14 July 2020  |   मङ्लबार, असार ३०, २०७७

खजुरा र कोहलपुरका सात जनामा कोरोना संक्रमण पुष्टि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार १७, २०७७  

कोहलपुर :
बाँकेको कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाका सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको कोरेना परिक्षणमा कोहलपुरका ३ जना र खजुराका ४ जना गरि जम्मा ७ जनामा कोरोना भाइरस पुष्टि भएका हो ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले सबै जना कोहलपुर र खजुराका विभिन्न वडाका
संक्रमित ४ वर्ष देखि ३६ वर्षको उमेर समूहका रहेका जानकारी दिए ।

उनका अनुसार कोहलपुर २ का २३ वर्षीय महिला र ३९ वर्षीय पुरुष र १२ का ९ वर्षीय बालक सहित ३  जना रहेका छन । खजुरा १ का ३० वर्षीय पुरुष, वडा नम्बर २ का ३६ वर्षीय महिला, वडा नम्बर ६ का २५ वर्षीय महिला र ४ वर्षीय बालिका गरी ४ जना रहेका छन् । बाँकेमा कुल संक्रमितको संख्या ३ सय ६३ पुगेको छ । कोरोना कै कारण दुई जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मितिः बुधबार, असार १७, २०७७     2:59:25 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *