9 August 2020  |   आइतवार, साउन २५, २०७७

कोहलपुर ५ मा ६५ जना कांग्रेशमा प्रवेश

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन १७, २०७७  

कोहलपुर ।

नेपाली कांग्रेश कोहलपुर नगरपालिका वडा नं. ५ को पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । शनिवार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा परित्याग गरि नेपाली ६५ जना युवाहरु काग्रेशमा प्रवेश गरेको नेपाली कांग्रेश कोहलपुर नगरपालिका वडा नं. ५ कि वडा कार्यसमिति सचिव बालकुमारी सापकोटाले जानकारी दिइ्न ।

उनका अनुसार थुप्रै व्यक्तिहरुलाई पार्टी प्रवेश गराउने अर्को कार्यक्रमको तयारीमा जुटेको समेत बताएकी छिन् । पूर्व माओवादीको बाँकेबाट खेलकुद विकास समितीको जिम्मेवारी समालेका जनक विसी सहितको टोलीलाई कांग्रेशका नेता तथा कार्यकर्ताहरुले सम्मान सहित पार्टीमा स्वागत गरेका हुन ।

जनक विसीका अनुसार नेकपाको सरकारले युवाहरुको भावना नबुझेको र अबको राजनैतिक यात्रा कांग्रेशको ठूलो मैदानबाट गरिने बताएका छन् । साथै उक्त कार्यक्रममा नेपाली कांग्रेशको जेष्ठ सदस्यको रुपमा केन्द्रिय निर्णय अनुसार बाँकेबाट छनोटमा परेका हरि प्रसाद उपाध्यायलाई पनी ५ नं. वडा कार्यसमितीले दोसल्ला ओडाएर सम्मान गरेको छ ।

लामो समयसम्म पार्टीमा योगदान पु¥याएका जेष्ठ सदस्यले सम्मान ग्रहण गर्दै पार्टीमा आफुले गरेको योगदानलाई कदर गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । पछिल्लो समयमा नेपाली कांग्रेश कोहलपुर नगरपालिकाका विभिन्न वडाहरुमा पार्टी प्रवेशका कार्यक्रमलाई तिव्र गति दिएको छ ।

उक्त पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेशमा आवद्ध नेताहरुले शुभकामना मन्तव्य राखेका थिए । नेपाल तरुण दल कोहलपुर नगर कार्यसमितीका सभापती हरिशिह कठायतका अनुसार नेपाली काग्रेशमा पार्टी प्रवेश पछिल्लो समयमा व्यापक रुपमा भइरहेको थप कार्यक्रम क्रमश अगाडी बढाउने तयारी रहेको बताएका छन् ।

प्रकाशित मितिः शनिबार, साउन १७, २०७७     9:25:23 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *