25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

चर्चै चर्चामा मेरो रुकुम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, असार १, २०७७  

साविकको पहाडी प्रदेश मध्यपश्चिमाञ्चल विकास क्षेत्र राप्ति अञ्चल भित्र पर्र्ने बाग्लुङ, सल्यान, डोल्पा, रोल्पा तथा जाजरकोट जिल्लाको विचमा अवस्थित र हाल प्रदेश ५ तथा कर्णाली प्रदेशमा विभाजित जिल्ला हो रुकुम । जहाँ मेरो पनि जन्म भएको र जीवनको २०औं बसन्त समेत पार गरेको थिए । पञ्चायति व्यवस्था होस वा बहुदलिय व्यवस्थामा भएको तत्कालिन द्वन्द्व भनौ अथवा दशवर्षे जनयुद्ध एवम् संघीय लोकतान्त्रिक व्यवस्थामा होस रुकुम जिल्ला चर्चाको शिखरमा पुगेको छ ।

बाईसे तथा चौबिसे राज्यदेखि नै त्यहाँका विभिन्न ठाउँका राजाहरुले राज्य गरेकै थिए । पछि पञ्चायतको समयमा पनि राजपरिवारका अंग रक्षक भएर रुकुमको नाम चर्चामै थियो । बहुदलिय व्यवस्थामा राज्यमन्त्रीको जिम्मेवारी समालेका गोपाल जी जंग शाहको कारण पनि निकै चर्चा बटुलेकै हो । प्राकृतिक दृष्टिकाणको रुपमा चर्चा गर्दा सिस्ने हिमाल रुकुम जिल्लामा अवस्थित छ । सानी तथा ठुली भेरी नदिको कारण पनि यो जिल्ला चर्चामा रहेको छ । मैले कक्षा ५ मा अध्ययन गरेको नेपाली विषयको कविता थियो सानी भेरी पर्वत बाट झर्छिन हाहा र हुहु बनभित्र गर्छिन्,… जस्ता कविताको कारण पनि चर्चामा रहेको थियो मेरो रुकुम । कमल दह जहां कमल फुलेर लट्टरम्म तथा मनमोहक बनाउने गर्दछ एसियाकै नमुनाका रुपमा रहेको बन्दुक आकारको यो दहको कारण पनि चर्चामा रहेको छ ।

मानव निर्मित विद्युत उत्पादनको स्यार्पुताल जहांको दृष्यले आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याउने गर्दछ । पञ्चायत कालमै विद्युत उत्पादन गरेर रुकुमेली नागरिकलाई उज्यालो प्रदान गरीएको थियो । उता चौरजहारी नहर जुन २० किलोमिटर टाढा रुकुमको खोलागाउं जहारी खोला बाट नहर तयार गरेर विद्युत सेवा तथा सिचाई सेवाको काम तथा जाजरकोट सदरमुकाममा विद्युतको सेवा तथा कृषर््िा, खाद्यान्न एवम् तरकारीको समेत व्यवस्था गरेर पनि चर्चा पाएको थियो मेरो रुकुम । हाल रुकुम पश्चिमको सदरमुकाम सल्ले तथा चौरजहारी विमान स्थल गरी २ वटा विमानस्थल भएको रुकुमले त्यसरी नि चर्चा बटुलेको छ । सरकारले घोषणा गरेको मध्यपहाडी लोकमार्गमा १० वटा स्मार्ट सिटी निर्माण गर्ने मध्य एक सहर रुकुम चौरजहारी लाई बनाउने निर्णयले पनि निकै चर्चा कमाएको छ । नेपालका केहि धान फल्ने ठाउँ मध्ये खोलागाउँ, जहारी खोला, कोटजहारी, मनकोट जिउला, माछमी जिउला, रिम्ना जिउला, सोलाबाङ जिउला लगायतका विभिन्न ठाउँमा अत्याधिक धान तथा गहुबालीको अन्न भण्डारको ठाउँले पनि परिचीत छ । जापनीज फल हलुवा वेद प्रशस्त पाईने, तरकारी उत्पादनको तथा बिउबिजन उत्पादनमा अधिकांश क्षेत्रमा पु¥याउन सफल छ रुकुम ।

साक्षारतको सवालमा पनि कम छैन रुकुम । सरकारी सेवामा प्रवेश गर्ने लोकसेवा आयोग होस् वा अन्ने सेवा प्रवेशमा होस् आफनो अग्र स्थानमा नाम राख्न सफल भएको छ । पञ्चायत कालमा ध्र्रुर्व विक्रम शाह, बहुदलिय व्यवस्थामा गोपाल जी जंग शाह तथा वर्तमानमा जनार्दन शर्माको कारण पनि राष्ट्रिय राजनीतिमा बर्चस्व कायम राख्ने सवालमा पनि रुकुमले अग्रता कायम गरेको छ । उता दशवर्षे जनयुद्ध वा द्वन्द्वकालिन समयमा पनि निकै द्वन्दमा फसेको दुबै पक्षबाट हत्या आतंक वा वेपत्ता पारिएको संख्यामा पनि कमी छैन । द्वन्द्वकालिन समयमा जनसरकार संग मालपोत रजिष्ट्रेशन गरेका जग्गाहरुलाई सरकारी मान्यता प्रदान गर्ने सवालमा पनि आफनो अग्रसरता कायम राखेकै छ यो जायज हो होईन आम नागरिकले बुझ्नु आवश्यक छ । जातीय छुवाछुतको अन्त्य गर्ने नमुना जिल्लाको रुपमा पनि पछि नहटेर चर्चा कमाएको छ ।

सदरमुकाममा यातायात पु¥याउने तथा झिमरुक जलविद्युत आयोजना जोड्ने सवालमा पनि पछि हटेको छैन । विद्यालय, क्याम्पस, प्राविधिक विद्यालय तथा मेसिन हस्पीटल समेतको स्थापनामा कमी छैन । यस जिल्लाका मानिसहरु द्वन्द्वकालमा विस्थापित भएता पनि देशका विभिन्न ठाउँमा आफनो बर्चस्व कायम गरेको देखिन्छ । यस जिल्लाका नवराज गौतम, दिपक गौतम लगायतले विद्यावारिधिको उपाधि समेत प्राप्त गरिसकेका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा मुसिकोट खलंगा बहुमुखी क्याम्पस तथा सोहि विश्वविद्यालयको प्रस्तावित आंगिक क्याम्पस शितल क्याम्पस चौरजहारी हुन भने अधिकांश पब्लिक क्याम्पसका रुपमा अवस्थित छन् । प्राकृतिक दृष्टिकोणको चर्चा गर्दा सिस्ने हिमाल, बुगीपाटन, चित्रीपाटन, ढोरपाटन, कमल दह, स्यार्पुताल, चौरजहारी फांट, जहारी खोला, सानो भेरी तथा ठूलो भेरीको संगम स्थल रिम्न, रिम्नको माछा जुन समयमा राजपरिवारमा यो माछा झिकाएर खाने व्यवस्था थियो यसरी नि चर्चा कमाएको छ ।

धान फल्ने खेतियोग्य जमिन, हरियाली वातावरण, निकै प्रसिद्ध तथा आस्थाको केन्द्र डिग्रेसाई कुमारी मन्दिर जहाँ मंसिरको पूर्णिममा ५ दिन मेला लाग्ने तथा देशका विभिन्न ठाउँबाट दर्शन गर्न आउनेको घुईचो लाग्दछ त्यहाँ हजारौ बोकाको बलि दिने काम गरिन्छ यो कारणले पनि चर्चा कमाएको छ । रुकुम पुगेको कुनै पनि व्यक्ति त्यहाँ नपुगेर फर्किदैनन् । चौरजहारीको विजयश्वरी मन्दिर, गमा लेखको ब्रहमन्दिर लगायतका निकै चर्चा कमाएका ठाउँ तथा स्थलहरुले पनि परिचत छ । पछिल्लो चरणमा जाजरकोटका नवराज वि.क. र चौरजहारी ६ की सुस्मा मल्ल विचको प्रेमको कारण जाजरकोटका ६ जना युवाहरुको जघन्य अपराधको कारण हो वा के हो ? हत्याले नेपालको व्यवस्थापिकामा निकै हंगामा मच्चायो । जाजरकोट र रुकुम विचको दुष्मनी भएजस्तो गरि निकै चर्चा कमाईरहेको छ । यसको वास्तविकता आउन बाँकि छ । व्यवस्थापिकाले संसदिय छानविन समिति गठन गर्ने समेत निर्णय गरेको छ । अर्काेतिर छिवाङ प्रहरी चौकि लाई जनप्रतिनिधिले आक्रमण गर्न लगाएको हल्ला हो वा वास्तविता हो यसले पनि निकै चर्चा कमाएको छ ।

