19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बाँकेमा हालसम्म ३ सय ९१ जना कोरोनामूक्त

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन २०, २०७७  

कोहलपुर ।

बाँकेमा हालसम्म ३ सय ९१ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । आज मंगलबार थप ३ जना उपचारपछि निको भएर डिस्चार्ज भएसँगै बाँकेमा निको हुनेको कुल संख्या ३ सय ९१ पुगेका हुन् । नेपालगन्जको आदर्शनगर आइसोलेसनबाट खजुरा गाउँपालिकाको वडा नम्बर २ का ३४ र ३८ बर्षीय पुरुष तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसनबाट ३१ वर्षीय पुरुष निको भएर डिष्चार्ज हुन लागेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

अब आइसोलेसनमा बाँकेका ६२ जना र बहिरी जिल्लाका १० जना गरी ७२ जना छन् । बाँकेमा हालसम्म ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये २ जनाको मृत्युु भएको छ ।

प्रकाशित मितिः मङ्लबार, साउन २०, २०७७     11:26:06 AM  |