महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्य जगतको होनाहार ध्रुवतारा हुन् । उनको साहित्यलाई नेपाली साहित्यवाट झिकीदिने हो भने साहित्यको अहम् पाटो खाली हुने कुरामा दुई मत हुने छैन । त्यसो त अध्ययन र विद्धताको दृष्टिकोणले सबैभन्दा अग्रपंक्तिमा स्व. मदनमणि दीक्षित छन् । मैले उनलाई उनको उत्कृष्ट पुस्तक माधवी लेख्ने क्रममा कति वटा पुस्तक अध्ययन गर्नुभयो भनेर सोध्दा उनले करिव हजारौं भनी जवाफ दिएका यिए । त्यो सुनेपछि मैल माधवी पढ्ने आटै गर्न सकिन किनभने यो बुझ्न ती सबै पुस्तकहरुको अध्ययन गर्न आवश्यक हुन्छ ।
महाकवि पनि अत्यन्त मेधावी र विद्धान थिए । उनको अध्ययन पनि उच्च कोटीको थियो । उनले सरल, सरस साहित्यहरु जसलाई अंग्रेजीमा ीथचष्अ भनिन्छ , प्रशस्त लेखेका छन् । लघु काव्यदेखि महाकाव्य, निवन्ध, कथा र उपन्यास सबै थरी लेखेका छन् । भनिन्छ सुलोचना महाकाव्य केवल १० दिनमा र साकुन्तल महाकाव्य तीन महिनामा लेखेका थिए । यस्ता प्रातः स्मरणीय व्यतिmत्वलाई मेरो शत शत नमन छ । उनले प्रसिद्ध कविता यात्री लेखे पश्चात समालोचकहरुले उनलाई नास्तिक भनेर बाचुन्जेल आलोचना गरिरहे । यो कवितामा उनले भनेका छन् –
फर्क फर्क हे जाऊ समाउ मानिसहरुको पाउ
मल्हम लगाउ आर्तहरुको चहर्याइ रहेको घाउ ।
मन्दिरमा गएर मूर्ति पूजा गर्नुभन्दा दुखी, पीडित र असहायहरुको सेवा गर्नु नै मानव धर्म हो, कर्तव्य हो, भन्ने आशय छ । यस पश्चात आलोचकहरुले, पुरातनवादीहरुले व्यापक रुपमा नास्तिकको विल्ला भिराइदिएका थिए । उनी आफ्नो अन्तिम अवस्थामा जब अस्पतालको विच्छौनामा थिए । उतm अवसरमा ‘मार्ग’ नामको कविता लेखेका थिए । जसमा उनले लेखेको पसरा यस्तो छ–
न धर्म भो भतिm न भो विवेक
आखिर श्री कृष्ण रहेछ एक ।
यो कवितापछि फेरि उनलाई आस्तिक भए पनि भनियो । वैदिक सनातन धर्ममा आजवाट होइन युगौँबाट कुठाराघात भइरहेको छ । कहिले कुनै मतलबीहरुले हाम्रो गर्व, हाम्रो पहिचान तक्षशिला विश्व विद्यालयलाई ध्वस्त पारे । त्यहाँका सबैजसो विद्धानहरुलाई बध गरे । इन्डियाका नालन्दा विश्व विद्यालय र पुस्तकालय पनि ध्वस्त पारे र जलाए । भेटेसम्मका विद्धानहरुको हत्या गरे । शिक्षामा भयानक विचलन ल्याए । तत्पश्चात इन्डियामा ब्रिटिस राज्य वैदिक सनातन संस्कृतिकमै धावा बोल्यो । उनीहरुले आफ्नो तरिकाले कुठाराघात गरे । उनीहरुले धार्मिक ग्रन्थलाई उल्टो अर्थ लाग्ने गरि सच्याउन लगाए । यस प्रकारले हाम्रो समाजमा अविद्या फैलिदै गयो । आफ्नै धर्म संस्कृति, आफ्ना नीति, नियम, दर्शन र यसका मर्म सबैवाट समाज बन्चित हुँदै गयो । तसर्थ यो परिस्थिति, परिवेश र सोचमा देवकोटालाई नास्तिक भनेर आरोप लगाउनु पनि ठूलो कुरो होइन ।
व्रह्म एक छ । ऊ निर्गुण र निराकार छ । माया र भौतिकताभन्दा पर छ । जब की ऊ स्वयम् श्रष्टा हो । उसलाई आजसम्म न त कसैले देखेको छ । न त कसैले देख्ने नै छ । विद्धान र ज्ञानीजनहरुले त उसलाई स्वयम्भु, ज्योति पुञ्जको रुपमा र सर्वेश्वर सत्यम्, शिवम्को रुपमा मान्दछन् । तर जन साधारणलाई यो सबै बुझाउन कठिन छ । तसर्थ सबैले बुझ्न सक्नु ईश्वरको कृपाप्राप्त गर्न सकुन् र ऊ सित आपूmलाई एकाकार गर्न सकुन् भन्ने उद्देश्यले सद्गुण साकारको अवधारण दिन मूर्ति पूजाको चलन चलाइयो । आखिर सबैको लक्ष्य एउटै हो ईश्वर प्राप्ति ।
नास्तिक पनि ईश्वर मान्ने र नमान्नेभन्दा बेदलाई स्वीकार गर्ने र नगर्ने भन्ने कुरामा आधारित छ । तर महत्वपूर्ण कुरा के भन्ने कुनै व्यक्ति वा वस्तुलाई समाजले जुन रुपमा स्वीकार गर्छ । मान्यता दिन्छ ऊ त्यही रुपमा स्थापित हुन्छ । उसको वास्तविकता चाहे जे सुकै होस् । महाकवि देवकोटाको सन्दर्भमा पनि यहि भएको थियो । उनी कहिल्यै नास्तिक थिएनन् कि उनी बेद बिरोधि हुँदै होइनन् ।
किनभने
–गायत्री महामन्त्र “ॐ भुर्भवस्व तत्सवितुर्य रेण्यम भर्गो देवस्य धिमही धियोयोनः प्रचोदयात “
यो मन्त्रमा पनि देवर्षि विश्वा मित्रले प्राण स्वरुप, ज्योतिर्मय परम् शक्तिलाई नमन गर्ने कुरा प्रस्तुत गरेका छन् ।
– यजुर्वेदको अन्तिम भागमा “प्राण स्वरुप, ज्योतिर्मय सुख स्वरुप भनेर ब्रम्ह्लाई भनिएको छ ” । ब्रम्ह् ज्याेित स्वरुप, सुख र आनन्द स्वरुप , शक्ति र ज्ञान हो भन्ने अनुमान छ । उसको मूर्तिसित कुनै तादात्म्यता छैन । हामीले अर्पण गरेको वस्तुले भन्दा हाम्रो भक्ति र प्रेमले, हाम्रो सत्कर्म र परोपकारले सबैलाई निर्मुल निराकार स्वरुपभन्दा सद्गुण साकार स्वरुपवाट बुझाउन र परब्रम्ह् सित एकाकार गर्न सहज हुने भएकाले मन्दिर मूर्ति पूजाको प्रारम्भ भएको हो । अन्तत्वगत्वा एकाकार हुने त ब्रम्ह् सित नै हो । उनको यात्री कविताले शंकरचार्यको अदैतबात बोलिरहेको छ ।
“तत्व मसि”, “अहम् ब्रहमास्मी”
किनभने उनी भन्दैछन् –
हाडहरुका सुन्दर खम्बा ।
मांसपिण्डको दिवार
मस्तिष्कको यो सुनको छानो
इन्द्रियहरुको द्धार
नसा नदीका तरल तरंग
मन्दिर आपूm अपार
कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरको द्धार
त्यति मात्र होइन उनको सम्पूर्ण कविताले अद्धैतवाद प्रतिनिधित्व गर्छ । अद्व्रैतवादी दर्शन र वेदान्त दर्शन नबुझेर यो कविताको मर्म बुझ्न कठिन छ । यो कविता चरम ईश्वर वादी र कल्याणकारी छ । त्यसैले भन्न सकिन्छ यो कविताले मानिसहरुलाई आफ्नो दायित्व बारे स्मरण गराएको छ । यो उनको एउटा महान अर्थपूर्ण रचना हो । त्यति मात्र होईन चार वेद, १८ पुराण, गीता, श्री मद्भागवत् महापूराण र कैयौँ ग्रन्थहरुको रचना गरे पश्चात हजारँौ ऋषिहरुले जव वेदव्यासलाई प्रश्न गरे,
“भगवान धर्मको मर्म अर्थात सार तत्व के हो ?”
व्यासजीको उत्तर थियो, “परोपकार पुण्याय पापाय परपीडनमा”
वेद व्यासको यो महान् उद्धरणले पनि साबित गर्छ कि उनी परम् आस्तिक थिए । नेपालगञ्ज