9 August 2020  |   आइतवार, साउन २५, २०७७

सरकार भिरै भिरमा, जनता पिरै पिरमा र प्रतिपक्ष तिरै तिरमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन १, २०७७  

एकराज शर्मा

नेपाल विश्वको निकै सानो मुलुक हो । तर हाम्रो देशभन्दा निकै साना देश पनि विश्वमा नभएका होइनन् । हाम्रो जस्तो प्राकृतिक सौन्दर्यताको मुलुक विश्वमा विरलै रहेका छन् । हामी आभारी तथा निकै खुसी र विकसित हुनु पर्ने हो । हामीसंगको साधन तथा स्रोतको व्यवस्था अनि विविधता तथा प्राकृतिक चिज वस्तु भएको भए हामी आज कता, केमा र कुन चिज तथा वस्तु अनि नीति र नियममा फसेका छौ ? नेपाल विश्वका शक्तिशाली राष्ट्रको वीचमा दुई ढुंगाको तरुलका रुपमा झैं अडिएको छ । यो देशका हेरक चिज तथा वस्तुमा यी दुई मुलुमकले कुनै न कुनै तवरले आंखा गाडेका छन् ।

नेपालको इतिहास निकै पुरानो छ ताकि भारतभन्दा । नेपाली विर योद्धाले आफ्नो भूमिको लागि आफ्नो जीउ ज्यानको बाजी लगाएर देशको रक्षा गरेको इतिहास सावित छ । हाम्रा पूर्खाले जे जसरी यो देशको माया तथा ममता अनि आफ्नो प्राणको आहुति दिएका छन् त्यो कुराको हेक्का राख्ने काम आजका पुस्ताको हो । विर गोर्खालीको नाम, सगरमाथाको देश, भगवान गौतम बुद्धको देश, शान्तिको भूमि तथा प्राकृतिक सौन्दर्यता देशले परिचित मुलुक हो यो । बाहिर हेर्दा स्वतन्त्रता छ भित्रको अवस्थामा अहिले पनि छिमेकीको औपनिवेशिकता जस्तो देखिन्छ । यहाँ इतिहासको काल खण्डदेखि हालसम्मको इतिहास केलाउदा औपनिवेशितामा राख्न खोज्ने भारतको प्रभाव निकै छ ।

हिजो गोपाल वंश, महिषपाल वंश, किरांत वंश हुदै शाह वंश, राणाकाल, प्रजातान्त्रिक व्यवस्था, पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्था तथा संघीय लोकतान्त्रिक व्यवस्थासम्ममा आइपुग्दा समेत हामी किन स्वतन्त्र भएका छैनौ ? के कारण हो यो अवस्था आउने ? आम नागरिकले यो स्पष्ट बुझ्नु आवश्यक छ । आजभन्दा ६० वर्ष पहिले नेपाल तथा स्विजरल्याण्डको अवस्था एउटै थियो । आज त्यो मुलुक तथा यो मुलुक को अवस्था आकास पातालमा फरक छ । यी सबै कुराको जिम्मा हाम्रा नेताले लिनु पर्दछ ।

जे जति काम भए राजाको पालामा भए । राणा तथा राजाको पालाका भवन तथा बाटो घाटोको प्रयोग भएको छ । फरक छ त सञ्चार जगत तथा चेतना स्तर मात्र । त्यो पनि नगन्य मात्रामा । तर सञ्चार जगत चाही निकै फड्को मारेको छ । वि.स. १९०३ मा जव जंगबहादुरले राज्यसत्ताको बागडोर समाते त्यो वि.स. २००७ सालसम्म रह्यो । त्यो बेला यनीहरुले के कति काम गरे इतिहासले बताइसकेको छ । उनले निर्माण गरेका भवन भने हालसम्मका सरकारले प्रयोगमा ल्याएका छन् ।

वि.स. २००७ पछि प्रजातान्त्रिक व्यवस्था आयो । वि.स. २०१५ मा भएको वि.पि. कोइरालाको जननिर्वाचित सरकार धेरै समय रहन सकेन । वि.स. २०१७ मा तत्कालिन राजा महेन्द्रले कु गरेर पञ्चायती व्यवस्था घोषणा गरे । तर पनि त्यो बेला निकै काम भएको थियो । वि.स. २०४६ सालको बहुदलीय व्यवस्थामा नेपाली कांग्रेसलाई स्पष्ट बहुमत वा २०५ सिटमा ११४ दिएका थिए । तर तत्कालिन प्रधानमन्त्री गिरिजा बाबुको रवाफ तथा घमण्डले एकाएक मध्यावधि घोषणाको फलस्वरुप वि.स. २०५१ मा मिलिजुली सरकारको अवस्था तथा तत्कालिन एमाले सरकारमा गएको हो ।

