19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

नियात्रा : डडेल्धुरादेखि खप्तडसम्म

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार २७, २०७७  

बेलुकापख आसपासकका गाँउहरुमा देखिने टिलपिल टिलपिल बत्ती बलेको दृश्य गज्जब देखिदो रहेछ डडेलधुरा आसपासका गाँउहरुको । त्यो दृश्यको मज्जा लिदै हामी होटेल फक्र्याैं । यात्रामा अनौपचारिकता ठिक हुन्छ मेरो भोगाई र बुझाइ हो । मैले प्रस्ताव गरे ‘होटेलमा पाइनेर हाम्रो खल्तीले धान्ने सक्ने कुरा इच्छाले खाने काम गरौं ।’ सबै साथीहरु सहमत भए । नेपालीका खाने बहाना धेरै हुन्छन् । एक दुईजना साथीले डडेल्धुराको चिसो हटाउने बहनाले उठान गरे । शरीरको चिसो हट्यो हटेन तर मनको चिसो अवश्य कम भयो । अलि धेरै मन मिल्नेहरुको आधारमा रुम पर्टनर तय गरी सुत्ने व्यवस्था गरियो ।

हाम्रो मुख्य लक्ष्य थियो ‘खप्तड राष्ट्रिय निकुन्ञ’ । बिहान छ बजे नै हिड्ने सहमती गरि सुतिएको थियो । तर सहमती कार्यान्वयनको कम्जोरी यहाँ पनि देखियो । बिहानको सुन्दर दृश्य मनमहोक हुदोरहेछ डडेल्धुरा बजारको पुर्व तिर । कोमल सुर्यले पहिलो उज्यालो दिए जस्तै देखिन्छ । अरु साथिले फोटो खिचेर सामाजिक सञ्जालमा अपलोड गर्दै गर्दा मैले होटेल साहुजीलाई डडल्धुराको नामाकरणको जिज्ञासा राखे । उनले यस्तो जवाफ दिए । ‘प्राकृतिक सुन्दरताले सुशोभित यस क्षेत्रलाई डडेल्धुरा नामाकरण गर्नु पहिले वागरकोट, बाघको गूफा, तल्लो खलंगा, मल्लो खलंगा, श्वार खलंगा आदि नामले पुकारिन्थ्यो । डडेल्धुरा नामाकरण कहिलेदेखि गरियो भन्ने ऐतिहासिक प्रमाण नपाईएता पनि यसको नाम डडेल्धुरा कसरी रहन गयो भन्ने सम्बन्धमा विभिन्न किंवदन्तीहरु पाइन्छन् । यस जिल्लाको नाम यस्को भौगोलिक वनावट अग्ला अग्ला पहाडी श्रृंखलाआधारमा गरिएको हो भन्ने भनाई केही व्यक्तिहरुको रहेको छ ।

यहाँको स्थानीय भाषामा मेरुदण्डलाई डडाल्नो र अग्लो चूचूरोलाई धूरो भनिने हुदाँ डडाल्नु जस्तो धुराबाट कालान्तरमा अपभ्रंश भई डडेल्धुरा भनिन थालिएको हो ।’ उनको जवाफले मलाई सन्तुष्ठ बनायो । डडेल्धुरा बजारको हेर्न लायक ठाँउ अमरगढि पनि हो । ‘म मरेको सिनो खाने स्याल हैन बाघको बच्चा डमरु हुँ’ भन्ने अमर सिंह थापाले अंग्रेजसँग युद्ध लडेको किल्ला हेर्न जाँउभन्दा साथीहरुले खासै चासो देखाएनन् । सरकारी कामको शिलशिलामा अघिल्नो वर्ष जाँद नै मैले हेरिसकेको थिए । साथीहरुले हेर्न खासै चासो नदेखाएपछि हामी लाग्यौं डोटीको सिलगढीतिर । साथीहरू बीच बीचमा डोटीका रमणीय बस्तीको मज्जा लिदै फोटो खिदै गरे । सेतीको वारिपारिको सुन्दर फाँट । पाकेका गहुँका बाला । खाना तयार भएको आलु खेती । साच्चिकै सुन्दर सुदुरपश्चिम भएको बताउँदै हामी सेती नदीको पुगियो । नागबेली झैं घुमेको सेती नदी पार गरेर हामी सिलगढी बजार पुग्यौं । सिलगढी बजारको भ्यु टावरबाट डोटीको अधिकाँश भाग देखिदो रहेछ । तल फाँटमा रहेको दिपायल बजार बडो सुन्दर देखिन्छ । भ्यु टावरबाट दिपायल बजार हेर्दै हामीले राजा महेन्दलाई सम्झियौं ।

