12 August 2020  |   बुधबार, साउन २८, २०७७

नागपञ्चमीको आवश्यकता तथा वर्तमानमा यसको महत्व

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन ९, २०७७  

एकराज शर्मा

विश्वका सबै ॐ कार ध्वनिहरुको लागि भनौं वा नेपाली हिन्दुहरुको लागि चाडपर्वहरुको सुरु भनेको नै नागपञ्चमी हो । तत्पश्चात रक्षाबन्धन (जनै पूणर््िामा) अनि मात्र कुसे औसी आउने गर्दछ । कुसे औंसीदेखि शुभ चाडपर्व औपचारिक दृष्टिकोणबाट सुरु भएको मानिन्छ । यो औंसीमा राखेको कुश ठिक एकवर्षसम्म घरमा हुने शुभ तथा अशुभ कार्यमा प्रयोग गरिन्छ । यो कुश सृष्टिको संहारकर्ता भगवान विष्णुको कपालबाट प्राप्त चिजका रुपमा लिने परम्परा छ । विष्णु रुपी कुश, तुलसी पत्र, पिपल, शालिग्रामलाई भगवान मान्ने प्रचलन हिन्दुशास्त्रले पेश गरेका छन् ।

श्रावण महिनाको श्रावण शुक्लपक्ष, सुर्याेदक्षिणायणे, वर्षा ऋतुमा पर्ने पञ्चमी तिथिका दिन पर्ने पर्वलाई नै नागपञ्चमी भनिन्छ । यो वर्ष श्रावण १० गते शनिवार दिन परेको छ । आजका दिनदेखि नै हिन्दुहरुका चाडपर्वको सुरु दिन पनि मानिन्छ । उक्त दिनमा काठमाण्डौंको नक्साल कान्तिपुर नागपोखरीमा ठूलो मेला समेत लाग्दछ ।

वास्तवमा नागपञ्चमीको निकै महत्व ठानिन्छ । नाग भगवान शिवजीको मालारुपी स्वरुपमा पनि मानिन्छ । सत्य, तेत्रा, द्धापर युगमा भगवान शिवजीले आफ्नो गलामा नागको माला लगाउने, विषभाङ धतुरो सेवन गर्ने, खरानी घस्ने तथा नाङ्गो भएर आपूmलाई आनन्द दिने प्रचलन भएको आधारहरु हिन्दु दर्शनका विभिन्न धार्मिक पुस्तकहरुमा अध्ययन गर्न सकिन्छ ।

नागको अर्काे अर्थ सर्प हो । सर्प यो ब्रामाण्डको एक खतरनाक वा डरलाग्दो प्राणी हो । यो घिस्रेर हिड्छ । आफ्नो सुर तथा तालमा यो चलायमान रहन्छ । यो गर्मी समयमा मात्र बाह्य संसारमा देखा पर्दछ । तर जाडो मौसममा भने न्यानोको लागि दुला, खोल्सामा बस्ने गर्दछ । यसलाई नजिस्काएसम्म वा यसमा ठक्कर नलागेसम्म यसले खासै क्षति गर्ने वा डस्ने काम गरेको पाइदैन । यसका पनि विभिन्न प्रजाति रहेका छन् । यही प्राणीलाई नै भगवान शिवजीको गहना वा माला मानिएको हो ।

यदि जो व्यक्तिसंग भगवान शिवजी रिसाउने काम गर्नु हुन्छ । त्यसलाई नै आक्रमण गर्नका लागि आफ्नो गहनाको माध्याम प्रयोग गर्नु हुन्छ भन्ने किवदन्ति पनि रहेको पाइन्छ । नागलाई हिन्दुहरुको भगवान शिवजीको माला वा गहना मानेर नै नागदेवताको रुपमा उक्त दिन विशेष रुपमा विधि तथा विधान स्वरुप मान्ने गरिन्छ ।

उक्त दिन गाईको दुध सहित कपासका विभिन्न सर्प आकार चिन्ह् त्यो पनि अविर, सिन्दुर विभिन्न रङ्हरको प्रयोग गर्ने प्रचलन छ । अगरवत्ति, धुप, दियो वा वत्ती, विभिन्न पुजा सामग्री सहित ब्राह्मणलाई बोलाएर नागदेवताको विधि सहित पूजा अर्चना गर्ने परम्परा रहेको छ । ब्राह्मणलाई यथामति दान तथा दक्षिणा पनि दिने प्रचलन छ । यसो गर्दा उक्त घरमा कहिल्यै पनि नागदेवताको आगमन नहुने , नागबाट आक्रमण पनि हुदैन भनिएको छ ।

अर्काे तर्फ अकाल वा नराम्रो तरिकाले मृत्य भएकाको लागि यस दिन त झन् नागको पुजा अर्चना अनिवार्य गर्नु पर्ने चर्चा गरुडपुराणमा गरिएको छ । जस्तो कि नदीमा डुब्ने वा बगेर मरेका, नागदेवताले डसेर मरेका, आफैले विषको सेवन गरेर मरेका, झुन्डिएर मरेका, यातायातका साधन वा दर्घटनामा ज्यान गएका, रुख तथा भिर वा अन्ने ठाउंबाट खसेर मृत्य वरण गरेका आत्महत्या गरेर मरेका त्यस्ता अकालमा मरेका सबै व्यक्तिहरुको लागि त्यो दिनमा विशेष रुपमा नागदेवताको पुजाअर्चना गर्ने गर्नु अनिवार्य मानिन्छ । उनीहरुको नाममा नारायणवली लगाएर विधि तथा विधानले पुजा अर्चनाको आवश्यकता पर्ने कुरा १८ पुराण मध्यको एक महत्वपूर्णमा चर्चा गरिएको छ । नागपुजा तथा अर्चना गर्दा निम्न श्लोकको अनिवार्य वाचनको आवश्यकता मानिएको छ स्

अगस्त्यश्च पुलस्त्यश्च वैशम्पाय एवं च । सुमन्तुर्जेमिनिश्चैव पत्र्वैते वज्रवारकास् ।।

मुनै कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् । विद्युग्निभयं नास्ति लिखितम् गृहमण्डले ।।

अनन्तो वासुकिस् पद्यो महा पद्यश्च तक्षकस् । कुलीरस् कर्कटस् शंखश्ष्टौ प्रर्कीर्तिता ।।

यत्राहिशायी भगवान् यत्रास्ते हरिरीश्वरस् । भडो भवति वज्रस्य तत्र शुलस्य का कथा ।

माथि उल्ल्ोखित श्लोकले त मानिसको कल्याणको गर्र्र्ने, भय, डर तथा त्रासबाट टाढा रहनको लागि यसको यसको आवश्यकता तथा महत्व छ । जहां सप्त नागदेवताहरु अनन्त नाग, वासुकि नाग, पद्मा (पद्यो ) नाग, महां पद्यो नाग, कुलीर नाग, कर्कट नाग तथा शंख नागको पुजा अर्चनाको काम गरिन्छ । यो गर्नले भगवान हरि वा भगवान शिवजी हामी देखि प्रशन्न रहने, कुनै पनि विध्नवाधा नगर्ने, हामी मानव जातिलाई सदा झै कल्याण गर्ने काम गर्नु हुन्छ । घरमा नागदेवताको आगमन हुदैन । यदि भएपनि आफनो बाटो लागेर कुनै क्षति ब्यहार्ने काम समेत नहुने कुराको महिमा वा चर्चा गरिएको छ ।

नागपञ्चमीका दिन बिहानै उठेर स्नान गरेर घरको मूल द्धार वा ढोकाको माथि पट्टी शुद्द जल वा सफा पानीले सफा गर्ने काम गर्नु पर्दछ । अनि घरमा गाईको दुध, गाईको गोबर, दुबोका टुप्पाहरु, अगरवत्ति, अविर, सिन्दुर, केसरी सुपारी, डलर पैसा, पालामा वत्ति वा दियो, कपासको लक्षीका नाग आकारका चित्रहरु वा मालाहरु तयार गरेर ब्राहमण आएपछि विधि विधानले नागदेवताको पुजा गर्ने गरिन्छ । तर ब्राह्मण नआउने वा बोलाउने प्रचलन नभए आफैले पनि नागदेवताको पुजा अर्चना गरे पनि हुन्छ । यदि गाईको गोबर उपलब्ध नभएमा भने गहुको पिठोले पनि मूल ढोकामा टांस्ने काम गर्नु पर्दछ ।

आफनो घरको मूल ढोका माथि नागदेवता अंकित चित्रलाई नाग अंकित चित्रको पछाडि पट्टी गोबर लगाउने अनि चप्काउने । त्यसपछि नागदेवता अंकित चित्रको माथि वा संस्कृत श्वलोकको माथि ठिक मध्य भागमा गोबर, दुबो, सिङो सुपारी, कपासको नाग आकार माला, एक डलर पैसा लगायतलाई गोबरमा चप्काएर राख्ने । त्याहां अनेक चिचवस्तु, रक्तअक्षता, केशवरी वा पहेलो रंग लगायतले नागदेवताको पुजा गर्ने । पुजा गर्दा सके माथि उल्लेखित मन्त्रहरुको वाचन गर्ने सकिदैन भने पनि केहि छैन ।

