19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

रावलजी सरकारलाई सहयोग गर्नुस्ः मुख्यमन्त्री पोखरेल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख २८, २०७७  

संघीय संसदको अन्तरराष्ट्रिय सम्बन्ध समितिकाे आइतबार भएको बैठकमा नेपाल कमयुनिस्ट पार्टी (नेकपा) नेता भीम रावलको अभिव्यक्ति ति नेकपा नेता तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कटाक्ष गरेका छन्।

कालापानीलगायत नेपाल-भारत बीचको सीमा समस्या समाधानका सरकारले विगतमा गरेका पहल र आफूले हासिल गरेको अनुभवका आधारमा सहयोग गर्नुकाे साटाे विवादमा उत्रिएका भनी रावलकाे आलाेचना गरेका हुन्।

विगतमा गृह रक्षा तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका नेता रावलले यस्तोखाले आरोप–प्रत्यारोपको लगाउनुको साटो जिम्मेवारीअनुसार सरकारलाई रचनात्मक सुझाव दिनुपर्ने उनले बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आज साँझ ८ बजे एक स्टाटसमार्फत मुख्यमन्त्री पोखरेलले भीम रावलको अन्तरराष्ट्रिय सीमासम्बन्धी विषयमा बोलेका कुरा र आपसी कटाक्षले राष्ट्र कमजोर हुने लेखेका छन्।

साथै उनले राष्ट्रियताको विषयमा आरोप प्रत्यारोपभन्दा यतिबेला बलियो एकता र सार्थक पहलको खाँचो पर्ने फेसबुकमार्फत उल्लेख गरेका छन्।

 

प्रकाशित मितिः आइतवार, बैशाख २८, २०७७     8:53:50 PM  |