16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

फर्किएर हेर्दा, ती १२ वर्ष !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, चैत्र २९, २०७६  

वि.स.२०६४ चैत २८ गतेको एकाबिहानै मिरमिरेमा ठूलो आवाज आयो । एउटा घनघोर जङ्गलको बिचबाट अनि गाउँको नजिकैबाट । काम नै फुट्लान जसरी । म भर्खर १६ पुगेको थिए र एसएलसी दिएर बसको थिएँ । अनि अनगिन्ती मेरा भविश्यका सपना र योजनाहरु बुनिरहेको थिए म । मेरा सपनाहरु त्यही अपरिचित आवाजहरुमा देख्थे । मलाई लाग्थ्यो म लगायत मेरा सहकर्मी साथीहरूको भविश्यको प्रतिनिधित्व त्यहि आवाजहरुले गर्नेछ । अनि म लगायत मेरा साथीहरू मेरा दाजुभाइ दिदिबहिनीहरु त्यो आवाजलाई पछ्याउँदै लावालस्कर भएर हिड्यौै र जुन गन्तव्यमा पुग्ने क्रममा हाम्रो बिचमा त्यहि आवाजको प्रतिनिधित्व गर्ने मध्येका केहि दाजुहरु आउनु भयो र बिच बाटोमा हाम्रो त्येहि भिडलाई समुहमा विभाजन गर्नु भयो । त्यो समुहलाइ अलि पर २०÷२५ मिटरको दुरी ताकी एउटा समुहले अर्को समुहको कुरा नसुन्ने गरेर प्रवचन दिनुभयो । किन कि हरेक समुहलाई फरक फरक तरिकाले प्रवचन दिनु थियो, ता कि सबैमा आफुप्रति अविश्वास नहोस् ।

हाम्रो समुहमा पढ्दै गरेका विद्यार्थी र १६ देखी २० वर्ष उमेर समुहका साथिहरु थियौँ । उक्त समुहमा प्रवचन दिएको थियो । यो बुर्जुवा शिक्षाको अन्त्य र वैज्ञानिक शिक्षाको थालनी । प्रत्येक गाउँमा खेल मैदानको ब्यवस्था, उच्च शिक्षा निशुल्क जस्ता मन फुरुङ हुने खालका कुरा गरियो । २० वर्षदेखि ४० वर्ष सम्मका युवाहरुलाई प्रवचन दिइयो । गरिब निमुखा अनि उत्पीडित वर्गको रक्षा नयाँ नेपालको निर्माण, वैदेशिक रोजगारीको अन्त्य, देशमै रोजगारीको ब्यवस्था, एक घर, एक रोजगारको ब्यवस्था सम्पत्तिको बाँडफाँड, समान आर्थिक अवस्था लगायतका प्रवचन दिइयो । अनि अर्को ४० वर्ष देखी ६० वर्ष उमेर समुहलाई तपाईहरुको बालबच्चाको शिक्षा दिक्षाको ब्यवस्था, भ्रमण लगायतको प्याकेज, कृषकलाई मासिक तलबको ब्यवस्था, निःशुल्क बिउ बिजनको प्रबन्ध, प्रशोधन केन्द्रको ब्यवस्था लगायतको प्रवचन दिइएछ । अनि ६० वर्ष भन्दा माथिका वृद्धालाई साँझ फर्किनु भदा पहिले मासु भातको प्रवन्ध, सरकारले दिँदै आएको ५०० बृद्ध भत्ता एकैपटक ५००० गराइने, नतिनतिनालाई उच्च शिक्षा निःशुल्क, भ्रमण लगायत्तको आशवासनसहित यदि हामिले भनेको मान्नु भयो भने यी सबै सुविधा पाउनु हुनेछ, नत्र हामीले तपाईं कहाँ जानुहुन्छ, हामीले भनेको ठाँउमा पुग्नुहुन्छ कि हुनुहुन्न, भनेको निर्देशन भनौ या सल्लाह मान्नुहुन्छ कि नाइ हामी यो पारी त्यो वारि डाँडाबाट दुर्बिनले हेरेका हुन्छौ । हाम्रा राता मान्छे हरुले भने झै गर्नु । हामीलाइ सबै थाहा हुन्छ, नत्र हिसाब किताब पछि गरौला भनेर हल्का धम्किपूर्ण भाषा पनि प्रयोग गरियो । त्यो धम्कीपूर्ण भासाको प्रबाह नगरी हाम्रो यात्रा पुनः गन्तव्य स्थानतिर प्रवेश गर्यो । हामी अवोधलाई मात्रै थाहा थियो माथि भनिएको सबै कुरा पुरा हुन्छन् । अनि हामी सबै त्यो गन्तव्यमा पुग्यौँ ।

पुगेको १० र १५ मिनेटमा केहि राता जवानहरु आए र हाम्रो हातमा केहि कुरा थमाए । त्यस कागज भित्र म लगायत मेरा स्वर्गवास हुनु भएका हजुरबुबा र मेरा ठुलो बुवाको छोरा र एक विदेशियको मेरा दाजुको परिचयपत्र थियो । म लाइनमा बसे अनि सोधे यी दुईवटा परिचयपत्र के को लागि भन्दा मतदान गर्नलाई भनेर जवाफ आयो । मैले स्वीकार गरिन त्यसेसपपछि मलाई लाइनबाट घिसारियो । अनि मैले निर्वाचन अधिकृतसंग अनुमती लिएर पुनः लाइनमा बसे । उता सुर्खेतको छिन्छुमा एक उम्मेदवारको हत्याले महोल तातेको थियो र यता हल्का राता युवा सहित एक उम्मेदवार निर्वाचन केन्द्रहरुमा हिडिरहेका थिए । केहि डर अनि त्रास थियो उनी र उनका समर्थकहरुमा । केहि हरिया मान्छेहरु पनी छरपस्ट रुपमा नचिनिने गरेर कतै कुनामा उभिएका थिए । प्रतिनिधि र समर्थक पनि खुल्ने अवस्था थिएन । ति निधारमा रातापट्टी लगाएका र कम्मरमा नदेखिने गरेर पिस्तोल र खुकुरी भिडेका राता जवान देखेर सबै त्रसित थिए । ति राता मान्छेहरुको हातमा नाम लिस्टसहित मृत्यु भैसकेका, विदेश गएका, अनि केन्द्रसम्म आउन नसक्ने मान्छेहरुको परिचपत्र थियो, र जान्ने बुझ्ने र विश्वास गर्न सक्ने मान्छेलाई फरी फरी लाइनमा १० पटक सम्म मतदान गर्न लगाइयो । कस्ले के गर्न सक्थ्यो तैचुप मैचुप पुलिस निर्वाचन अधिकृत पार्टी प्रतिनिधि सबै चुप । मेरो पालो आयो म पनि नङ्ममा कालो मसी लगाउदै मतदान सुरु गरे । ति आशवाशन र घिसारेको सम्झे रिस उठ्यो । एउटा मत अर्को पार्टीलाई हाले, अनि म बबुरोले धम्की सम्झिए, मार्ने लखेट्ने अनि त्यो पारी डाँडाबाट दुर्बिनले हेर्ने भन्ने कुरा र म भर्खर १६ पुगेको ठिटोको मनमा त्रास पैदा भयो र घरको एक्लो छोरो भोलि गएर सबै घर ब्यबहार आमा बुवा सबै मेरो काधमा थियो । त्यसैले अर्को मत जहाँ भनिएको थियो । त्यहि दान गरियो ।

घाम निभ्दै गयो । मैले प्रत्येकलाई एक एक गरी आफैले पढेको विद्यालयको गेटको छेउमा बसेर निहालेर हेरे, धेरै जसो खुसी देखिन्थे त केहि मात्रै निराश देखिन्थे म जस्ता । अनि केहि बेरमा समाचार आयो मेरो केन्द्रका केहि राता मान्छेहरु अर्को पार्टीको उम्मेदवारको आफ्नै केन्द्रमा गएर लाइन लागेको र केहि १÷२ जनाले त मतदान पनि गरेको र तिनीहरुलाई केहि हल्का राता मान्छेहरुले पहिचान गरी लठिको सहारामा लखेटेर भगाएको खबर आयो । घाम बिस्तारै डुब्दै गयो र माहोल सेलाउदै गयो । मतदान प्रक्रिया पनि लगभग सक्किने बेला भयो र केहि विदेशी दाजुभाइको परिचपत्र बाँकी नइ रहिछ र ति रातामान्छेहरुले पुनः मतदान गरेर अन्त्य गरे, मतदान प्रक्रिया । निर्वाचन अधिकृतबाट निर्वाचन भब्य, सभ्य, मर्यादित, पारदर्शी र शान्तिपुर्ण रुपले सम्पन्न भएको घोषणा भयो ।

