25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

सम्पादकीय : सिकलसेलबारे जनचेतना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन १२, २०७६  

शुरुमा थारु समुदाय मात्रै देखिएको रोग हो सिकलसेल । यो वशांणुगत रोग समेत हो । यो थारु समुदायका एक व्यक्तिमा भएमा अर्को व्यक्तिमा समेत हुने सम्भावना रहन्छ । जस्तो कि सिकलसेल संक्रमित आमा र बुवाबाट जन्मेको छोराछोरीमा त्यसको सम्भावना प्रवल रहन्छ । यो उपचार गरेमा निको हुने रोग समेत हो । अहिले सम्म रोगको विषयमा लगानी अनुसार सुधार नुहुनुको कारण जनचेतनाको अभाव हो । थारु समुदायमा अहिले पनि अन्य समुदाय भन्दा शैक्षिक जागरण कम छ । त्यही कारणले सिकलसेल एक समस्याका रुपमा रहेको छ । यसको अन्त्यको लागि समेत सरकारले जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ । विशेषगरी विद्यालय स्तरमा यस रोग बारेमा कार्यक्रम भइरहेको हो । पछि समय पहिलाको भन्दा केही सुधार समेत भएको देखिन्छ ।

यस रोग न्युनिकरण कार्यक्रमको लागि विद्यालय अभियानमा स्थानीय तहले धेरै लगानी समेत गरिरहेका छन् । तर पछिल्लो समय यो रोग अन्य समुदायमा समेत देखिन थालेको छ । यो रोगको बारेमा अझै जनचेतना आवश्यक रहेको छ । वर्षेनी स्थानीय सरकारले सिकलसेल न्युनिकरणको लागि लगानी समेत बढाई रहेको अवस्था छ । सोही क्रममा यहाँका जनप्रतिनिधिलाई समेत सिकलसेल बारे तालिम प्रदान गरिएको छ । यो स्थानीय सरकारको दोस्रो चरणको सिकलसेल न्युनिकरण गर्ने अभियान समेत हो । यस अघि विद्यालय स्तरमा खोप लगाउने र जनचेतना प्रदान गर्ने गरिएको थियो । समाजबाटै यो रोग न्युनिकरणको लागि करोडौको लगानीमा ल्याब बन्ने भएको छ । यो सरकारात्मक पक्ष हो ।

तर अहिले पनि समस्याको रुपमा रहेको रोग न्युनिकरणको लागि स्थानीय स्तरमा व्यापक रुपमा जनचेतना दिन आवश्यक देखिन्छ । भने यसबारे स्वयम व्यक्ति समेत सचेत हुनु पर्ने हुन्छ । त्यसको लागि पछिल्लो पुस्तामा सर्न नदिनको लागि अघिल्लो पुस्ताले पनि समेत रहन जरुरी रहेको छ । यस विषयमा हामी सजक हुन जरुरी छ । यस विषयमा गम्भिर हुनै पर्छ । आर्थिक तथा शैक्षिक रुपमा पछि रहेका थारु समुदायका लागि चूनौतीको विषयमा समेत हो । गरिबी र आर्थिक विपन्नता सँग समेत जोडिएको छ । सिकलसेलको समस्या । यही समस्या समाधानको लागि देखिने गरी र जनताले महशुस हुने गरी काम हुनु पर्छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन १२, २०७६     12:39:52 PM  |