19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

‘जुम्ली ठिटो’ अमरको सहयोग श्रृंखला : भारतीय नागरिक सहित १ सय ६० जनालाई खाद्यान्न सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख २, २०७७  

शुभाकर विश्वकर्मा, कोहलपुर :
जुम्लाको पातारासी गाउँपालिका वडा नम्बर ६ का उर्थू गाउँका अम्मर बिष्टले कोरोना भाइरसका कारण लकडाउनको मारमा परेका देशभरका १ सय ६० जना भन्दा बढीलाई सहयोग गरेका छन् । उनले तीन साता देखि लकडाउनको मारमा परेका अति विपन्न वर्गहरुलाई व्यक्तिगत लगानीमा खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

हाल काठमाडौमा रहेका उनले पहिलो पटक कर्णाली प्रदेशको जुम्ला जिल्लाका १७ जना परिवारलाई खाद्यान्न सहयोग गरेका थिए । उनको सहयोगमा तातोपानी गाउँपालिका वडा नम्बर ६ का दलित बस्तीलाई प्रति व्यक्ति एक बोरा चामल, तातोपानी गाउँपालिका कै वडा नम्बर ७ का एक दृष्टिविहीन दम्पति र चन्दननाथ नगरपालिका ७ की एक जना अपांगा भएकी किशोरीको परिवारलाई चामल सहयोग गरिएको थियो ।

भने उनकै सक्रियतामा कर्णाली प्रदेश कै सुर्खेत जिल्लाका विभिन्न स्वास्थ्य चौकीहरुलाई ठूलो परिणाममा पिपिई हस्तान्तरण गरिएको थियो । भने प्रदेश पाँचको बाँके जिल्लाको कोहलपुर नगरपालिकामा बसोबास गर्दै आएका भूमिहिन, सुकुम्बासी गन्धर्व तथा बादी समुदायलाई खाद्यान्न प्रदान गरिएको हो ।

कोहलपुरको वडा नम्बर ११ मा बसोबास गर्दै आएका ५५ जना गन्धर्व समुदाय, वडा नम्बर दुईमा बसोबास गर्दै आएका ३० जना बादी तथा गन्धर्व समुदाय तथा वडा नम्बर १२ मा बसोबास गर्दै आएका २० जना दलित, बादी तथा गन्धर्व समुदायका अति विपन्न नागरिकलाई सहयोग प्रदान गरेका हुन् ।

यस्तै उनले कोहलपुर ११ मा बस्दै आएका गन्धर्व समुदायका दम रोगी वीर बहादुर गन्धर्वलाई पनि ५ हजार रुपैयाँ औषधि खर्च प्रदान गरे । भने सुदूर पश्चिम प्रदेको कञ्चनपुर जिल्लाका पुर्नवास नगरपालिकामा बसोबास गर्ने अति विपन्न सुकुम्बासी समुदायका २८ जनाको घर परिवारलाई उनले खाद्यान्न सहयोग गरे ।

त्यति मात्रै होइन उनले लकडाउनका कारण बाँकेको कोहलपुर तीन साता देखि अलपत्र परेका ७ जना परिवारका २५ जना भारतीय नागरिकलाई समेत खाद्यान्न सहयोग गरे । तीन वटै प्रदेशका विभिन्न जिल्लाका नागरिकहरुलाई उनको सहयोगमा चामल, तेल, नुन तथा पिपिई सहयोग गरिएको थियो ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
भारतीय नागरिकलाई रासन
लकडाउनका कारण समस्यामा परेका भारतीय नागरिकहरुलाई रासन वितरण गरिएको छ । नेपालका विभिन्न जिल्लामा भाडा बनाउने काम गर्दै आएका भारतको तेलंगना प्रदेशको हैदराबाद्का २५ जना भारतीय नागरिकले राहत पाएका हुन् । बालबालिका, महिला र पुरुष गरि २५ जना जनाको संख्यामा रहेका उनीहरुको सात जनाको परिवार छ ।

सोमबारको ‘भोकभौकै क्रिपालको बाँस’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो । उनीहरुलाई कोहलपुरमा हरेको विपन्न, गन्धर्व र बादी समुदायलाई सहयोग गरेका हाल काठमाडौमा रहेका अम्मर बिष्टले सहयोग गरेका हुन् । उनीहरुलाई प्रति परिवार २० केजी चामल, एक पाकेट तेल र नून प्रदान गरिएको हो । लडडाउनका कारण समस्यामा परेका उनीहरुले सहयोग पाउँदा निकै खुसी व्यक्ति गरेका छन् ।

उनीहरुले समस्यामा परेका बेला आफूहरुलाई समस्या भएको बेला सहयोग गरेको भन्दै धन्यावाद व्यक्त गरेका हुन् । विगत २५ दिन देखि कोहलपुरमा त्रिपालमा बस्दै आएका भारतीय नागरिक अब्दुल रहमानले सहयोग पाउँदा निकै खुसी लागेको बताए । उनका अनुसार यहाँको सरकारले अहिले सम्म पनि सहयोग गरेको छैन । एक साता राहतको लागि वडामा नाम लेखाएको भएपनि अझै प्रदान गरेको छैन । विश्व नै विपत्तिमा परेको बेला नेपाली नागरिकले गरेको सहयोगले आफूहरुलाई निकै राहत भएको अर्की भारतीय नागरिक हुसेन बिले बताइन् । उनले लकडाउन अवधिभर यतै बस्ने र पछि यतै काम गरेर खाने जानकारी दिइन् ।

