20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

उमेर अनुरसार कती पटकसम्मको शारिरीक सम्बन्धलाई सामान्य मानिन्छ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख २२, २०७७  

एजेन्सी : दुई जनाबीचको नितान्त निजी मामिला हो शारिरीक सम्बन्ध अर्थात यौन सम्पर्क । यौन सम्पर्क घटबढ हुनुमा जोडीको रुची, अवस्था, बाताबरण, उमेर, स्वास्थ्य आदिको प्रभाव पर्न सक्छ । त्यसैले शारिरीक सम्बन्धकतिपटकलाई सामान्य मान्ने भन्ने प्रश्नको सटिक उत्तर दिन सकिदैँन ।

यद्धपी अनुसन्धानकर्ताहरुको अध्ययन अनुसार सामान्य १८ बर्ष देखि २९ बर्षको उमेरका जोडीले बर्षमा ११२ पटक यौनसम्पर्क अर्थात लगभग तीन दिनमा एक पटक सेक्स भयो भने त्यसलाई सामान्य मानिन्छ । यस्तै ३० देखि ३९ बर्षका जोडीले बर्षमा ८६ पटक अर्थात चार दिनमा एक पटक शारिरीक सम्बन्ध गरे त्यसलाई सामान्य रुपमा लिइन्छ ।

उमेर बढेसंगै यौन क्रियाकलापमा समेत कमि हुँदै जाने भएकोले त्यसभन्दा माथिका उमेरका व्यक्तिहरुले गर्ने सम्पर्कमा पनि त्यहि अनुपातमा कमि हुने अनुसन्धानकर्ताहरु बताउँछन् । यौनकार्यमा सक्षम व्यक्तिले हप्तामा एक वा दुई पटक सो कार्यमा सहभागी भयो भने त्यसलाई सामान्य हुन्छ भनिएको छ ।

तर फेरी पनि छुटाउनै नहुने कुरा के हो भने, यो नितान्त निजी मामिला हो । यसमा निजी रुची, चाहना, बातावरण, उमेर, स्वास्थ्य आदि कुराहरुले असर गर्दछ । कोही पाको उमेरको व्यक्तिले धेरै पटक शारिरीक सम्बन्ध गर्न पनि सक्दछ ।

प्रकाशित मितिः सोमवार, बैशाख २२, २०७७     5:17:32 PM  |