विकास क्षेत्रको अवधारणा त्यसको हरेक सदरमुकाम करिव बिचमा र पहाडी जिल्लामा राख्ने राजासँग अहिलेका नेताको तुलना नहुने निष्कर्ष निकालियो । ‘जनताको भोट र निर्वचन क्षेत्र मात्र दुर्गम र पहाडको चाहिने हो । अरु त शहरमा मात्र बनाउछन् नेताजीहरु ।’ भन्दै आक्रोष पोख्नु भयो ऋषि सरले । प्रदेश राजधानी कैलालीको गोदवारीमा बनाएपछि साच्चिक्कै पीडित भएको देखियो दिपायल बजारसँगै डोटी, बाजुरा ,बाजुरा बझाङ अछामकाका जनताहरु । सिलगढी बजारमा भेटिएका त्यहाँका स्थानीय युवासँग खप्तडको रुटको जानकारी लगियो । हामी कतिसम्म खप्तड हेर्न ललायित थियौं कि जुनसुकै मान्छे बाटोमा भेटिए पनि खप्तडकै बारेमा सोध्ने गथ्र्यौं । डोटीको सदरमुकाम सिलगढी हामी सबैको पहिलो यात्रा थियो । सिलगढी बजारबाट देखिने मनरोम दृश्यस्वादन गरी स्थानीय डाँफे होटेलमा खाना खाने कार्यक्रम तय गरियो । डाँफेको होटेल मालिकले खप्तडको थप जानकारी गराए । खप्तडको बसाइ व्यवस्थापनको बारेमा साहुजीले अलि बढी नै गफ दिएको अनुभूति गरे खप्तड पुगेपछि साथीहरूले ।

खाना खाएर हामी २६ किलोमीटर कच्ची बाटोको बाइकमा यात्रापछि हामी झिग्रना भन्ने ठाउँमा पुग्यौं । यहीँबाट शुरू हुन्छ पैदल यात्राको खप्तडको बाटो । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना सानो टोली बस्दो रहेछ । नेपाली सेनाका एक जना सैनिकले हामीलाई पैदलमार्गका समस्या र चुनैती सबै बेलिबिस्तार लगाए । आन्तरिक पर्यटकहरुलाई नेपाली सेनाले गरेको त्यो व्यबहार देख्दा हामीहरुमा भएको नेपाल सेनाप्रति भएको नकारात्मक भ्रम पूर्ण रुपमा हटेको थियो । बडो आत्मिय ढंगले सबै कुरा बेलिविस्तार गरे । ब्यारेक भित्र बाइक राखेर हामी हिड्न थाल्यौं । त्यहाँबाट सोह्र किलोमिटर पैदल यात्रा हिड्नु पर्ने रहेछ । हामी एक एक लठ्ठी लिएर हिड्नै लाग्दा । हामीलाई पहिले सहयोग गर्ने सेना आए । ‘बिचबाटोमा पर्ने बिजपानी भन्ने ठाँउका होटलको मालिक आज छैनन् तपाईहरु आज यतै बस्न ठिक हुन्छ ।’ अर्को एक जनाले बिचपानीका होटेल सहुजीलाई फोन गरेर । तर होटल मालिक नफर्कने कुरा गरे । नेपाली सेना साथीहरुलेउनलाई फर्काउन हर प्रयास गरे तर उनी नफर्कने कुरा बताए । तपाई आफ्नो रिस्क जाने केही भएन सकभर नजादा राम्रो भने । हाम्रो टिम जे पर्छपर्छ जान्छौं भन्न थाल्यौं । त्यसो भए राती आगो बालेर बिचपानीमा बस्नुहोला भनेर अनुरोध गरे । हामी पनि त्यही अनुसार त्यहाँबाट अगाडि बढ्यौं ।

करिव चार किलोमीटर उकालो हिड्नु पर्ने रहेछ । हामो समूहका पाका व्यक्ति ओम थापा सर उकालो देखेर ‘म त यतै बस्छु जान सकिदैन होला भन्नुभयो ।’ तर हामी सबैले त्यस्तो हुदैन जानु पर्छ भनेपछि राजी हुनु भयो । हामी उकालो काट्ने सजिलो उपाए खोज्दै थियौं । सबै जनासँग एक एक लठ्ठि थियो । साथीहरुले एउट सहमती गरे । ‘हरेकले एक एक जोक सुनाउनु पर्ने । पहिलो प्रेम कहानी सुनाउनु पर्ने ।’ हल्का ननभेज जोकसम्म सुनाउने प्रस्ताव पुष्कर खड्का सरले राख्दा अग्रज ओम थापासरले आपत्ती जनाउनु भयो । मैले उत्ताउलो हुन नपाईने तथाकथित सभ्य शब्द प्रयोग गरी ननभेज जोक सुनाउन पाइने हो की ? सबैको सहमती भयो । यात्रा बढ्दै जाँदा साथीहरुको चासो भेज जोकमा भन्दा ननभेजमा नै अलि बढी बढी भएको पाइयो । यो देख्दा हामीमा अलि बढी यौनकुन्ठा छ कि जस्तो पनि लाग्यो मलाई । उकालोको सबभन्दा ठूलो साहारा थियो लठ्ठी, जोक र चाउचाउ ।

निर्जीव लठ्ठी कति माया लाग्दो हुन्छ भन्ने कुरा उकालो हिड्नेलाई सोध्नु पर्ने हुन्छ जस्तो लग्यो । रमाइला कहानी सुनाउँदै हामीले उकालो कटेर बिचपानी भन्ने ठाउँ पुगियो । त्यहाँको सबै अवस्था हेर्दा त्यहाँ रात काट्न नसकिने जस्तो अवस्था देखियो । ऋषिसरले जाउँ हिडौं रातभर भन्ने प्रस्ताव गर्नुभयो । दिलिप सरले यतै बसौं भन्न थाल्नु भयो । कुरो निष्कर्षमा नपुग्ने देखेपछि नेपाली सेनाले दिएको नम्बरमा सम्पर्क गर्ने अनि जे भन्छन् त्यही गर्ने प्रस्ताव गरे मैले । सेनाको नम्बर फोन सम्पर्क गर्दा सकभर त्यतै बस्नुहोस् भन्ने जवाफ आयो । हामीले होटल बन्द रहेकोले बस्ने स्थिति बताएपछि उनको सुझाव थियो छिटो हिड्नु होला । ‘मौसम छिटोछिटो परिबर्तन हुन्छ । रातको समय छ । बिचार पु¥याउनु होला । खतरा पनि हुनसक्छ ।’ हामी निरन्तर सम्पर्कमा रहने गरी हिड्छौं भन्ने कुरा सेनालाई जानकारी गराएर त्यहाँबाट हिड्यौं ।

पैदल यात्रा त्यसैमा रातको समय । हामी बच्चामा भात खान नपाएका तर अहिले भातसम्म खाना सक्ने हैसियतले टन्न भात खाएर पेट कुपोषण भएका बच्चाको जस्तो पुटुस्स उकासेका । तराईमा बसेर उकालो हिड्न छोडेका । नमिल्ने भएर मात्र हो नत्र शौचालय जाँदा पनि सवारी साधन खोज्ने हामी जस्तालाइ पैदलयात्रा गाह्रो नै थियो । यात्रा हाम्रो जारी नै थियो । आर्मीले भने जस्तै मौसममा एकाएक परिवर्तन आयो । पानी पर्ला जस्तो हुना थाल्यो । हामी सबैजना डरायौं । हामीसँग विकल्प थिएन । थियो त केवल फर्किएर नेपाली सेनाले बनाएको टहरा पुग्ने वा पानिसँगै हिड्ने । बल्ल बल्ल हिडेर बाटो काटी सकेको फर्किनु पनि कम्तीमा चुनौतीपूर्ण थिएन । पानी पर्ने जस्तो देखिएपछि दुई जना साथीहरू फर्कने भनेर दौडिन थाले । हिड्न गाह्रो हुने ओम थापा सरले नफर्कने अड्डी कसेपछि दैडिन थालेका साथीहरू पनि फर्किन बाध्य भए । हिड्दै जादा मौसम फेरि खुल्न थाल्यो । छिटोछिटो परिवर्तन हुने मौसम र मान्छेको यही एउटा फाइदा हो । जति छिटो बिग्रन्छ त्यति नै छिटो सुधार पनि हुन्छ । मैले त्यतिबेला उग्रतारा मन्दिरमा पुजारीले भनेको कुरा सम्झे ञतपाईहरु भाग्यमानी हो ।

