20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

लकडाउन प्रभावितलाई उद्यमशीलता तालिम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन १७, २०७७  

सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ मा शुक्रबारदेखि चार दिने व्यवसाय संचालनका लागि उद्यमशीलता तालिम सुरु भएको छ । विभिन्न व्यवसाय सञ्चालन गरिरहेकाहरुलाई उद्यमशिलताका बारेमा जानकारी दिने उद्देश्यले तालिम सुरु भएको हो । तालिम साउन २० गते सम्म सञ्चालन हुनेछ । तालिम वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ को धरमपुरटोल र अलायाचौरमा सुरु भएको छ ।

युएनडिपिको आर्थिक सहयोगमा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ को समन्वय तथा जिल्ला लघु उद्यमी समूह संघ (डिमेगा) वीरेन्द्रनगरको आयोजनामा उक्त तालिमको सञ्चालन भएको कार्यक्रम संयोजक अञ्जु रानाले बताइन् । उनका अनुसार तालिम विशेषगरी कोभिड–१९ बाट प्रभावितहरुलाई उद्यमी सिर्जना गर्ने उद्देश्यले तालिम प्रदान गरिएको हो । तालिमा कोरोना भाइस (कोभिड– १९) का कारण अति प्रभावित १३ महिला र ५ पुरुष गरी जम्मा १८ जनाको सहभागीता रहेको छ । उद्यमसिलता तालिमको उद्धघाटन सत्रमा बोल्दै वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष सुरेश मानन्धरले तालिममा उपस्थित भएका व्यक्तिहरुलाई तालिमबाट सक्रिय रुपमा सहभागी भएर नयाँ नयाँ कुरा सिक्न आग्रह गरे ।

आफ्नो आयआर्जन बढाउन आग्रह गदैँ कुनै अप्ठ्यारो परेमा वडा कार्यालयले तत्काल ध्यान दिने उनका भनाई थियो । यस्तै राष्ट्रिय लघु उद्यमी महासंघका कार्यवाहक अध्यक्ष कविराज खत्रीले सहभागीलाई तालिमपछि उद्यमशिल भएर गरेका उत्पादन संस्थाले बजारीकरण गरिदिने बताए । ‘हामीले उत्पादन गरेको वस्तुहरुले बजार पाउँदैनन् कि बिक्रि हुँदैनन् कि भन्ने चिन्ता नगर्न अनुरोध गर्दछु । सफल उद्यमी बन्नका लागि निरन्तरताको खाँचो भने अनिवार्य पर्छ’ उनले भने ।

प्रकाशित मितिः शनिबार, साउन १७, २०७७     8:16:58 AM  |