9 August 2020  |   आइतवार, साउन २५, २०७७

पैदलयात्रीलाई मास्क वितरण गर्दै सिडियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन १६, २०७७  

काेहलपुर ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्ग आजभोली सडकका पैदलयात्रीलाई ‘मास्क खोई’ भन्दै हिडिरहेका भेटिन्छन । जिल्लामा कोरोना संक्रमणको दर बढ्न थालेपछि जिल्लामा मास्क खोई अभियान संचालन गरीएको छ ।

बुधबार नेपालगन्जका बिभिन्न क्षेत्रमा मास्क बाँड्दै हिडेका प्रजिअ कुरुम्वाङ्ग शुक्रबार भने कोहलपुरमा भेटिए । कोहलपुर उद्योग वाणिज्य संघको अगुवाईमा संचालन गरीएको सचेतनामुलक कार्यक्रममा सहभागी हुन कोहलपुर आएका प्रजिअ कुरुम्वाङ्गले कोहलपुरवासीलाई मास्क वितरण गरेका हुन्र ।

कुरुम्वाङ्ग सहित उद्योगी व्यापारी, राजनैतिककर्मी लगायतको सहभागितामा आयोजित सचेतना र्याली कोहलपुरको चौराहबाट शुरु भई पिपलचौतारासम्म पुगी विर्सजन गरीएको थियो । त्यसक्रममा मास्क नलगाई हिडने बटुवाहरुलाई मास्क वितरण गरिएको थियो ।

प्रकाशित मितिः शुक्रबार, साउन १६, २०७७     9:06:03 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *