19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कोहलपुरमा ६३ जनाको आरडीटी जाँच, दुईमा पोजेटिभ देखियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ २१, २०७७  

बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेका ६३ जनाको आरडीटी विधी मार्फत जाँच गरिएको हो ।

गत जेष्ठ ८ र ९ गते भारतबाट आएर यस क्वारेन्टिनमा बसेका ६३ जनाको जाँच गर्दा दुईमा एन्टिबडी देखिएको हो । नगर स्वास्थ्य शाखा कोहलपुरका प्रमुख डिल्लिराज पोखरेलले दुई जनामा पोजेटिभ देखिएको बताए ।

दुई जनामा पोजेटिभ देखिएपछि पीसीआर जाँचको लागि तयारी थालिएको छ । तर स्थानीयहरुले भने भारतबाट आएका सबैको आरडीटी परीक्षण भन्दा पनि पीसीआर परीक्षण गर्नुपर्ने माग राख्दै आएका छन् ।

प्रकाशित मितिः बुधबार, जेष्ठ २१, २०७७     11:17:19 AM  |