नेपालको संविधान, २०७२ पछिको राष्ट्रिय संरचनाको सवालमा सिंगो रुकुमको पहिचान मेट्ने गरी गरिएको पुर्वि रुकुम र पश्चिम रुकुमका नाममा वर्गिकरण गरेपछिको तनाव युक्त वातावरण तथा पुर्वि रुकुमको सदरमुकामको विवाद, आन्दोलन, झडव र अदालति प्रक्रियाको कारण पनि चर्चा कमाएको छ । अविरल रुपमा वगिरहने दुई (सानी तथा ठुली) भेरी नदि, राताम्य तथा लट्टरम्म र ढकमक्क फुल्ने लाली गुरांश, अनगन्ति छहरा तथा पहरा, छाङ्गा, झरना, एवं विभिन्न जडिबुटी लगायतका विविध प्राकृतिक सौन्दर्यताले पनि चर्चा कमाएको छ । वर्गिय, लैङ्गिय तथा जातिय समानता हुने कुराको रुपमा पनि निकै चर्चा कमाएको छ ।

यार्शा गुम्बा तथा अन्ने विविधखाले जडिबुटी देश तथा विदेशमा निर्यात गर्ने, घिउं उत्पादनको निकै चर्चित ठाउंका रुपमा अवस्थित छ रुकुम । हिजोको कहाली लाग्दो युद्दमा स साना बालबालिका तथा युवाहरुलाई आकर्षणको केन्द्रविन्दु बनाएर पनि चर्चा कमाएको छ । सामान्य ज्ञानमा ५२ पोखरी तथा ५३ टाकुरीको नामले निकै चर्चामा रहेको छ यो हाल पुर्वि रुकुममा अवस्थित छ । निकै मनोरम दृश्यले पर्यटकको घुईचो लाग्ने गर्दछ । चौरजहारी फांट, जहारी खोला फांट, नुवाकोट जिउंला फांट, रिम्न जिउंला फांट, सिम्ली, गराईला, छिवाङ खोला, माछमी जिउंला, सोलावाङको फांटमा अनगन्ति अन्नबालीको भन्डार भएका ठाउं हुन् र रहेका छन जसको कारण पनि चर्चामा छ रुकुम ।

चौरजहारी नगरपालीका ८ मा रहेको गोईरीको तथा खागलमा रहेको निकै प्ररिद्द ढुंगाखानी जहांको ढुंगाले घर छाउने गरिन्छ । यो ढुंगा नेपालका अधिकांश ठाउँमा लिएर घर छाउने काम गरेको पाईन्छ । यो ढुंगे खानीको कारण पनि चर्चामा छ रुकुम । आज आएर यसखालका विविध कारणले चर्चा कमाएको । भेरी नदिमा डुगा चलाउन सकिने, यार्शा गुम्बाको आवश्यक तथा सहि सदुपयोग गर्न सकिने, रिम्न खोलाको माछालाई अर्गानिक माछाको रुपमा महंगो गरि बेच्न सकिने, सिस्ने हिमाल, विभिन्न पाटन वा फांटलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने, चौरजहारी नहरलाई व्यवस्थित गरेर बोटिङको व्यवस्था गर्न सकिने, खोलागाउको फांटमा औधोगीक क्षेत्र स्थापना गर्न सकिने, चौरजहारी मेसिन अस्पताल लाई राष्टिृय स्तरको मेसिन अस्पतालका रुपमा विकास गर्ने जहाँ देश तथा विदेशका नागरिक आएर सहजरुपमा उपचार गर्न सकुन, रिम्नको दुई नदिको संगम स्थल लाई व्यवस्थित गरेर पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने वातावरणमा जोड दिदा अझै चर्चामा रहने छ ।

रुकुमलाई पुर्वि तथा पश्चिम गरी विभाजन गर्नु त्यहाँका नेताको अदुरदर्शी निर्णय थियो । विडम्बना निम्त्याउने खालको निर्णयमा हस्ताक्षर गर्नु अर्कमन्यता थियो । कसैको व्यक्तिगत राजनीतिलाई बलियो बनाउनु थियो । यो स्वार्थको कारण विभाजीत सिङो रुकुम आज निकै रोईरहेको महसुर भएको छ । आज पुर्वि रुकुमका ३ स्थानीय निकाय भौगोलिक रुपले ठुलो तर जनसंख्याको हिसावले निकै कम भएको भेगलाई प्रदेश ५ मा राखिएको छ । बढि स्थानीय निकाय तथा जनसंख्या पनि धेरै भएको शहरमा परिणत ठाउँलाई कर्णाली प्रदेशमा राखिएको छ । यो विडम्बना हो । रुकुमेली जनताले यो कसले किन र के स्वार्थका लागि गरेको हा स्पष्ट बुझ्नु तथा छुट्याउनु आवश्यक छ । निष्कर्षमा के भन्न खोजेको त भन्दा रामे काम गरेर चर्चा कमाउने काम गरोस । हिजो जनयुद्दको कारण देशका विभिन्न ठाउँमा रुकुम भन्ने वितिकै निके दुःख झेल्नु परेको थियो ।

आज जाजरकोट तथा रुकुम चौरजहारी घटनाको कारण फेरी पनि रुकुमेली जनताले रुकुम घर भनेकै नाममा देशको कुनै पनि वयक्ति वा ठाउँमा गएर घिर्णको सिकार बन्न नपरोस् । बास पाउने वा डेरा नपाउने अवस्थाबाट बञ्चित हुने वातावरण वा अन्ने ठाउँका आम नेपाली नागरिकहरु डराउने अवस्था नआवस् । यसका लागि घटनाको सत्य तथ्य बाहिर ल्याएर वास्तविक दोषीलाई कार्वाही होस् तथा निर्दाेषले दुःख पाउने वातावरण नहोस् रुकुमेली वास्तविक रुपमा साच्चै राम्रा हुन गलत होइनन् भन्ने अवस्थाको सिर्जन होस जसले हामी रुकुमेलीको शिर ठाडो बनाउने छ । घटनामा राजनैतिक गन्ध नदेखिने वातावरण तथा जातीयताको नाममा गरिएको गलत ढंगलाई प्रमाणित गरोस त्यहाँ सबै जातका युवाहरुको अकालमा मृत्यु भएको छ । जातीयता हो वा होईन त्यो पनि स्पष्ट होस । यसरी आउने दिनमा राम्रो कामबाट मात्र रुकुमले आफनो नामलाई चर्चामा राख्ने वातावरण सहित अगाडी बढोस मातृभुमी रुकुम भएको कारण आम रुकुमेली बासीलाई दाजु भाई दिदी बहिनी तथा आमा बुबा एवम् राजनीतिज्ञ, बुद्धिजीवी, शिक्षा प्रेमी, उधोगी व्यापारी लगायत आम नागरिक लाई मेरो शुभ कामना छ । अस्तु !

लेखक : मध्यपश्चिमाञ्ल विश्वविद्याालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर पाठयक्रम तथा मूल्याङकन शिक्षण समिति प्रमुख

प्रकाशित मितिः सोमवार, असार १, २०७७     3:53:49 PM  |