12 August 2020  |   बुधबार, साउन २८, २०७७

कोहलपुर १२ र १३ मा वडास्तरीय योजना सम्पन्न

यानबी साहु
प्रकाशित मितिः बिहिबार, असार १८, २०७७  

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाका विभिन्न वडाहरुले चालु आर्थिक वर्षमा सञ्चालन गरिएका योजनाहरु सम्पन्न गरेका छन् । चालु आर्थिक वर्ष २०७६÷०७७ मा वडास्तरबाट सञ्चालित पाँच लाखभन्दा तलका योजनाहरुको निर्माण कार्य सम्पन्न गरेका हुन् । कोहलपुर नगरपालिका वडा नं.१२ र १३ ले पनि आफ्नो वडामा चालु आवमा सञ्चालन गरिएका वडास्तरीय योजनाहरुको निर्माण कार्य सम्पन्न गरिएको जनाएका छन् । नगरपालिका मार्फत सञ्चालन गरिएका योजनाहरु बाहेक अन्य सबै योजनाहरु सम्पन्न भइसकेको कोहलपुर नगरपालिका नम्बर वडा १२ को कार्यालयले जनाएको छ ।

वडामा १५ लाखभन्दा माथिका योजनाहरुको सम्झौता भएर निर्माण कार्य भइरहेको र केही निर्माणको अन्तिम चरणमा पुगेको बताइएको छ । वडा स्तरीय योजना अन्तर्गत वडा नम्बर १२ ले स्कुल टोलमा २ लाख लागतमा कल्भर्ट निर्माण गरेको छ । जानकीनगर टोलमा ५ लाखको लागतमा पक्की नाली निर्माण भएको छ । यस्तै दिपज्योति टोलमा ५ लाखको लागतमा नाली निर्माण, सुन्दरवस्तीमा साढे ४ लाखको लागतमा माटो पटान र ग्राभेल निर्माण कार्य सम्पन्न गरेको कार्यवहाक वडा अध्यक्ष नैन बहादुर शाहीले बताए । उनले वडाको दाउन्न टोलमा साढे २ लाखको लागतमा होम पाइप र ग्राभेल निर्माण भएको थारु गाउँमा दुई लाख लागतमा ग्राभेल निर्माण गरिएको र मसुरी खेतमा २ लाख लागतमा ग्राभेल निर्माण भएको जानकारी दिए ।

शान्ति टोलमा साढे ३ लाख,निबुवा टोलमा १ लाखको लागतमा ग्राभेल निर्माण र एक लाखको लागतमा नेरामाविको फिल्ड मर्मत कार्य सम्पन्न गरिएको उनले बताए । यस्तै वडा नम्बर १३ ले पनि वडास्तरीय सबै योजनाहरु सम्पन्न गरेको छ । निर्माण गरिएका योजनाहरुमा सबैभन्दा बढी सिंचाइ बोरिङ निर्माण गरिएको छ । जसअन्तर्गत मान बहादुर वलीको टोल, रामु डाँडा र हर्ष बहादुर नेपालीको टोल २÷२ लाख लागतमा सिंचाई बोरिङ निर्माण सम्पन्न भएका छन् । यस्तै चालु आव मै मिनु थापाको टोलमा ३ लाखमा बोरिङ निर्माण, जमुनाघारीका ३ वटा टोलमा साढे २ लाखमा बाटो ग्रावेल, पवित्रा रावलको टोलमा २ लाखमा सिंचाई बोरिङ निर्माण, धन बहादुर घर्तीको घरदेखि माबहादुर चन्दको घरसम्म २ लाखमा बाटो ग्राबेल, सन्ते गिरीको टोलमा २ लाखमा सिंचाई बोरिङ निर्माण कार्य सम्पन्न गरिएको वडा अध्यक्ष ओम प्रकाश वलीले जानकारी दिए । नेरामावि खड्कवारमा साढे २ लाखमा तारबार तथा पर्खाल निर्माण कार्य सम्पन्न छ ।

यसैगरि फरेला डाँडामा डेढ लाख र झलक मल्लको घरदेखि दक्षिणतर्फको बाटोमा डेढ लाख लागमा ग्राबेल भएको छ । बाल शिक्षा आ.वि.भरैयामा २ लाखमा बोरिङ मर्मत, थारुगाउँ चोकदेखि रत्न बहादुरको घरसम्म डेढ लाखमा बाटो ग्राबेल गर्ने कार्य सम्पन्न भएको उनले बताए । चालु आवको योजना अन्तर्गत नै कोहलपुर योगशालालाई १ लाख अनुदान प्रदान गरिएको छ भने केहि योजनाहरु वडा कार्यालयले संशोधन गरेर पनि निर्माण गरेको छ । जसअन्तर्गत जमुनाघारी पुल मर्मतको लागि विनियोजन गरिएको १५ लाख रकमलाई संशोधन गरेर सोही ठाउँमा होम पाइपको वाल निर्माण, नयाँ बस्ती भुमलालको टोलमा फलामे पुल लागि ६ लाख विनियोजन गरिएको रकम संशोधन गरेर सोही ठाउँमा कल्र्भट निर्माण गरिएको छ भने नेरा प्रावि स्कुलमा बोरिङ् निर्माणको दुई लाख रकमलाई संशोधन गरेर झलक मल्लको घरजाने बाटोमा कल्भर्ट निर्माण गरिएको छ ।

यस्तै जब्दी भवानी मन्दिर भरैयामा तारबारका लागि विनियोजन गरिएको एक लाख रकम संशोधन गरेर बा.शि.आ.वि.भरैयाको झ्याल ढोका मर्मत तथा ग्रिल जडान गरिएको वडा कार्यालयले जनाएको छ । त्यसैगरी, चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा रहेका बेतेनी टोलमा मेस जाली निर्माणका लागि विनियोजन गरिएको ५ लाख मध्ये संशोधन गरेर ४ लाख नयाँबस्ती टोलमा मेस जाली निर्माण भएको हो ।

यस्तै १ लाख लिफ्ट सिंचाइ आयोजनाको लागि सामग्री खरिद गरिनुका साथै वडाका विभिन्न टोलमा विद्युत पोल तथा तार खरिदको लागि विनियोजन गरिएको ३ लाख मध्ये संशोधन गरेर डेढ लाखमा विभिन्न टोलमा ग्राभेल सम्पन्न भएको छ । १ लाखमा होमपाइप खरिद र ५० हजारमा साँस्कृतिक भवनको गेट निर्माण गरिएको वडा अध्यक्ष वलीले मिसन टुडेलाई अवगत गराए ।

वडा नम्बर १२ मा कोहलपुर नगरपालिका अन्तर्गतका सात वटा योजना रहेका छन् । कार्यबाहक अध्यक्ष नैनबहादुर शाहीले सबै योजना निर्माणको क्रममा रहेको बताए । उनका अनुसार आगामी आर्थिक वर्षको लागि पनि नगर स्तरका ४ वटा मुख्य योजना रहेका छन । घुइयाबारी अन्तर प्रदेश पर्यटन मार्ग, रोहिणी –डुडुवा खोलामा बृहत तडबन्धन, महेन्द्र राजमार्गको उत्तरतर्फ रोहिणी –डुडुवा जोड्ने ढल निर्माण र रिङरोड निर्माणलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

प्रकाशित मितिः बिहिबार, असार १८, २०७७     7:40:16 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *