20 September 2020  |   आइतवार, अशोज ४, २०७७

नेकपा वडा समितिको स्पष्टिकरण : काँग्रेस प्रवेश गरिएका भनिएका व्यक्ति नेकपाका होइनन्

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, साउन १८, २०७७  

कोहलपुर :
नेपाल कम्युनिष्ट पार्टी नेकपा कोहलपुर वडा नम्बर ५ ले शनिबार नेपाली काँग्रेसमा प्रवेश गरेका भनिएका व्यक्तिहरु नेकपाका नरहेको जनाएको छ ।

आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै वडा समितिले नेकपा परित्याग गरि काँगे्रसमा प्रवेश गरिएका भनिएका युवा तथा व्यक्तिहरु तत्कालिन माओबादी, एमाले र हालको पार्टीको कुनै पनि जिम्मेवारी र सदस्यता नलिएका व्यक्ति भएको स्पष्ट पारेको छ ।

नेकपा कोहलपुर ५ का अध्यक्ष तिकल सिह कार्की र सचिव देबि प्रसाद भुषालद्धारा जारी विज्ञप्तिमा नेकपाका भनिएका ६५ जना कोही पनि नेकपासँग आवद्ध व्यक्ति नभएको उल्लेख हो ।

साथै उक्त विज्ञपित मार्फत सामाजिक सञ्जाल र मिडियामा आएका समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

प्रकाशित मितिः आइतवार, साउन १८, २०७७     4:29:09 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *