20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कर्णालीका आन्तरिक मामिला मन्त्रीद्धारा दशगजामामा रहेका कर्णालीबासीसँग भेटघाट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र २१, २०७६  

कोहलपुर :

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले नेपाल भारत सीमा क्षेत्र दशगजमा रहेको क्वारेन्टाइनमा  रहेका कर्णालीबासीलाई भेटघाट गरेका छन् ।

रोजगारको शिलशिलामा भारतमा रहेका उनीहरुलाई  अहिले   दशगजामा  नेपाली सेनाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ । उनले त्यहाँ रहेका कर्णालीबासी र अन्य व्यक्तिहरुको अवस्थाको अवलोकन गरेका हुन् ।

क्वारेन्टाइन अवलोकन पछि मन्त्री  बोल्दै मन्त्री भण्डारीले कर्णालीबासीहरुको अवस्था बुझ्नको लागि क्वारेन्टाइनमा आएको बताए ।  उनका अनुसार भारतबाट आएका उनीहरुको व्यवस्थापनमा केही ढिलाई भएपनि उनीहरुको सुरक्षाको लागि  प्रदेश सरकार सक्रिय भएको बताए ।

मन्त्री भण्डारीले कर्णालीबासीलाई केही समस्या भए सरकार सहयोग गर्न तयार रहेको समेत बताए ।‘कर्णालीका नागरिकको अवस्था बुझ्नको लागि हामी आएका हौ’ उनले भने,‘यहाँको अवस्था राम्रो छ ।

अन्य सहयोग गर्नु परेमा हामी तयार छौ ।’ उनले कर्णालीबासलाई १४ दिन सम्म क्वारेन्टाइनमा राख्ने र त्यस पछि प्रदेश सरकारले सम्बन्धित जिल्लामा पुयाउने समेत बताएका छन् ।

क्वारेन्टाइनमा सल्यानका ९, जुम्लाका १५, सुर्खेतका ७  डोल्पाका ३, दैलेखका १०, , मुगुका २ जना छन् ।यस अघि मन्त्री भण्डारीले बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुसँग समेत भेटघाट गरेका थिए ।

प्रकाशित मितिः शुक्रबार, चैत्र २१, २०७६     6:02:06 PM  |