19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

बाजुराबाट हेलिकोप्टर मार्फत उद्धार गरिएका बालकको नेपालगञ्जमा मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख ५, २०७७  

बाजुरा ।

बाजुराको पूर्वी उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका–७ कालेगाडमा घरको आँगनमा खेल्दै गरेका अवस्थामा लडेर घाइते भएका बालकको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ।

मंगलबार घरको आँगनमा खेलिरहेका अवस्थामा घाइते भएका महेश कार्कीका पाँच वर्षीय छोरा खगेन्द्रको कोल्टी प्राथमिक स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो।

आईसियुमा उपचाररत बालकको बुधवार साँझ नै मृत्यु भएको हो।

प्रकाशित मितिः शुक्रबार, बैशाख ५, २०७७     9:46:00 AM  |