16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

किन भाइरल भयो कियराको तस्वीर ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन १२, २०७६  

 

नायिका कियरा आडवाणीको बलिउड क्रेज ह्वात्तै बढेको छ । चलचित्र ‘कविर सिंह र गुड न्यूज’ सफल भएपछि कियराको बलिउड डिमाण्ड बढेको हो । विशेषगरि, सुरुवाती दिनमा बलिउडमा साधारण शैलीमा हिड्ने कियरा अहिले बोल्ड अवतारमा प्रस्तुत हुन थालेकी छिन् ।

हालैमात्र, उनले फोटोग्राफर डब्बु रतानीको क्यालेन्डरमा बोल्ड फोटोसुट गराएकी छिन् । कियराले गराएको टपलेस फोटो अहिले भाइरल भैरहेको छ । विशेषगरि, चलचित्र ‘कविर सिंह र गुड न्यूज’मा साधारण यूवतीको भूमिकामा देखिएकी कियरा एकाएक यति बोल्ड बनेपछि यसले चर्चा पाइरहेको छ ।

आफ्नो गोप्य अंगलाई पातले छोपेर उनले फोटोसुट गराएकी छिन् । डब्बुको क्यालेन्डरमा बलिउडका अन्य केही नायिकाको पनि बोल्ड फोटोसुट छ । तर, कियराको तस्वीरले भने राम्रो चर्चा बटुलिरहेको छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन १२, २०७६     5:50:19 PM  |