गिरिजा प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिहं लगायतको पाटीभित्रको अन्तर कलह तथा विवादलाई मिलाएर जाँदा वि.स. २०५६ को आम निर्वाचनमा पुनः कांग्रेसले ११४ नै ल्याएको हो । पछि फेरि कुकुरलाई घिउ नपच्ने भए झैं आन्तरिक द्वन्द्वको कारण तथा तत्कालिन जनयुद्ध, राजदरवार हत्याकाण्ड, राजा विरेन्द्रको वंश नाशको मौका द्वन्द्वकालिन अवस्था दलहरु विचको आपसी तथा आन्तरिक कलहको कारण ज्ञोनेन्द्रले राज्यसत्ता आफ्नो हातमा लिएका थिए । कांग्रेस संस्थापन र प्रजातान्त्रिक दुई, एमाले र माले गरी दुई, अन्य पनि विभाजितको मौका नै हो ।
वि.स. २०६२÷०६३ को जनआन्दोलन २ हुनु तत्कालिन सात दल तथा द्वन्द्वरत माअ‍ोवादी बीचको एकता नै थियो । २०६४ को संविधान सभाको निर्वाचनमा माओवादीले स्पष्ट बहुमत पाउंदासम्म पनि काम गर्न नसक्ने हुनु नै चलखेल थियो । नेपाली जनताको अपेक्षा तथा आशा एकातिर त सरकारले काम अर्काेतिर हुनुमा प्रभुको आशीर्वाद रहेछ । यो पहिले नै थाह थियो । हाल आएर झन प्रमाणित हुदै छ ।
वि.स. २०७० को दोस्रो संविधान सभाको निर्वाचन सन्त नेता शुशिल दाको नेतृत्व अनि २०७२ असोज ३ मा नेपालको संविधान जारी पछिको मधेसको नाममा भएको आन्दोलन तथा भारतीय नाकाबन्दीको फलस्वरुप पनि अन्त्यमा भारले नेपाल सामु घुडा त टेकेकै थियो । वि.स. २०७४ को आम निर्वाचन तथा स्थानीय र प्रदेश निर्वाचनमा आम नेपाली जनताले नेपाली कांग्रेसलाई होइन नेकपालाई सरकार सञ्चालन गर्ने जिम्मा दिने काम अनौठो होइन ।

नेपाली जनता निकै सचेत छन् । घमण्ड गर्ने आधार दलहरुको छैन । आज नेकपालाई दुई तिहाईको सरकार निर्माण गर्ने जिम्मा दिएका छन् । यो सरकार गठनको झण्डै अढाई वर्षको अन्तमा आई पुग्दा के कति काम गर्न सफल भयो ? आफ्नो घोषण पत्रमा उल्लेख गरे जति काम गरेको छ वा छैन ? कति गर्न सकेको छ कति गर्न बांकि छ यसको लेखाजोखा त अबको केहि समय पछि जनता जर्नादन छदैन्न् नि आत्तिने आधार छैन ।

नेकपाको यो परिक्षण कालको रुप हो वा स्थायी हुने हो भन्ने कुरा सरकारको काम कार्वाहीमा भर पर्दछ । यो त हेर्न बांकि नै छ नि किन आतुर हो नेता ज्यू ? नेपाली कांग्रेसले त बलियो प्रतिपक्षको भूमिका अपनाउन सकेन । उसले त यो समयमा सडक, सदन सरकारले गरेको गलत कामको बिरोध तथा राम्रा कामको समर्थन गर्ने बेला हो । ऊ त आम जनताको घरघरमा गएर सरकारका गलत निर्णयलाई जनता सामु लिने समय हो । तर यो सवालमा ऊ निकै चुकेको छ ।

वायड बड्डी काण्ड, ७० करोडको काण्ड, सुन काण्ड, यतिकाण्ड, बालुवाटार काण्ड तथा कोरोना काण्डको खोई शशक्त भूमिका ? नागरिकता विधेयकको विपक्षमा उभिदाको अवस्था होस् वा निर्मला हत्याकाण्ड तथा रुकुम पश्चिम सोती काण्डको खबरदारीपन । यो किन सदनमा पनि कमजोर त सडकमा पनि कमजोरको अवस्था आउनुमा के को कारण हो ? सरकारले गरेको कालापानी, लिपुलेक र लिपियाधुरा लगायतका क्षेत्रमा भारतले गरेको हेपाहपनमा एकमत एकस्वर भएर संविधान संसोधनको कार्यमा एक्यबद्धताको कारण नेपालको नक्सामा ती क्षेत्र समेट्ने काम गरेको सरकारी निर्णयमा सहयोग गर्ने काम प्रतिपक्षको भूमिका निकै सराहनीय छ । जसको बावजुत भारत डराएको अवस्था छ । पछिल्लो समयमा प्रतिपक्ष खै के कारणले हो शशक्त आवाज उठाउन सकेको छैन । संसदमा केही सांसदहरुको आवाज आउदछ तर सदनमा जसरी प्रस्तुत हुनु पर्ने थियो त्यो देखिएन ।

प्रकाशित मितिः बिहिबार, साउन १, २०७७     6:33:00 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *