25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

सम्पादकीय: जनयुद्धको घाउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार १७, २०७७  

नेपालमा अधिकारका आन्दोलन धेरै भएका छन् । ती आन्दोलनले नकारात्मक र सकारात्मक प्रभाव समेत पारेका छन् । बाइसे चौविसे राज्य एकिकरण गर्ने युद्ध देखि २०६२÷६३ को जनआन्दोलन र संघीयता सम्म आइपुग्दा यस्ता धेरै आन्दोलन र युद्ध नेपाली जनताले भोग्नु परेको छ । यस्ता प्रकारका आन्दोलन कै सकारात्मक प्रभाव मै रुपमा देशको शासन व्यवस्थामा फेरबदल समेत हुने गरेको हो । नेपालको इतिहासमा वंश व्यवस्था देखि राणा शासन र २००७ सालको परिवर्तन मात्रै होइन निर्दलीय व्यवस्था व्यवस्था गणतन्त्र र संघीयता सम्म आइपुग्दा परिवर्तनका बाछिटा देखिने गरि भएका छन् । वंश केन्द्रित र निरंकुश शासन व्यवस्था विरुद्ध भएका आन्दोलन र युद्ध मध्ये शसस्त्र युद्ध÷जनयुद्ध पनि एक हो । १० वर्ष चलेको यो युद्धले नेपालमा धेरै कुरामा परिवर्तन ल्याएको छ । सकारात्मक र नकारात्मक दुवै ।

सकारात्मक यस मानेमा कि युगौदेखि समाजको थिचोमिचोमा रहेका नागरिकहरुलाई यो युद्धले नयाँ जागरण ल्यायो । यो नकारात्मक थियो भन्नेहरुले देश विकासलाई यसले पछाडि पारेको भन्ने गरेका छन् । सत्य यो हो की, जनयुद्धका मुल्य र मान्यता परिवर्तन भइसकेका छन् । माओबादीले यसको मुद्धालाई सम्झौता अलपत्र पारिदियो भने अहिले त बेवारिसे जस्तै छ । यस युद्धमा १७ हजार नेपालीले आफ्नो प्राणको आहुती दिएका थिए । कतिको सिउँदो पुछियो । कति टुहुरा भए । भने सयौ घाइते र अपांग । जनयुद्धका ती घाइतेहरुको अहिले बिचल्ली भएको छ । जनयुद्धको नेतृत्व गर्ने व्यक्तिको पार्टी सरकारमा छ ।

उनीहरुको अवस्था भने घर न घाटको अवस्था रहेको छ । अझै पुरिएको छैन द्धन्द्धको घाउ । पाउन सकेका छैनन् न्याय ती योद्धाहरुले । जसले हिजो ज्यानको बाजी लगाएर युद्ध लडेका थिए । द्धन्द्धकालीन मुद्धा अझै समाधान हुन सकेको छैन । द्धन्द्धपीडितहरुले न्यायको स्वास फेर्न सकेका छैनन राम्रोसँग । पूर्व लडाकुहरुको अवस्था निकै दयनीय अवस्था हुँदा पनि पार्टी र नेता कसलै पनि सहयोग गरेका छैनन् । जिउँदो लास भएर बाँच्नुको पर्ने अवस्थामा रहेका छन् । अपांग शरिर छ । खान लाउन केही पनि छैन । अब कसरी जिन्दगी जिउने हो ठेगान छैन । उनीहरुको समस्या समाधानको विकल्प छैन ।

प्रकाशित मितिः बुधबार, असार १७, २०७७     7:52:55 AM  |