20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

गायिका बिपनाको तीजको कोशेली ‘बटौलीमा सारी’ (भिडियोसहित)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, साउन २१, २०७७  

कोहलपुर ।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै ‘बटौलीमा सारी’ बोलको गित बजारमा आएको छ । कोहलपुर क्षेत्रका कलाकारहरुको नयाँ तीज कोेशेलीको रुपमा ‘बटौलीमा सारी’ बोलको गित सार्वजनिक भएको हो ।

केही दिनअघि यूट्युव मार्फत गित सार्वजनिक भएको छ । लकडाउनको अवधिमा गितको भिडियो छायाङ्कन भएको तीज गितमा बिपना मगर, टिकादेवि शाह र सुरेश गन्दर्भले स्वर दिएका छन् ।

गायिका मगरले प्रतिकुल अवस्थाका बाफजुत पनि ‘बटौलीमा सारी’ बोल गितको भिडियो निर्माण गरिएको बताइन् । उनका अनुसार भिडियो छायाङ्कन कोहलपुर क्षेत्रमा नै भएको छ ।

‘हामीले स्थानीय जनशक्ति र प्रविधि प्रयोग गरेर छोटो समयमा नै भिडियो निर्माण गरेका छौं’ गायिका मगरले भनिन्, ‘सबै जनाले मन पराइदिनुहुनेछ भन्ने आशा लिएको छु ।’ उनले भिडियो निर्माणको क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिइन् ।

कोहलपुरका कलाकार प्रकाश कडेलको निर्देशनमा तयार पारीएको म्युजिक भिडियोमा स्वयं कंडेल, जितेन्द्र के.सी., गायिका मगर र निशा शाही ठकुरीले अभिनय गरेका छन् ।

समग्र ईन्टरटेनमेन्टको प्रस्तुतीमा तयार गरीएको गितको छायाङ्कन उज्यालो अभियान मिडिया नेपालगञ्जले गरेको थियो । गितमा शब्द तथा लय सुरेश गन्दर्भले दिएका छन् ।

प्रकाशित मितिः बुधबार, साउन २१, २०७७     8:47:30 PM  |