4 June 2020  |   बिहिबार, जेष्ठ २२, २०७७

फिलिपिन्समा चिकित्सकमाथि आक्रमणको घटना बढेपछि प्रहरीले सुरक्षा दिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र १९, २०७६  

एजेन्सी

कोरोना भाइरस ‘कोभिड १९’ नियन्त्रण गर्न खटेका चिकित्सकहरुमाथि फिलिपिन्समा आक्रमणको घटना बढेपछि प्रहरीले त्यहाँका चिकित्सकहरुलाई सुरक्षा दिने भएको छ।

फिलिपिन्स न्युज एजेन्सीका अनुसार बुधबार सरकारले चिकित्सकहरुलाई प्रहरीले सुरक्षा दिने बताएको हो। मन्त्रिपरिषदका सचिव कार्लो नोगरालेसले देशको सेवामा खटेका चिकित्सकमाथि हुने गरेको आक्रमणको सरकारले निन्दा गर्ने बताए।

गत मार्च २७ मा अस्पतालमा काम गरेर फर्किरहेका एक चिकित्सकमाथि अज्ञात समूहले क्लोरिन आक्रमण गरेको थियो।

सोही दिन पाँच जना चिकित्सकको टोलीमाथि कपाल विगार्ने तत्व ब्लिच आक्रमण भएको थियो।

यसअघि भारतमा कोरोनाको उपचारमा खटेका डाक्टर तथा नर्सहरुलाई घरबेटीले घर छाड्न आदेश दिएको समाचारहरु सार्वजनिक भएको थियो।

प्रकाशित मितिः बुधबार, चैत्र १९, २०७६     5:27:35 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *