19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

होटल सेन्ट्रल प्लाजाले सुरु ग¥यो : ‘सुपर फुड’ होम डेलीभरी सेवा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन २, २०७७  

कोहलपुर :
अग्नि ग्रुपद्धारा सञ्चालित कोहलपुर क्षेत्रको एक मात्र पाँचतारे होटल सेन्ट्रल प्लाजाले पहिलो पटक सुपर सामग्री र सुपर फुड होम डेलीभरी सेवा सुरु गरेको छ । कोरोना कहरका कारण गत चैत्र ९ गते देखि बन्द अवस्थामा रहेको सेन्ट्रल प्लाजाले कोरोना भाइरसबाट सिर्जित अवस्थालाई मध्यनजर गर्दै करिब चार महिना पछि पहिलो पटक होम डेलीभरी र टेक ओय ‐आफूलाई आवश्यक वस्तु अर्डर गरेर होटल मै आएर लिन सकिने) सेवा सुरु गरेको हो ।

पहिलो पटक होम डेलीभरी सेवा लिने १५ जनाले ५ प्रतिशत छुटको सुविधा प्राप्त गर्न सक्नेछन् । सुपर फुड विभिन्न बिरुवाहरुबाट बनाइएका प्राकृतिक स्वास्थ्य बद्र्धक परिकार हुन् । कोरोना भाइरस कहरको अवस्थालाई मध्यनजर गर्दै विभिन्न २४ प्रकारका सुपर सामग्री र सुपर फुडहरुको होम डेलीभरी सेवा सुरु गरेको जनाइएको छ ।

मानिसको रोग प्रतिरोधात्मक क्षमताको वृद्धि विकासमा मद्दत पु¥याउने विभिन्न विरुवाहरुद्धारा उत्पादित वस्तुरुको होम डेलीभरी सेवा सुरु गरेको होटलका एच.आर. युवराज वलीले जानकारी दिए ।

उनका अनुसार नेपालमा पहिलो पटक सुरु गरिएको सुपर फुडहरुको होम डेलीभरी र टेक ओय सेवा सँगै करिब चार महिला पूर्ण रुपमा बन्द अवस्थामा रहेको होटलको आंशिक सेवा समेत सुरु भएको हो ।

यस्तै होटल एक्जुकेटिभ सेफ ‐पाक शास्त्री) राजेन्द्रं घिमिरेले मानिसहरुलाई रोग प्रतिरोधात्मक क्षमता विकास गर्नको लागि निकै लाभदायी विभिन्न प्रकारका विरुवाहरुबाट बनेका परिकार ‘सुपर फुड’ निकै उपयोगी हुने बताए । सुपर फुड अन्तर्गतका केही परिकार अमेरिका तथा मेक्सिको लगायतका देशमा मात्रै प्रयोगमा छन् ।

उनले विश्वभर कोरोना भाइरसको कहर रहेको अवस्थामा यस्ता प्रकारका परिकारले रोग प्रतिरोधात्मक क्षमता विकासमा निकै ठूलो मद्दत गर्छ । श्रेष्ठका अनुसार यी परिकार नियमित सेवन गर्नाले मानिस स्वस्थ हुुनुका साथै तन्दुरुस्त समेत हुन्छ ।‘होटलले पहिलो पटक कोरोनालाई लक्षित गरेर होम डेलीभरी सेवा सुरु गरेको हो ।यो कोहलपुर र नेपालगञ्ज क्षेत्र लक्षित सेवा हो ।

सुपर फुड ग्राहकहरुले बजार मुल्य भन्दा केही सस्तो समेत पाउँन सक्छन् ।’ उनले भने । बजार व्यवस्थापक विनोद बुढाथोकी विशेष गरी कोहलपुर क्षेत्रलाई लक्षित गरी यो सेवा सुरु गरेको बताउँछन् । उनका अनुसार पहिलो चरणमा मुख्य गरी कोहलपुर र नेपालगञ्ज सम्म होम डेलीभरी सेवा प्रवाह गरिनेछ । सुपर फुड अन्र्तगत पाइने २४ प्रकार परिकार पोषक तथा प्राकृतिक हुन्छन् ।

जसमा भिटामिन ,खनिज, एल्जाइम, एमिनो एसिड र एन्टि अन्सिडन्टहरुको धेरै उच्च प्रतिशत हुन्छ । कोरोना कहरका कै सेन्ट्रल प्लाजामा कार्यरत करिब ७ दर्जन बढी कर्मचारी काम विहीन भएका छन् । अब भने पूर्ण सुरक्षाका साथ सुपर फुडहरुको होम डेलीभरी सेवा सञ्चालन हुनेछ ।

प्रकाशित मितिः शुक्रबार, साउन २, २०७७     11:45:42 AM  |