25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

उज्यालो बन्दै नरैनापुरः आज विद्युतको परीक्षण गरिदैं

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार १४, २०७७  

कोहलपुर ।

बाँकेको नरैनापुरमा बिजुली बत्ति पुगेको छ । लामो समयको प्रतिक्षापछि केही दिनमा नै नरैनापुरबासीले बिजुली बत्ति बाल्न पाउनेछन् ।

गाउँपालिका अन्तर्गत मटैया चोकदेखि हरिपुरुवा–नरैनापुर–वालापुर–लक्ष्मणपुर–सूईया (बोर्डर), मटैया चोकदेखि–मोतीपुर नमुना प्रा.वि. स्कुलसम्म तथा त्यसको आसपासमा निर्माण भएको लाइनमा परीक्षणको लागि विद्युत् प्रवाह गरिने निर्माण कम्पनी रेनु कन्ट्रक्सनका प्रतिनिधि त्रिलोक धितालले जानकारी दिए ।

‘स्वास्थ्य चौकीसम्म पहिल्यै नै लाइन निर्माणको काम पूरा भएपनि बोर्डरसम्म पु¥याएर मात्र लाइन छोड्ने भनेपछि केही दिन ढिलो भएको हो’ उनले भने, ‘अहिले विस्तार गरिरहेका सबै क्षेत्रमा ट्रान्समिटर समेत राखिसकेका छौं ।

कतै समस्या आएन भने साँझसम्म बिजुली बल्छ ।’ प्राधिकरणले नयाँ विद्युत प्रवाह गर्नु पर्ने भएकोले उक्त क्षेत्रमा विद्युतका तार नछुन पनि सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।

प्रकाशित मितिः आइतवार, असार १४, २०७७     1:52:54 PM  |