29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

९६ प्रतिशत धान रोपाई

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन १७, २०७७  

कोहलपुर ।

देशभरका अधिकाशं भूभागमा रोपाई सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको देशभरका विभिन्न इकाईले पठाएको विवरणअनुसार १३ लाख ११ हजार २९९ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको हो ।

देशभर रहेको कुल धान रोपाई योग्य जमिनको ९५.६० प्रतिशतमा रोपाई सकिएको कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए । उच्च पहाडमा ४४ हजार ९ सय एक हेक्टर, पहाडमा तीन लाख १७ हजार ४२४ तथा तराईका ९ लाख ४८ हजार ९७२ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ । समयमै मनसुन सक्रिय हुँदा र रोपाई गर्ने जनशक्ति गाउँमा प्रशस्त हुँदा यस वर्ष रोपाई छिटो भएको मन्त्रालयले जनाएको छ ।

अनुकुल मौसमका कारण खाडेरीले धानको बिउ सुक्नेजस्तो विगतको अवस्था नआएको मन्त्रालयले जनाएको छ । समयमै रोपाई हुँदा उत्पादन पनि बढ्ने मन्त्रालयले विश्वास छ । छिटो रोपाई हुँदा कृषि उत्पादन चक्र पनि सुधारिने मन्त्रालयको विश्वास छ । गत वर्ष यो अवधिमा करिब ११ लाख हेक्टर क्षेत्रफलमा मात्रै रोपाई भएको थियो ।

प्रकाशित मितिः शनिबार, साउन १७, २०७७     8:18:46 AM  |