अनि त्यो मास बिस्तारै गाउँ तिर लम्कियो । अशक्त बृद्धहरुलाई जाँदा बोकेर लिइएको थियो । आउदा मतदान स्थलमै छोडिया,े मासुभात त कता हो कता । गाउँ पुग्न केहि समय बाकी थियो । फेरी रातामान्छेहरुले हाम्रो समुहलाई विभाजन गरे, मात्रै २ समुहमा केहि शंकास्पद ब्यक्तिको एउटा समुह र आफुले पुरै विश्वास गरेका ब्यक्तिको अर्को समुह दोस्रो समुहलाई छोडियो र पहिलो समुहलाई राखियो अनि राम धुलाई सुरु गरियो । थलिएको शरीर लिएर गाउँका गरिब जनता बिहान घर पुगे । चुनाव भएकोे तेस्रो दिनबाट मत गणना सुरु भयो र मत परिणाम राता मान्छेहरुको हल्का राता र हरिया माछेको एक साथमा राख्दा नि दुई तिहाई धेरै आयो । विजयी ¥याली सुरु भयो ।

चार भागमा विभाजन गरेर प्रवचन गरिएका कुरा केहि पुरा हुन्छन् कि भनेर केहि आशा त बाँकी नै थियो तर अहँ सम्भव भएनन् । न राता मान्छेले गर्न सके, न त हल्का राताले गरे, न हरियाले नै । म लगायत म जस्ता जनताको मताधिकार पटक पटक मजाक उडाइयो । जनता निराश भए । अनि ति राता र हल्का राता मान्छेहरुलाई मिलाएर गुणस्तरीय रातो बनाउने प्रयत्न गरे । खै त्यो रङ्ग त झन के हो । न पुरा रातो हुन सक्यो, न त हल्का रातो नै हुन सक्यो । न रातो भनेर प्रयोग गर्न सकिन्छ, न हल्का रातो भनेर प्रयोग गर्न सकिन्छ । त्यो पनि रङ्गहिन भैसक्यो । कहिले होली रङ, कहिले सुनौलो रङ, कहिले प्रिन्टिङ खरिद रङ, कहिले गुठी रङ, कहिले कमेडियन रङ, कहिले बिष्णु रङ त कहिले महरा रङ, अनि कहिले गोकुल रङ त कहिले निर्मला रङ, कहिले जहाज रङ त कहिले स्वास्थ्य खरिद रङ । अब प्रधानमन्त्री रङ आउन बाँकी छ । यसरी कुन रङ हो छुट्टाउनै गाह्रो भएको छ जनतालाई अब न त हरियोले नै साथ देला भन्ने आश छ । त्यसमा पनि खडेरीले हरियाली खाइसक्यो । कहिले भुकम्पले नस्ट गर्छ त कहिले मोदी जलले । १२ वर्षमा खोला फर्किन्छ भन्थे होइन रहिछ । खोला त फर्कियो तर त्यो खोलाको पानीको गुण सधै रङ हिन नै रह्यो । हामी नै मुर्ख हौं, त्यो एउटै ठाँउमा पुग्ने खोला एउटा नै गन्तव्य भएको र एउटै रङ्गहिन भएकोलाई विश्वास गर्ने ।

ति माथिको ४ भागमा विभाजित जनता १६ देखी २० वर्षका २८ देखी ३६ उमेर समुहका भएका छन् । त्यसमध्ये धेरै जसो त्यहि बुर्जुवा शिक्षा पढेर भारतिय भुमिमा कष्टकर जीवन बिताइरहेका छन् । त कोहि खाडी मुलुकमा छन् अनि केहि बेरोजगार भएर घरमै छन त कोहि सानो रोजगार गरेर छाकको ब्यवस्थामा छन् । कोहि त अझै तिनैको डम्फु बजाउँदै मज्जाको पात्र भएका छन । २० देखी ४० उम्मेर समुहका ३२ देखी ५२ उमेरमा छन् । धेरै र उनीहरु पनि माथिको उम्मेर समुहकै छ हालत । अनि ४० देखी ६० उम्मेर समुहका धेरै जसो बृद्धअस्था छन् त केहि कृषक अनि डम्फु बजाउँदै छ्न, राता र हरिया मान्छेहरुको । ति राता हल्का राता अनि हरिया मान्छेहरुका सबैका राता पासपोर्ट भए अरु सबैका हरिया । त्यसैले यो परिस्थितिमा सबैको कुरा सुनौँ र आफु पनि घरभित्रै बसाँै । अरुलाई पनि घरभित्रै बस्न सुझाव दिऔँ, त्यहि नै बुद्धिमता हुनेछ । अरु हिसाब किताब पछि गरौँला । हामी आपूm सचेत बनौँ, आफु बचौँ, अरुलाई पनि बचाऔँ र देशलाई पनि बचाऔँ ।

कृष्ण राना
बनगाड कुपिण्डे नगरपालिका–५ सल्यान
कर्णाली प्रदेश

प्रकाशित मितिः शनिबार, चैत्र २९, २०७६     1:07:47 PM  |