20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

प्रसुति गृहका स्वास्थ्यकर्मी सहित ८ जनामा कोरोना संक्रमण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, भदौ ७, २०७७  

काठमाडौं ।

थापाथलीस्थित प्रसुती गृहमा कार्यरत तीन आवासीय चिकित्सकसहित ८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

संक्रमित हुनेमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक र सुरक्षा गार्डका साथै अस्पतालमा रहेको बैंकका कर्मचारी छन् । अस्पतालका बिरामीमा भने संक्रमण देखिएको छैन ।

संक्रमितमध्ये दुई जना अस्पतालको आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा रहेको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्रले जानकारी दिइन् ।

प्रकाशित मितिः आइतवार, भदौ ७, २०७७     2:48:50 PM  |