14 July 2020  |   मङ्लबार, असार ३०, २०७७

पर्वत समाज बाँकेको सम्मान कार्यक्रम: जनप्रतिनिधि र कर्मचारी सम्मानित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार १७, २०७७  

कोहलपुर । 

पर्वत समाज बाँकेले बाँके र बर्दियाका जनप्रतिनिधि र कर्मचारीहरुलाई स्वागत तथा सम्मान गरेको छ । पर्वत जिल्लामा जन्मेका र बाँके बर्दियामा बसाइँसराइँ गरि आएका तथा सरकारी सेवामा रहेका ११ जनालाई स्वागत तथा सम्मान गरिएको हो । मंगलबार एक कार्यक्रमका बीच समाजले विभिन्न क्षेत्रमा रहेर देश र जनताको लागि योगदान पु¥याएका पर्वतबासीहरुलाई दोसल्ला सहित प्रमाणपत्र सहित स्वागत तथा सम्मान गरेको थियो । सम्मानित हुनेमा पर्वत जिल्लामा जन्मेका बर्दियाका जनप्रतिनिधि , कर्मचारी र हाल बाँकेका प्रहरी प्रमुख सहित अन्य सरकारी सेवामा रहेका कर्मचारी रहेका छन् । बसाइँसराइँ गरि आएका तथा निजामती सेवाका शिलशिलामा बाँके र बर्दियामा रहेका पर्वतबासी ‘पर्वत’हरुलाई स्वागत तथा सम्मान गरिएको पर्वत समाज बाँकेका अध्यक्ष पोष्टराज भूसालले जानकारी दिए ।

उनका अनुसार बाँके र बर्दियामा रहेर विभिन्न क्षेत्रमा रहेर देशको सेवा गरिरहेका पर्वतबासीहरुलाई स्वागत तथा सम्मानको लागि कार्यक्रमको आयोजना गरिएको हो । बाँकेमा लामो समय देखि विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएको समाजले स्वागत तथा सम्मान कार्यक्रम पनि बेला बेलामा गर्दै आएको उनले बताए । समाज कै सक्रियतामा कोहलपुर–२ प्रेमनगरमा महादेवको मुर्ति निर्माण गरिएको समेत अध्यक्ष भूसालले जानकारी दिए । ‘बाँकेमा सामाजिक कार्य गर्दै आएका छौ । पर्वतबासीहरुको बीच भेटघाट, सहयोग र समन्वयको समेत काम भइरहेको छ । बर्दियामा समेत शाखा बिस्तारको तयारी भइरहेको छ ।’ उनले भने ।

उक्त स्वागत तथा सम्मान कार्यक्रममा बर्दिया जिल्ला दुई स्थानीय सरकारका प्रमुख, तथा कर्मचारी र बाँकेका प्रमुख सहित अन्य जिल्लाका विभिन्न सरकारी कार्यालयमा कार्यरतहरु व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा बर्दियाको बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ,मधुवन नगरपालिकाका प्रमुख गणेश बहादुर क्षेत्री,बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी, प्रशासन कार्यालय बाँसगढीका प्रमुख डिल्लीराज आचार्य, गुलरिया नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निलकष्ठ रेग्मी, बारबर्दिया नगरपालिकाका शिक्षा प्रमुख टेकराज पाण्डे र बबई सिचाई आयोजनाका प्रमुख निर्देशक मधुकर राना रहेका छन् ।

यस्तै हाल बाँके जिल्लाका प्रहरी प्रमुख रहेका ओम बहादुर राना,जिल्ला प्रशासन बाँकेका नायब सुब्बा बेदेश्वर गौतम, नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जका प्रशासकीय अधिृकत कुमार अधिकारी र नेपाल टेलिकम बाँकेका अधिृकत रुद्र अधिकारीलाई स्वागत तथा सम्मान गरिएको हो । उक्त अवसरमा बोल्दै बढैयाताल गाउँपालिकाका अध्यक्ष श्रेष्ठले कर्म गर्ने शिलशिलामा जहाँ रहेपनि जन्म भूमि सबैको लागि प्यारो हुने बताए । उनका अनुसार जहाँ रहेपनि मानवीय नाताले सबैको सहयोग र सहकार्य आवश्यक हुनु पर्नेमा उनले जोड दिएका छन् । उक्त अवसरमा उनले प्रेमनगरमा बनिरहेको मन्दिर र हल निर्माणको लागि गाउँपालिकाले ५१ हजार रुपैयाँ सहयोग गर्ने समेत घोषणा गरे ।

यस्तै मधुवन नगरपालिकाका प्रमुख क्षेत्रीले पनि नगरपालिकाको तर्फबाट ५१ हजार र व्यक्तिगत रुपमा ३१ हजार रुपौयाँ सहयोग गर्ने घोषणा गरेका छन् । स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अथिति तथा आन्तरिक राजस्व कार्यालय बाँकेका प्रमुख कर अधिकृत प्रकाश पौडेलले पनि लामो समयदेखि पर्वत समाजमा बाँकेमा धार्मिक,सामाजिक क्षेत्रमा राम्रो कार्य गर्दै आएको भन्दै आगाकी दिनमा पनि यस्तै कार्य आवश्यक रहेको बताए । कार्यक्रममा समाजका सस्थापक अध्यक्ष राज प्रसाद काफ्ले सहित बाँके र बर्दियामा स्थायी तथा अस्थायी रुपमा बसोबास गर्दै आएकाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः बुधबार, असार १७, २०७७     7:50:43 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *