29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

मनकारी जनप्रतिनिधि : कोहलपुरकी उप-प्रमुख चौधरीले गरिन विपन्न किशोरीलाई रक्तदान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख ४, २०७७  

कोहलपुर :

बाँकेको कोहलपुर नगरपालिकाकी उप-प्रमुख सञ्जु कुमारी चौधरीले उच्च रक्तश्रापका कारण अस्पतालमा छटपटाई रहेकी एक विपन्न किशोरीलाई रगतदान गरेकी छन् ।

 

विगत चार दिन देखि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुमा उपचार गराईरहेकी कोहलपुर –५ रझेनाकी १६ वर्षीय सृष्टि चौधरीलाई रक्तदान गरेर ज्यान बचाएकी हुन् ।

सामान्य किसान तथा विपन्न थारु समुदायकी किशोरी सृष्टि मासिक स्राबको समयमा अत्यधिक रगत बगेपछि शिक्षणमा अस्पतालमा उपचारत छिन् । उनको शरिरबाट अत्यधिक रगत बगेका कारण शरिमा सेतो रक्त कोषिकाको अभाव देखिएको छ ।

विश्वभर कोरोना महामारीका कारण अस्पतालमा रगत अभाव भएकोले छोरीको ज्यान बचाउनको लागि सहयोगीहरुलाई अनुरोध गर्दै आएको उनका बुवा अटवारी थारुले बताए ।
यता १६ वर्षीय किशोरीलाई १ प्वाइन्ट रक्तदान गरेकी उपपमुख चौधरीले सृष्टिले ठूलो मात्रमा रगतको खाँचो रहेको बताइन् । चौधरीले उनलाई यस अघि ४ प्वाइन्ट रगत दिइएको र अझै थप रगत आवश्यक रहेको जानकारी दिइन्

प्रकाशित मितिः बिहिबार, बैशाख ४, २०७७     4:38:15 PM  |