जसोतसो हामी खप्तड पुग्यौं । बाटो हिड्दा हामीलाई सय मिटर पार गर्न पनि मुस्किल हुन्थ्यो । बोकेको झोला हाम्रो विस्तारा जस्तै थियो । हामी गाह्रो हुन वित्तिकै झोलालाई विस्तारको रुप दिन्थ्यौं । कठिन तर थकित मोडमा करिब रातको ११ः४५ बजेतिर हामी खप्तडको नेपाली सेनाको ब्यारेक नजिक पुगियो । अन्धकार रातमा नेपाली सेनाको बाहिरी सुरक्षामा बसेको सेनाको जवानको आदेश अनुसार हामी त्यही नजिकैको शान्ती होटेल एण्ड लजमा पुग्यौं । सुतिसकेका साहुजीलाई बल्लतल्ल उठाउन सफल भइयो । रातको बाह्र बजे खाना त परको कुरा बस्नसम्म पाइन्छ कि भन्ने सोचेका थियौं । हामीलाई छक्क त्यतिबेला लाग्यो जतिबेला साहुजीले भने ‘खाना पाइन्छ हजुर तर सुत्न पाइदैन ।’ हामीलाई खाना पनि चाहिएको थियो । सुत्न पनि उतिक्कै आवश्यक थियो हाम्रा लागि । सुत्ने कुरा गर्दा उनले भने ‘खानाको अडर दिएका दश जना पैदल यात्री आई नपुग्नले बचेको खाना यो पनि नत्र खाना पनि पाउनुहुन्थेन ।’

जेहोस खाना त खुवाउने नै भए । सुत्नको लागि समस्या भयो । आलुको तरकारी र भात टन्न हुने गरी खुवाउने काम गरे । सुत्ने ठाँउ पनि कतै छ कि भनेर नखोजेका हैनन साहुजीले तर विकल्प नै नभेटे पछि के गरुन ? जसोतसो तिन जनासम्म सुत्न मिल्ने ठाँउ फेला प¥यो । म लगायत तिन जना अरु नै अपरिचितँसग कोचिएर सुत्यौं । अरु तिन जना साथीहरु खाना खाना प्रयोग गरिएका बेन्चमा सुत्न बाध्य भए । त्यो रात त्यसरी नै काटियो । अघिल्नो दिनको थकान तथा अनिदोले खप्तडको सौंदर्यताको मज्जा अलि लुट्न सकिदैन कि जस्तो लाग्दै थियो । जब सूर्य खुल्दै गयो । लालिगुराँशहरु फुल्दै गए । हाम्रा मनले थाकेको दुखेको तनलाई खुलाउदै गयो । चारैतिर फरक फरक रङमा फुलेका लालिगुराँश । जसरी एउटी यौवन पहिलेपटक महिनावारी भईसके पछिको पहिलो दिन सुर्यको किरणतिर फर्किदै नुहाउदा भिजेको कपाललाई सुकाइ रहदा देखिने सौदर्यताको बयान गर्न नसके जस्तै गरी खप्तड वास्तवमै सिंगारिको थियो ।

मान्छेहरु बेला बेला स्वर्गको कल्पना गर्छन् । कस्तो होला भनेर सायद यस्तै छ है स्वर्ग भनेर देखाउन नै भगवानले यो भूमिको रचना गरे जस्तो लाग्ने छ खप्तड । खप्तडको खप्तड दह बाबा आश्रम त्रिवेणी धाम तथा बुकी पाटनहरु मुख्य घुम्ने ठाँउ हुन् । संयोगले अलि पहिले परेको हिउँ नपग्लेको कारण हामीलाई हिउँ खेल्ने अबसर पनि प्राप्त भयो । हामी दिनभरी खप्तडको रमाइलो लुटिरहयौं । खप्तड निकुञ्ज मात्रै होइन । यो प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलका हो । खप्तडले बाबाले तपस्या गरेको पवित्र ठाउँपनि हो । बाबाले खप्तडमा ५० वर्ष बिताउनुभएको थियो। खप्तड पुगेर हेर्नैपर्ने ठाउँ खप्तड बाबा आश्रम पनि हो । त्यहाँ बाबाको मूर्तिका साथै बाबाले प्रयोग गरेका केही सामान छन् ।

यस क्षेत्रमानागढुंगा, खापर दह, सहस्र लिंग, त्रिवेणीधाम, पाटन, खप्तड दह(ताल), खप्तड बाबाको आश्रम तथा विभिन्न किसिमका वनस्पतीहरु र चराचुरुंगीहरु रहेका छन् । खप्तड राष्ट्रिय निकुञ्ज सुदुर पश्चिमका जिल्लाहरू बझाङ्ग बाजुरा डोटि र अछाम संगम स्थलमा अवस्थित छ । यसको क्षेत्रफल २२५ बर्ग कि.मी. छ । समुद्र सतहबाट ३ हजार ५ सय मिटर सम्म उचाईमा रहेको छ । यहाँ ५ सय ६७ थरिका वनस्पतीहरु र नेपालमा पाइने ८ सय ५० किसिमका चराचुरुंगी मध्ये २ सय ६० भन्दापनि बढी चराचुरुंगीहरु पाइन्छन् । खस्रे भ्यागुता र बझांगे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर, बाघबुट्टे निगांलो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो । विश्वकै दुर्लभ जातिको हरियो छेपारो यहाँ पाइन्छ । बाह्रै महिना पानीको सतह एकै नासको हुने विशेषता रहेको १ सय ५० मिटर लम्बाई ५० मिटर चौडाई रहेको खप्तड दह छ भने ५२ वटा स—सान अन्य दह रहेका छन् ।

हामीले दिन भरी खप्तड दह , खप्तडबाबाको आश्रम पाटन त्रिबेणी धाम आदि ठाँउ घुमेर साँझ होटेल आइयो । त्यस दिनको रात सुन्ने ठाँउको व्यवस्था पहिले नै हामीले साहुजीलाई भनेकोले तुलनात्मक रुपमा अघिल्नो दिनको भन्दा राम्रो नै बनाउन लगाएका थियौं । बेलुका खाना खाने बेला होटेल साहुजीको छोराले हात नधोएर खाना दिदै छ कि भन्ने चासो लाग्यो । ‘बाबु हात धोएका छौं ?’ छोरा भन्दा पहिले साहुजीको उत्तर । ‘अन्तिम पटक ६।७ महिना अगाडि नुहाएको तर मिति याद छैन ।’ यो जवाफपछि हात धोए नधोएको चासो त्यही माया मारियो । हामी त्यो रात अलि समयमै सुतियो । चिसो कारण एक्कासी ओमसरलाई स्वाथ्यमा हल्का समस्या देखियो । तातोपानीले ठूलो औषिधिको काम ग¥यो । बिहान समयमै खप्तड छोडियो । त्रिबेणी धाम हुदै हामी लाग्यौं । झिग्रनातिर । बाटोमा भेटिने यात्रीको खप्तडबारेको जिज्ञासा मिटाउने विज्ञता बोकेर । खप्तड पुगेर फर्किएका सबै जनाको एउटै जवाफ हुन्थ्यो ‘खप्तड देखिने स्वर्ग’ हो ।

प्रकाशित मितिः शनिबार, असार २७, २०७७     8:08:23 PM  |