हे नागदेवता हरि वा शिवजीको गहना वा माला हाम्रो घरमा प्रवेश गरेर कुनै खालको क्षति, नोक्सानी, भय तथा डर र त्रास लाई हटाई दिनेकाम गर्नु होला । हाम्रो घरमा सुख, शान्ति, समृद्धि, उन्नति तथा प्रगति होस । कुनै पनि भयमा रहने काम नहोस । हामीले सकेजति तथा आफ्नो क्षमताले भ्याएसम्म हजुरको पुजा अर्चना गरेको छौं । केही समान नपुगेमा क्षमा याचना गर्दछौं भनि हात जोडेर नमस्कार गर्ने । दियो वा वत्ती वाल्ने । अगरवत्तीले सुगन्ध पार्ने । गाईको दुध चढाउने । यदि घरमा वा सन्तानमा कोही अकालमा मरेको भए पनि नागदेवताको पुजा अर्चना गर्नले उक्त मृर्तकले स्वर्ग, मोक्ष प्राप्त गर्दछ र गरोस भन्न्ो समेतको कामन गर्ने । यि सबै सवालको कारण पनि नागपञ्चमीको आवश्यकता तथा महत्व छ ।

आजका मानिसमा यो खालको चिन्तन तथा मनन् छैन । खाली ब्राह्मणको मागी खाने भांडोको रुपमा लिने गरिन्छ । यो सरासर गलत हो । यो त हिन्दु धर्म वा दर्शनको महान वाणी हो । हामीले हाम्रो धर्म, संस्कार, आचरण, व्यवहार, नैतिकताको धरातल विर्सेका छौं । हामीमा त कसरी हुन्छ पैसा कमाउने, धनि बन्ने, अरुको रिस राग तथा नकारात्मक भावना मात्रको चिन्तन छ । तर यो थाह छैन कि हामी र हाम्रो यो अमूल्य जीवन लाई अनाहकमा खेर फालिरहेका छौं । हामीले त कमाएको धन, सम्पत्ति, जग्गा, घर मरेपछि यहि छोडेर जाने कुराको वास्ता गर्दैन ।

जन्मिदा हातका मुठ्ठी कसेर आउने, संसारमा केही गर्ने, संसार मेरो हो । मैले धेरै गर्नु छ भनेर यस सृष्टिमा जन्म लिन्छ । तर मरेपछि आपूmले गरेका सबै काम तथा धन, सम्पत्ति, ईज्जत, मान तथा प्रतिष्ठा यही छाडेर एक्लै जन्मे थिए अहिले सबै छोडेंर गएको छु भनेर जन्मिदा मुठ्ठी कसेको हात खोलेर गएको हुन्छ । यो कुराको हेक्का हामीमा हुन जरुरी छ । त्यसकारण पनि संसारका सबै धर्मलम्बिहरको दिशानिर्देशलाई चिन्तन मनन् गरेर आ आफनो धर्मलाई धर्म, कर्म लाई मन, वचन तथा कर्मले अंगीकार गरौं । आ आफनो कर्तव्यलाई विर्सने काम नगरौं ।

आत्मदेखि गरौं तर लोकाचार, चराचार, देशाचार तथा भेषाचारको आधारमा होईन । आत्माचारको आधारमा मात्र यसको परिपालन गर्ने हो । आ आफनो धर्मप्रतिको आस्थामा लागेर काम गरौं । नत्र यसको विरोध गर्ने काममा नलागेर आफ्नै कर्म प्रतिको विश्वासमा लागौं । धर्मशास्त्रको आधारमा टेकेर काम गरौं तर यो केहि होइन केही छैंन। अन्धविश्वास हो भन्ने काम नगरौं । जसले धर्म तथा आस्था प्रतिको मान मर्दन हुन्छ । आपत्तमा मात्र भगवानको नाम लिने तर आफुमा सुख हुदा अन्धविश्वासको नारा दिएर अरुलाई भ्रममा पार्ने काम नगरौं । यसबाट सबै धर्मको अस्तिव यो ब्रहमण्डमा रहन्छ । जय शम्भो !

प्रकाशित मितिः शुक्रबार, साउन ९, २०७७     10:36:24 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *