19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

होम क्वारेन्टाइनमा रहेकी साम्राज्ञिको योगा (फोटोफिचर)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र १६, २०७६  

कोरोनाको त्रासका कारण लकडाउनको स्थितीमा पुगेको नेपालमा अहिले सबै किसिमका व्यापार ब्यावसाय बन्द हुन पुगेको छ । यस्तैमा नेपाली सिने उधोगले पनि मज्जैले विश्राम लिन पाएको छ ।

सिनेमा हलहरु बन्दा भएदेखी रिलिज मिति पोस्टपोन्ड तथा छायांकनरत फिल्महरु पनि स्थगित भएको कारण यतिबेला सम्पुर्ण कलाकारहरु पनि बिश्राममा छन ।

वर्षको अन्त्यमा केही प्रतिक्षित फिल्महरु प्रदर्शनमा आउने तयारी थियो । तर विश्व महामारीको रुपमा फैलिएको कोरोनाको कारण सो फिल्महरुले प्रदर्शनको यात्रा तय गर्न सकेनन् ।

यता फुर्सदलाई सेलिब्रेटिहरुले मज्जैले सदुपयोग गरिरहेको सामाजिक संजाल मार्फत बुझ्न सकिन्छ ।सामाजिक संजालमा यतिबेला सेलिब्रेटिहरु अन्य समय भन्दा निक्कै अप्डेट भैरहेका छन् । कोहिले कोरोनाको बारेमा सचेतना फैल्याएका छन भने कोहि आफ्नो दैनिकीलाई पोस्ट्याईरहेका छन् ।

मेकअप गर्नेदेखी योगा, विभिन्न परिकार बनाउने कार्यहरुमा सघाईरहेका छन् । यस्तैमा नायिका साम्राज्ञि राज्य लक्ष्मी शाह परिवार संग यस्तै कार्यमा ब्यस्त छन् । उनी विशेषगरि योगामा ध्यान दिइरहेको बुझ्न सकिन्छ ।

उनले ईन्स्टाको स्टोरीमा योगा गर्दै गरेको एक भिडियो सार्बजनिक गरेकी छन् ।

प्रकाशित मितिः आइतवार, चैत्र १६, २०७६     9:44:03 PM  |