बिष्टको सहयोगमा सुन्दरबस्तीमा मै पुगेर राहत वितरण
बाँकेको कोहलपुर नगरपालिका– १२ मा बसोबास गर्ने बादी र गन्धर्व समुदायका नागरिकले राहत पाएका छन् ।वडा कार्यालय र कोेहलपुरका विपन्नलाई सहयोग गर्दै आएका जुम्लाका अम्मर बिष्टको समन्वयमा २० जना घर परिवारले खाद्यान्न पाएका हुन् । उनीहरुको वडाका जनप्रतिनिधि, बुद्धिजीविहरुको उपस्थितिमा घर घर मै गएर राहत वितरण गरिएको हो । उनीहरुलाई प्रति व्यक्ति २० केजी चामल, एक एक प्याकेट नुन र तेल सहयोग गरिएको हो ।

बादी र गन्धर्व समुदायमा वडा नम्बर १२ को विभिन्न बस्तीमा बस्दै आएका छन् । उनीहरुको मुख्य पेसा नै अर्काको काम गर्ने र ज्याला मजदुरी गर्ने हो । मंगलबार सुन्दर बस्ती मै गएर खाद्यान्न वितरण गरिएको थियो । राहत भएपपछि खुसी प्रकट गर्दै प्रकाश बादीले आफूहरुको दैनिकी निकै जटिल बनेको बेला आएको सहयोगले निकै राहत भएको बताए ।

उनका अनुसार दुईदिन अघि नै छिमेकीकोमा मागेर चलाइरहेको थिए । २० केजी चामल पाएपछि भने निकै सहज हुने उनको भनाई थियो । अन्य बादी र गन्धर्व समुदायले समेत राहत पाएपछि सहज भएको प्रतिक्रिया दिएका छन् । यस अघि वडा कार्यालयले अन्य विपन्नहरुलाई राहत प्रदान गरेको थियो ।

वडापालिकाले पहिलो चरणमा अति विपन्न ५ सय जनालाई राहत वितरण गरिएको उनले कार्यबाहक वडा अध्यक्ष रेशम बहादुर शाहीले बताए । उनका अनुसार पहिलो चरणमा अति विपन्नको सूचिमा रहेका तर छुटेका २० जनालाई सहयोग गरिएको हो । आफ्नो वडाका अति विपन्नलाई सहयोग गर्ने व्यक्तिलाई उनले धन्यावाद समेत प्रकट गरेका छन् ।

नगर कार्यपालिका सदस्य नारायणी वलीले विपत्तिको बेला खान लाउन समेत धौधौ भएका नागरिकलाई सहयोग गरेर वडालाई सघाएको भन्दै सहयोगी मन प्रति सिंगो नगरपालिकाको तर्फबाट धन्यावाद प्रकट गरेकी छन् । उनले आगामी दिनमा समेत सहकार्य र समन्वय गरेर अघि बढ्ने विश्वास व्यक्त गरिन् ।

 

कर्णालीका दुर्गमका स्वास्थ्य संस्थालाई पिपिई
कर्णाली प्रदेश राजधानी सुर्खेतस्थित अति दुर्गम क्षेत्रका स्वास्थ्य सस्थालाई व्यक्तिगत सुरक्षा सामग्री पिपिई सहयोग गरिएको छ । कोरोना भाइरस नियन्त्रण रोकथाम तथा उपचारका लागि जुम्लाका युवा अम्मर बिष्ट,कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्ट र विन ग्लोबलको सहकार्यमा सुर्खेत जिल्लाका स्वास्थ्य संस्थालाई १ सय थान पिपिई, ५ सय थान सेनिटाइजर र ६ हजार थान मास्क सहयोग गरिएको हो ।

जिल्लाको गुर्भाकोट नगरपालिकामा रहेको मेहलकुना अस्पताललाई ५० थान पिपिई, २स य बोतल सेनिटाइजर र २ हजार थान मास्क दिएको छ । त्यस्तै, गुर्वाकोट नगरपालिका स्वास्थ्य शाखालाई २० थान पिपिई, १ सय बोतल सेनिटाइजर र १ हजार थान मास्क, सिम्ता गाउँपालिकाको स्वास्थ्य शाखालाई २० थान पिपिई, १०० बोतल सेनिटाइजर र १ हजार थान मास्क हस्तान्तरण गरिएको बिष्टले बताए ।

उनका अनुसार २ हजार मास्क र १ सय थान सेनिटाइजर र १० थान पिपिई स्थानीय सरकारलाइ बुझाइएको छ ।
जोखिमपूर्ण अवस्थामा ज्यानको प्रवाह नगरी फिल्डमा खटेका स्वास्थकर्मीहरूको सुरक्षाका सामग्री आवश्यक रहेको बेलामा लागि उक्त सहयोगले धेरै नै राहत दिएको भन्दै मेहेलकुना अस्पतालका डाक्टर मनिसकुमार मिश्रले सहयोगीहहरुलाई धन्यावाद दिएका छन् ।

उनले कोरोना भाइरसको मारमा परेका विपन्नहरुलाई केही सहयोग होस भनेर सहयोग गरेको बताएका छन् । उनका अनुसार विश्वभरी फैलिएको महामारीको बेला सरकारको नियम पालना गर्दै रहेक व्यक्तिले असहायलाई सहयोग गर्नु पर्छ ।

प्रकाशित मितिः मङ्लबार, बैशाख २, २०७७     8:43:38 PM  |