारीले अहिलेसम्म राम्रो भूमिका खेलेको सर्वविवितै छ । त्यसकारणले सदस्यहरुलाई आर्थिक रुपमा दरिलो बनाउनका सहकारीले मद्धत गर्नुपर्दछ । जसकारणले उनीहरुले सहकारीमा बचत गरुन । विश्वमा पनि सहकारीले जुनसुकै विपद्मा पनि टिकेको छ । अन्य देशहरुको उदारणभन्दा पनि आफ्नै देशमा पनि सबै कुनाकन्दरामा सहकारी पुगेको छ । यसले विपद्को बेलामा पनि सहकारी सहयोगीको महत्पूर्ण भूमिका खेलेको हुन्छ । अहिले बैंकहरु शहरमा टिके तर गाउँमा टिक्न सकेनन् । बैंकहरु कतिपय धरासायी अवस्थामा पुगेका छन् भने सहकारी कहिल्लै पनि धरासायी अवस्थामा पुगेको छैन । बाँकेमा पनि ४ सय सहकारीहरु रहेका छन् तर त्यो सहकारीमा समस्या
आउनसक्छ । जो सहकारीले सदस्य केन्द्रित गरेर काम गरिरहेका सहकारीहरुले स्थायी रुपमा काम गर्न सक्छन् अन्य सहकारीहरुलाई भने समस्या हुन्छ ।

६. महामारीको बेलामा सहकारी क्षेत्रको लागि संघिय, प्रदेश र स्थानीय सरकारले यहाँलाई कस्तो सहयोग मिलेको छ ?

अहिले तिनै तहबाट सहयोग के गर्ने भन्ने प्रस्ट रुपमा आएको छैन । यद्यपी हामीले आशा गरेका छौं । तर प्रदेश ५ ले सौलियत कर्जा किसानहरुलाई दिने कार्यक्रम रहेको छ । जसमा २० करोडको रकम बराबर सहकारीमार्फत किसानहरुलाई कर्जा दिने भनिएको छ । हामीले अनुदान खोजेका होइनौं की हामीलाई सौलियत रुपमा कर्जा ल्याएर किसानहरुको आर्थिक स्थिती माथि उकास्नमात्र खोजेका हौं । सहकारीले शेयर सदस्यहरुलाई लगानी गर्नेछ । जसको कारणले उनीहरुको आर्थिक परिवर्तन गराउनका लागि अनुदान मागेको होइन मात्र के भनेको भने सौलियतमा ऋण दिनुहोस् भनेका मात्र छौं । अहिले प्रदेश सरकारले जुन २० करोड सहकारीहरुलाई दिने भनेको छ त्यो सौलियतमा ऋण सहयोग हो । थोरै ब्याजदरमा ऋण लिएपछि किसानले पनि आफ्ना कामहरु सहजै तरीकाले टार्न सक्छ । त्यसैले जिल्ला सहकारीले त्यसको पहल गरिराखेको छ भने बाँके जिल्लाका स्थानीय सरकारले पनि आश्वासन दिएका छन् ।

६. जिल्लाका सम्पूर्ण सहकारीकर्मीहरुलाई कोरोनाबाट बच्नको लागि के भन्न चाहानु हुन्छ ?

बाँके जिल्लाका सम्पूर्ण सहकारीहरुलाई के भन्न चाहान्छु भने नेपाल सरकारले भनेका कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि अपनाइएका विधिहरुलाई पूर्ण रुपका कार्यान्वयन गरौं । शेयर सदस्यहरुको बचत संकलन गर्न जाँदा स्वास्थ्य मापदण्ड पालना गर्ने । अहिले प्रत्येक शहर, गाउँको टोलटोलमा सहकारीको शेयर सदस्यहरु रहेका छन् । सबै घरधुरी सहकारीको सदस्य रहेका छन् । सहकारी नपुगेको स्थान काही पनि छैनन् । त्यसकारणले सम्पूर्ण शेयर सदस्यज्यूहरुलाई कोरोनाबाट सचेत बनौं । यो रोग अहिले खतरानाक रुपबाट आइराखेको छु । मानवीय रुपमा पनि आफु स्वच्छ छु । कोरोनालाई जित्छु भन्ने खालको भावना राखौं भन्न चाहान्छु । अन्त्यमा यो विपदको समयमा आफ्ना सहकारीमा भएका गतिविधि र समस्याको बारेमा आफ्ना भनाई राख्ने दिनुभएकोमा यहाँ लगायत सम्पूर्ण मिसन परिवारलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।

प्रकाशित मितिः बुधबार, भदौ २४, २०७७     8:38:43 AM  |