25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

सम्पादकीय : बाँकेमा फेरी जोखिम बढ्दो ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन १३, २०७७  

बाँकेको पहिलो पटक बैशाख १९ गते एक नेपालगञ्जका एक ६० वर्षीय पुरुषमा कोरोना देखिएको थियो । पहिलो पटक नेपालगञ्जमा कोारोना देखिएपछि अन्य पालिकामा समेत कोरोना देखिदै गयो । नरैनापुर गाउँपालिका त कोरोना हटस्पट नै बन्यो । नरैनापुरमा कोरोना कै कारण एक युवकको मृत्यु भयो । उनी रोजगारीको शिलशिलामा भारत गएको भएपनि लकडाउनको समय पैदलै घर आएका थिए । जिल्लाका आठ वटै स्थानीय तह कोरोनाका कारण प्रभावित भए । कोरोनाकै कारण बैजनाथकी एक महिलाको समेत मृत्यु भयो । कोरोनाका कारण प्रदेश पाँचका सबै भन्दा बढी प्रभावित हुने जिल्लामा बाँके पर्दछ । यहाँका स्थानीय तह तथा सरोकारवाला निकायको प्रभावकारी भूमिकाका कारण केही महिनामै स्थिति नियन्त्रणमा आयो । केही स्थानीय तह समेत कोरोना मुक्त पनि भए ।

असार अन्तिम साता सरकारले लकडाउन पूर्णमा अन्त्य भएको घोषणा ग¥यो । त्यसपछि देशभर कोरोना संक्रमित भेटिन थालेका छन् । पछिल्लो समय कोरोनाको लक्षण भएका समेत संक्रमित भेटिन थालेका छन् । चिकित्सकहरु पनि यही अवस्थामा नेपालमा लक्षण सहितका कोरोना संक्रमित देखिन थालेमा झन् जोखिम रहेको बताउँछन् । संक्रमित समेत दिनानुदिन बढ्दो क्रममा रहेको छ । मृत्यु हुनेको संख्या समेत बढिरहेको छ । अहिलेसम्म ५० जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । संक्रमितको संख्या १८ हजार ७ सय ५२ रहेको छ । कोरोना जित्नेहरुको संख्या भने १४ हजार नजिक छ । केही समय संक्रमितको संख्या कम रहेको बाँकेमा भने पछिल्ला केही दिनयता संक्रमित बढिरहेका छन् ।

लकडाउन खुलेसँगै जिल्लामा मानिसहरुको धेरै भीडभाड हुने क्षेत्रमा सरकारी कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिन थालेको छ । यहाँ समुदाय स्तरमै कोरोना संक्रमण देखिएको छ । लकडाउन खुलेसँगै यहाँको हरेक क्षेत्र खुल्ला भएको छ । त्यसैले पनि कोरोना संक्रमणको उच्च जोखिम रहेको छ । यस्तो अवस्थामा सरोकारवाला निकायले लापरबाही गरे भने झन् भयावह स्थिति हुन सक्ने सम्भावना रहेको छ । अहिले स्वास्थ्य सुरक्षा समेत अपनाएको देखिदैंन । केही संख्यामा मात्रै कोरोनाको परिक्षण भइरहेको छ । कोरोनाको परीक्षणको दायरा फराकिलो बनाइएन भने यसै भन्न सकिने समेत अवस्था छैन । त्यसैले अर्को ठूलो भयावह स्थिति हुनबाट बचौ । सबै नागरिक सचेत बनांै ।

प्रकाशित मितिः मङ्लबार, साउन १३, २०७७     8:45:36 AM  |