25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

गरिमा बैंकद्धारा अनलाइन खाता सञ्चालन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन १०, २०७७  

कोहलपुर ।

गरिमा विकास बैंकले अनलाइन माध्यमबाट खाता खोल्न सक्ने गरी नयाँ व्यवस्था सुरु गरेको छ । संसारको जुनसुकै स्थानबाट पनि अनलाइन माध्यमद्धारा बैंकमा खाता खोल्न सकिने व्यवस्था सुरु गरेको हो ।

सो सेवा अन्तर्गत अब विदेशमा रहनेले पनि आफै खाता खोली आफ्नै खातामा पैसा जम्मा हुने गरी रकम पठाउन सक्नेछन् । खाता खोल्नको लागि बैंकको बेवसाइटमा गएर लगइन गर्नुपर्नेछ ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायद्धारा जारी विज्ञप्तिमा बढ्दो प्रविधिको प्रयोग गर्दै सेवा सञ्चालन गरिएको उल्लेख गरिएको छ । बैंकले काठमाण्डौं उपत्यका भित्र १० वटा शाखासहित देशभर ९१ शाखा, ५१ एटीएम र गरिमा रेमिटका १० हजारभन्दा बढि एजेण्ट मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मितिः शनिबार, साउन १०, २०७७     7:02:36 AM  |