12 August 2020  |   बुधबार, साउन २८, २०७७

पाँच दिनअघि कोरोना संक्रमितको अप्रेशन गर्ने चार डाक्टरलाई कोरोना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख १०, २०७७  

काठमाडौं ।

कोरोना भाइरसको उपचार गर्ने चिकित्सकलाई रोग सर्ने सबैभन्दा प्रवल सम्भावना रहन्छ । त्यस्तै भएको छ भारतको जयपुरमा ।

जयपुरको एसएमएस अस्पतालका चार डाक्टरलाई कोरोनाको संक्रमण भएको छ । चारै जनामा कोरोनाको कुनै लक्षण थिएन ।

उनीहरुको सम्पर्क आउनेहरुलाई पनि परीक्षण गरिएको छ । चारै जना डाक्टरले गत १७ अप्रिलमा कोरोना पोजेटिभ २२ वर्षीय युवकको पेटको अप्रेशन गरेका थिए ।

उक्त अस्पतालमा ८ डाक्टर, ५ नर्स २ वार्ड ब्वाय, १ ट्रली म्यान, ५ सुरक्षाकर्मी, आशा सहयोगी १ र एम्बुलेन्स ड्राइभर पनि संक्रमित भएका छन् ।

प्रकाशित मितिः बुधबार, बैशाख १०, २०७७     10:37:09 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *