19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढ्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ ११, २०७७  

सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९६ हजार ८ सय रुपैयाँमा झरेको थियो । यस्तै चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित मितिः बिहिबार, भदौ ११, २०७७     11:26:09 AM  |