14 July 2020  |   मङ्लबार, असार ३०, २०७७

बाँकेका प्रहरी प्रमुख एसपी राना भन्छन्, : ‘बाँकेलाई अपराध मुक्त बनाउँछु’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार १७, २०७७  

शुभाकर विश्वकर्मा, कोहलपुर

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले बाँके जिल्लालाई अपराध मुक्त बनाइने बताएका छन् । ११ दिन पहिले बाँके प्रहरीको नेतत्व सम्हालेका उनले बाँकेलाई अपराध मुक्त बनाउने बताएका हुन् । पर्वत समाज बाँकेले मंगलबार कोहलपुरमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले आफू बाँकेमा जिल्लामा रहदा सम्म सम्पूर्ण पक्षसँग सहकार्य र समन्वयका साथ यहाँका सुरक्षा चूनौती कम गर्नको लागि क्रियाशिल हुने बताए । उनका अनुसार बहु साँस्कृतिक,धार्मिक, भूगोलका मानिस बसोबास गर्ने बाँकेको प्रहरी संगठनको नेतृत्व आफ्नो लागि चूनौती र अवसर हो ।

उनले आफूले जागिर जीवनमा करिब १० वटा जिल्लामा प्रहरी प्रमुखको रुपमा रहदा संगालेका अनुभवको भरपुर प्रयोग गरि बाँकेमा शान्ति सु–व्यवस्था कामय, अपराध नियन्त्रण र गैरकानुनी गतविधि नियन्त्रण आफ्नो प्राथमिकता रहेको जानकारी दिए । राना अहिले सम्म रोल्पा, कालिकोट, दाङ, अर्घाखाची, रसुवा र उदयपुर लगायतका जिल्लामा प्रहरी प्रमुखको रुपमा काम गरिसकेका प्रहरी अधिकृत हुन् । यस भन्दा अघि कास्की जिल्लामा अपराध नियन्त्रणमा सफल देखिएका उनी बाँकेमा समेत योजनाबद्ध रुपमा यहाँका समस्या समाधानको लागि आफू सक्रिय भइसकेको बताउँछन् । उनले बाँके आए लगत्तै १७ बुँदे कार्ययोजना र प्राथमिकता समेत सार्वजनिक गरेका छन् । उ

नले बाँकेमा समाज विकृत बनाउने, लागु औषध, सीमामा तस्करी, महिला हिंसा, बाल विवाह तथा विकास प्रक्रियामा बाधा पु¥याउने खालका गतिविधि रोक्नको लागि बाँके प्रहरीले हरेक दिन लागि पर्ने एसपी रानाको भनाई छ । अपराध नियन्त्रणको लागि प्रहरीको मात्रै भूमिका नभएर हरेक नागरिकको दायित्व भएको भन्दै सबै मिलेर समृद्ध समाज र शान्ति सुरक्षा कामय गर्नको सबै एकजुट हुनुपर्नेमा समेत जोड दिए । ‘नागरिकको सुरक्षाको लागि प्रहरी २४ सै घण्टा सक्रिय रहन्छ । यहाँ नागरिकले अब असुरक्षाको महशुस गर्नु हुने छैन । हामी योजनाका साथ अघि बढेका छौ ।’ उनले भने । बाँकेमा अपराध नियन्त्रणको लागि टोल–टोलमा साइरन जडान गरिने योजना सुनाए । प्रविधिको भरपुर प्रयोग गर्दै पूर्ण रुपमा न्यायको प्रत्याभूति हुनेगरि काम गरिने उनले प्रतिबद्धता व्यक्त गरे । रानाले नागरिकको सुरक्षा, सहज सेवाप्रवाहलाई प्राथमिकता दिएर काम शुरु गरिएको समेत बताएका हुन ।

बाँके जिल्लाका प्रमुख चूनौतीको रुपमा अपराध, गुण्डागर्दी, लागु औषध सेवन ओसारपोसार र विभिन्न सामाजिक समस्या रहेको भन्दै सम्पूर्ण पक्षसँगको सहकार्यमा बाँकेलाई अपराध मुक्त र शान्ति सु–व्यवस्था कायम युक्त जिल्लाको रुपमा परिचित गर्नको लागि आफू सदैव सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरे र उनले बाँके जिल्लाको प्रहरीको नेतृत्व सम्हाले लगत्तै विभिन्न अपराधमा सलंग्न हत्या आरोपमा प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका एक जनालाई पक्राउ गरिएको थियो ।

नौ वटा मुद्दाका फरार अभियुक्त राजेश यादव उर्फ ‘धर्मसिंह’ लाई पक्राउ परेका थिए । यसलाई बाँके प्रहरीको महत्वपूर्ण सफलताको रुपमा लिइएको छ । यस्तै दैनिक लागु औषध, चोरी, र विभिन्न अपराधमा संलग्नहरु पक्राउ पर्ने क्रम बढेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पर्वत निवासी एसपी रानालाई पर्वत समाज बाँकेले सम्मान गरेको थियो ।

प्रकाशित मितिः बुधबार, असार १७, २०७७     7:44:23 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *