9 August 2020  |   आइतवार, साउन २५, २०७७

बर्दियामा १ सय ६५ संक्रमित पुगे

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार १४, २०७७  

कोहलपुर ।
बर्दियामा कोरोना संक्रमितको संख्या १ सय ६५ पुगेको छ । शनिबार बर्दियाका थप ४ जनामा संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या १ सय ६५ पुगेको हो । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ का ३५ बर्षीय १ महिला, मधुवन नगरपालिका वडा नम्बर ५ का ३३ र २५ बर्षीय पुरुष तथा गेरुवा गाउँपालिका वडा नम्बर २ का ३५ वर्षीय पुरुषमा शनिबार कोरोना पुष्टि भएको थियो ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणका क्रममा पछिल्लो २४ घण्टामा बाँकेका २ र बर्दियाका ४ गरि ६ जनामा संक्रमण पुष्टि भएको हो । बाँकेको राप्तीसोनारी गाउँपालिका ८ का २५ वर्षिय पुरुष र कोहलपुर नगरपालिका –८ का ३५ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

यस्तै बर्दियाका ८ वटै पालिकामा संक्रमण फैलिसकेको छ । बर्दियामा संक्रमण फैलिदै गएको र परिक्षणको गती सुस्त भएपछि स्थानीय त्रसित समेत बनेका छन् । संक्रमितलाई स्थानीय पालिकाहरुले तयार पारेका आइसोलेसन कक्षमा राखिँदै आइएको छ ।
७२ संक्रमित निको
बर्दियाका ७२ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । शनिबार बर्दियाको बारबर्दिया नगरपालिकाका ५ जना उपचारपछि डिस्चार्ज भएसँगै निको हुनेको संख्या ७२ पुगेको हो ।

शनिबार बाँकेको आइसोलेसनमा उपचाररत बर्दियाको बारबर्दिया नगरपालिकाका ५ जना डिस्चार्ज भएर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीले जानकारी दिए ।

अहिलेसम्म ९ जना महिला र ६३ जना पुरुष उपचारपछि निको भएका हुन् । निको हुनेका गुलरिया नगरपालिकाका १६ जना, मधुवन नगरपालिकाका ८ जना, बाँसगढी नगरपालिकाका १५ जना, राजापुर नगरपालिकाका ९ जना छन् ।

यस्तै बारबर्दिया नगरपालिकाका ८ जना, ठाकुरबाबा नगरपालिकाका ३ जना तथा बढैयाताल गाउँपालिकाका १३ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मितिः आइतवार, असार १४, २०७७     10:55:26 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *