18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

कोरोना विरुद्धको उपयुक्त खोप कहिल्यै पनि पत्ता नलाग्न सक्छ डब्ल्यूएचओ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन २०, २०७७  

काठमाण्डौ ।

विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले कोरोना भाइरसविरुद्धको खोप चाँडै उपलब्ध हुने आशा रहे पनि उपयुक्त खोप कहिल्यै पत्ता लाग्न नसक्ने जनाएको छ । संगठनका महानिर्देशक डाक्टर टेड्रोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरस विरुद्धको खोप चाँडै उपलब्ध हुने आशा रहे पनि उपयुक्त खोप कहिल्यै पत्ता नलाग्न सक्ने बताएका हुन् ।

उनले विश्वभरका मानिसलाई सामाजिक दूरी, हातको सफाइ तथा मास्क प्रयोग गर्नेसहितका उपायहरु अपनाउन अपिलसमेत गरेका छन् । केही खोपहरु तेस्रो चरणको मानवीय परीक्षणको क्रममा भएकाले सङ्क्रमणबाट जोगाउन खोप प्राप्त हुने आशा रहेको भन्दै अहिलेका लागि महामारी नियन्त्रणमा लिने उपाय भनेको परीक्षण, आइसोलेशन र बिरामीको उपचार नै भएको बताए।

यस्तै सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी गरी क्वरेण्टीनमा राख्नुको विकल्प नभएको उनको भनाइ छ । यसैबीच डाक्टर टेड्रोजले कोरोना भाइरसको सङ्क्रमण भएका आमाहरुलाई सन्तानलाई दूध चुसाउन नछोड्न पनि आग्रह गरेका छन् ।

दूधबाट सङ्क्रमण नफैलिने भएकाले स्तनपान जारी राख्न उहाँले जोडदिए । अहिलेसम्म विश्वभर एक करोड ८४ लाख भन्दा धेरै मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ६ लाख ९७ हजारको ज्यान गएको छ । १ करोड १६ लाख भने उपचारपछि निको भएका छन् ।

प्रकाशित मितिः मङ्लबार, साउन २०, २०७७     11:08:23 AM  |