19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

राप्तिसोनारीमा नदिजन्य पदार्थमा बिबाद हुदा खुडा हानाहान, एक जना घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन १, २०७७  

काेहलपुर ।

बाँकेको राप्तीसोनारी वडा नं. २ कचनापुरमा नदिजन्य पदार्थको विषयलाई लिएर झडप हुँदा एक जना घाइते भएका छन् । खोलामा रहेको स्टक नदिजन्य पदार्थ ल्याउदै गर्दा कचनापुरका र ढकेरीका यूवाहरुबिच बिबादहुँदा राप्ति सोनारी गाउँपालिका वडा नं. ९ का बिर बहादुर खत्री घाइते घाइते भएका छन् ।

यस बिषयमा घाइते खत्रीले आफु र आफुसंग गएका केटाहरुलाई मार्ने उदेश्यका साथ आक्रमण भएको बताए । उनको शरिरमा धारिलो हतियार प्रहार भएको देखिन्छ । उनलाई आक्रमण गर्नेमा राप्तिसोनारी गाउँपालिका वडा नं. २ का सदस्य ज्ञानु वली, स्थानिय युवा नारायण डाँगी, समिर बिष्ट लगाएतका यूवाहरुले आक्रमण गरेको बताए ।

आक्रमणकारीहरुले तरबार, खुडा र घाइतेका अनुसार पेस्तोल पनि ल्याएर आएका थिए । यता प्रहरीले भने आक्रमण गर्नेहरुको खोजि कार्य शुरु गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक कुलदिप चन्दले बताए ।

प्रकाशित मितिः बिहिबार, साउन १, २०७७     6:28:21 PM  |