19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र २४, २०७६  

एजेन्सी ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना गरिएको छ ।

बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार डाक्टरको सल्लाहपछि प्रधानमन्त्रीको केही परीक्षण गर्न अस्पताल भर्ना गरिएको हो ।

सावाधानी अपनाउने उद्देश्यसहित यी परीक्षण गर्न लागिएको बताइएको छ । बोरिसमा १० दिन अघि कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।

त्यतिबेलादेखि उनी आइसोलेशनमा बसिरहेका छन् । यद्यपि, आइसोलेशनमा रहँदासमेत उनले आफ्नो काम कारवाही रोकेका छैनन् ।

विभिन्न सावधानी अपनाउँदासमेत कोरोनाभाइरसको लक्षण भने लगातार देखिएको बताइएको छ ।

प्रकाशित मितिः सोमवार, चैत्र २४, २०७६     7:44:03 AM  |