9 August 2020  |   आइतवार, साउन २५, २०७७

बाँकेका युवाद्धारा एक घर, एक पीसीआर को माग गर्दै प्रदर्शन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन १५, २०७७  

कोहलपुर :

बाँकेमा एकैदिन ३० जनामा कोरोना संंक्रमण देखिएपछि कोरोना परिक्षणको दायरा बढाउनु पर्ने माग गरिएको छ ।

समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि स्थिति नाजुक भन्दै गएको भन्दै नेपागञ्जमा युवाहरुको एक समूहले एक घर एक पीसीआरको माग गर्दै पर्दशन गरेका हुन् ।

बिहिबार धम्बोझी चोकमा जम्मा भएका युवाहरुले विभिन्न प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।

‘एक घर एक पिसिआर, खोई सरकार ’, ‘एक घर, एकजना पिसिआर टेष्ट गर’ लगाएतका नारा लगाएका हुन् ।

नेपालगञ्ज  ग्यालरीका संचालक  समिरमान श्रेष्ठले नेपालगञ्जमा समुदायमा कोरोना देखिएको भन्दै समेत हुन सरकारलाई दबाव दिनको लागि प्रदर्शन गरिएको बताए । उनका अनुसार सामाजिक दूरी कायम राखेरै शान्तिपूर्ण प्रदर्शन गरिएको हो ।

प्रकाशित मितिः बिहिबार, साउन १५, २०७७     6:02:36 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *