20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

सम्पादकीय :सुरक्षित रमजान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १६, २०७७  

कोरोना कहरका बीच मुस्लिम समुदायको पवित्र पर्व रमजान सुरु भएको छ । यो मुस्लिम समुदायको सबै भन्दा लामो पर्व समेत हो । यो पर्वमा मुस्लिम समुदायहरु अल्लाहको नाममा रोजा बस्ने गर्छन् । भने मस्जिद्मा गएर नमाज पढ्ने गरिन्छ । मस्जिद् उनीहरुको धार्मिक थलो हो भने कुरान धार्मिक ग्रन्थ । नेपाल र भारत तथा विश्वका केही देश अहिले लकडाउनमा छन् । लकडाउनका कारण मुस्लिम समुदायको पवित्र पर्व रमजान उल्लासमय बन्न सकेको छैन ।

उनीहरुले घरमै भएपनि रमजान सिमित रुपमा मनाइरहेका छन् । मस्जिद् जानका पाएका छैनन् लकडाउनका कारण । नेपाल सरकारले लकडाउनको समयमा कोरोना भाइरस संक्रमण जोखिमका कारण भौतिक दुरी कायम गर्नु पर्ने भनेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार लकडाउन र भौतिक दुरी कोरोना भाइरस नियनन्त्रण तथा रोकथामका गतिला माध्याम हुन् । विश्वका धेरै देशमा यो नियमले नै काम गरेको छ । सोही अनुसार रमजानमा समेत ठूलो भिडभाड नगर्न भनिएको हो । नेपाल सरकारले २५ जना भन्दा बढी नागरिकहरुका जम्मा नहुन निर्देशन दिएको छ । भने रमजानमा रोजा बस्दा वा नमाज पढ्दा पाँच जना भन्दा बढी जम्मा जम्मा नहुन निर्देशन दिइएको छ । आफ्नो महान् पर्वमा जो कोहीलाई पनि कुनै हालतमा आफ्नो घरमा पुग्नै पर्ने मान्यता राख्छन् । तर यो बेलाको समय उनीहरुको लागि कठोर भएर आएको छ । एक देशबाट अर्को देश जान सक्ने अवस्था नै छैन । त्यसैले उनीहरुले जहाँ छन् जस्तो अवस्थामा छन् । रमजान मनाइरहेका छन् ।

यसको प्रतिनिधि घटनाको रुपमा कोहलपुरमा रहेका मुस्लिम धर्मका भारतीय नागरिकलाई लिन सकिन्छ । यहाँ लकडाउनका कारण आठ जनाको परिवार त्रिपालमा बसिरहेको छ । लकडाउनका कारण उनीहरु यहाँ बसेका हुन् । रजमान कै लागि भनेर उनीहरु एक महिना अघि कोहलपुर आएका थिए । तर लगत्तै लकडाउन भएपनि उनीहरु घर जान पाएनन् । त्यसैले अहिले जहाँ बसेका छन् । त्यही रमजान मनाइरहेका छन् । रोजा बसिरहेका छन् भने नमाज समेत पढीरहेको अवस्था छ । पहिले आफु आफ्नो स्थानमा सुरक्षित भएर बस्न सकौं । अनि मात्र अन्य कुराहरु गर्न सकिन्छ । मुस्लिमहरुले समेत विश्वव्यापी विपत्तिको सामना गर्ने घरभित्रै नै रमाउँदै प्रयास गर्दै रमजान मनाउनु आवश्यक छ ।

प्रकाशित मितिः मङ्लबार, बैशाख १६, २०७७     8:38:45 AM  |